केही दिनअघि मैले नक्सालको प्रहरी पम्पमा एउटा नमीठो अनुभव बटुलेँ। ४२ लिटरको क्षमता भएको ट्यांकीमा पेट्रोल भर्दा मिटरका अनुसार साढे ४६ लिटर गएको थियो। मेरो अनुमानमा पाँच लिटरजति त पहिले नै ट्यांकीमा बाँकी हुनुपथ्र्यो। एकछिनका लागि मानिलिऊँ, दुई लिटर मात्रै थियो । रत्तिै भएको भए त साधन चल्दैनथ्यो । त्यसो भएकै अवस्थामा पनि ४० भन्दा बढी लिटर पेट्रोल जानु नपर्ने थियो। तर, मिटरले साढे ४६ लिटर देखाएपछि लोप्रे कान लगाएर भनिए अनुसारको पैसा नतिरी सुख थिएन।
निजी पम्पमा भए त एकछिन वाक्युद्ध मात्रै भए नि गर्न पाइन्थ्यो तर सेना र प्रहरीसँग त्यो पनि सम्भव भएन। निकै पछिसम्म पनि यो कुरा मनमा खेलिरहेको थियो, त्यो कसरी सम्भव हुन सक्थ्यो?
अघिल्लो साता यसको उत्तर प्राप्त भयो। प्रहरी र सेनाद्वारा सञ्चालित पेट्रोल पम्पहरू पनि कारबाहीमा परेको समाचार सुन्न पाइयो। तोकिएभन्दा कम इन्धन भर्दा रहेछन्, दुवै पम्पले। नक्सालको पम्प पनि त्यसमा परेको रहेछ।निजी पम्पमा भए त एकछिन वाक्युद्ध मात्रै भए नि गर्न पाइन्थ्यो तर सेना र प्रहरीसँग त्यो पनि सम्भव भएन। निकै पछिसम्म पनि यो कुरा मनमा खेलिरहेको थियो, त्यो कसरी सम्भव हुन सक्थ्यो?
साधारणतः हेक्का गर्नुभएकै होला, पेट्रोल र डिजेल सर्वसुलभ रूपमा पाइने दुर्लभ अवसरमा पनि साझा, प्रहरी र सेनाको पम्पमा भावी प्रधानमन्त्रीको रोलक्रमभन्दा लामो लाइन लागेको हुन्छ। बालबच्चालाई स्कुल पुर्याउन, पत्नीलाई अफिस पुर्याउन, आफैँ कलेज वा काममा पुग्न ढिला भई भई पनि मानिस घामपानी नभनी धैर्यपूर्वक आफ्नो पालो कुररिहेका हुन्छन्। यस्तो दृश्य पुल्चोक, लगनखेल, नक्साल र भद्रकालीतिर हिँड्नेहरूका लागि नौलो होइन। ती पम्पले ठग्दैनन्, कमसल गुणस्तरका वा मिसावटयुक्त इन्धन बेच्दैनन् भन्ने विश्वासका कारण मानिस त्यति दुःख पाइरहेका हुन्छन्। आफ्नो कठोर परश्रिमले, ऋणधन गरेर किनेका सवारी साधनहरू नबिगि्रयून् भन्ने आशाले हामी ती अजिंगर छाप लाइनमा बस्छौँ। तर, हाम्रो विश्वासमाथि कुठाराघात भइरहेको हुँदो रहेछ। कहाँ गएर गुनासो गर्ने? कससँग क्षतिपूर्ति माग्ने? के-केका लागि माग्ने? मागे पनि कहाँबाट केके पाइने? अरूले भन्दा कम मिसावट गर्छन्, अरूले भन्दा कम ठग्छन् भनेर चित्त बुझाउनेबाहेक उपभोक्तासँग कुनै विकल्प छैन।
यो त एउटा उदाहरण मात्र हो। हामी सर्वसाधारण जहाँ, जुनसुकै ठाउँमा पनि हरेक सेवाप्रदायकबाट निर्बाध लुटिन्छौँ, ठगिन्छौँ। हामीलाई तोकिएको गतिमा इन्टरनेटको सुविधा सम्भवतः कहिले कुनै पनि आईएसपीले प्रदान गरेको हुँदैन। दुई एमबीको गतिको शुल्क तिरेर युट्युबमा कुनै सानो भिडियो हेर्न फनफन गोला घुमेको हेरेर बस्नुपर्दा पनि हामी मौन नै रहन्छौँ। एक कलका लागि निकै बेर प्रयास गरेर पनि उताबाट बोल्नेको स्वर नसुन्दा, सुने पनि नबुझ्दा र सानो कुराका लागि ५-६ कल खर्च गर्नुपर्दा पनि हामीसँग असहाय भएर कुम उचाल्नेबाहेक अरू बाटा हुँदैनन्। मोटरसाइकल विक्रेताले बिक्री गर्नुअघि र पछि गर्ने व्यवहारलाई कहिले ध्यान दिएर हेर्नुभएको छ? पि|m सर्भिसिङका नाममा दिनका दुई सयभन्दा बढी सवारीलाई धोएर मात्र फिर्ता गर्दा पनि हामी त्यो कसरी सम्भव भयो भन्ने प्रश्न गर्न सक्दैनौँ। सार्वजनिक सवारी साधनका अवस्था र तिनका चालक, सहचालकले गर्ने दुव्र्यवहार हामीले सहनैपर्ने बाध्यता छ। ट्याक्सीको मिटर र भाडाका बारेमा त झनै कुनै कुरा गरी साध्य छैन। एक त तिनलाई कारबाही हुँदैन, भयो भने बाटोमा तेस्र्याएर जनजीवन अस्तव्यस्त गर्ने खुला छुट तिनलाई हुन्छ। पेट्रोलमा मिसावट जाँच भयो भनेर पम्प बन्द गर्ने त हाम्रो गौरवशाली परम्परा नै भइहाल्यो। महिनौँसम्म तपाईंले हेर्न चाहेको च्यानल दिन नसक्ने सेवा प्रदायकलाई पनि शुल्क नतिर्ने अधिकार हामीलाई छैन।
नेता छान्दासमेत को कम भ्रष्ट छ भनेर छान्नुपर्ने देशमा हरेक ठाउँमा, हरेक कुरामा हामीलाई निकृष्टमध्ये उत्कृष्ट छान्नुपर्ने बाध्यता छ भनेर गुनासो गर्नुको पनि कुनै औचित्य छैन। शिक्षा, स्वास्थ्य, खाद्यान्न, यातायात र शिक्षाजस्ता आधारभूत र सबैभन्दा बढी महत्त्वका कुरामै हामी सबैभन्दा बढी लुटिन्छौँ, ठगिन्छौँ तर पनि भनिएको र पाउनुपर्ने सेवा पाउँदैनौँ। राजधानीको नाम चलेका विद्यालयले कम्प्युटर र इन्टरनेटको शीर्षकमा केटाकेटीको बिलमा ठटाउने रकम होस्, अस्पतालका नाम राखेर खोलिएका प्रयोगशालाहरू, अंग्रेज र अंग्रेजीका नाम राखेर खोलिएका कलेजहरूले गर्ने ब्रह्मलुटका बारेमा यदाकदा समाचार आउँछन्, से लाउँछन् तर लुट्ने क्रम चलिरहन्छ, निर्बाध।
एउटा डरलाग्दो मानसिकताले हामी सबैमा बिस्तारै जरो गाडिरहेको छ। हामी सबैलाई चाँडै, कम मिहिनेत गरेर वैभव आर्जन गर्नु छ। त्यसका लागि सही र गलत के हो भनेर हामीले सायद सोच्न छाडिसकेका छौँ। अचेल कसैलाई पनि अप्ठ्यारोमा पारेर आफ्नो दुनो सोझ्याउने कुनै पनि मौका हामी छाड्दैनौँ। विकास आयोजना, फोहोर व्यवस्थापन, बाटो विस्तार, उद्योगधन्दा स्थापना, जलविद्युत् परयिोजना, पूर्वाधार विकास, वैदेशिक लगानीलगायतका कुनै पनि क्षेत्र यसबाट अछूतो रहन सकेका छैनन्। हरेक क्षेत्र सिन्डीकेटको चंगुलमा हुन्छ। माथिदेखि तलसम्मका लाउकेहरूले सबै लुटको गच्छे अनुसार छ्याकन खाएका हुन्छन्। अनि, ती सबको मोल हामी बबुरा सर्वसाधारणले तिररिहेका हुन्छौँ।
सुरु गरेको ठाउँबाटै बिट मार्दा, नक्सालको प्रहरी पम्पको ठगी अनुसन्धान गर्न छानबिन समिति गठन भएको सुनिन्छ। यो समितिले माथिमाथि तैरनिे भुरा माछा समात्ने हो कि गहिरोमा लेउ र ढुंगाजस्तै रूप धरेर बसेका अक्टोपसहरू पनि देख्ने हो भन्नेचाहिँ अहिलेसम्म थाहा छैन ।
साभार : नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !