सेलिब्रेसन गरिरहेको छ । उसले मेरो सामू आएर एउटा घुँडा टेक्यो, पूरै फिल्मी शैलीमा र मेरो हात आफ्नो हातमा लिएर भन्यो- 'आई लभ यू सुरबिना, डु यू लभ मी ।' त्यसपछि यात्रा सुरु भयो, उसको र मेरो मायाको ।
पहिलो भ्यालेन्टाइन इभ ऊसँग मनाउने कल्पनामा म अघिल्लै दिनदेखि नै एक्साइटेड थिएँ । म उसको प्रेममा पागल, ऊ मेरो प्रेममा पागल भैसकेको अवस्था थियो । उसले भ्यालेन्टाइनको सरप्राइज पार्टी भनेर एउटा क्याफेमा बोलाएको थियो । ऊ मलाई नै पर्खिरहेको थियो । म पुगेपछि ठूलो केक आयो, जसमा लेखिएको थियो— 'आई लभ यू सुरबिना' । हामी केक काटेर रमाइलो गर्दै थियौं । उसले मलाई क्याफेको बार्दलीमा बोलायो । उसले मेरो हात आफ्नो हातमा लिएर भन्यो, 'आई लभ यु, बट आइ कान्ट बि विथ यू ।' मैले जिस्किएको भनिरहेँ, तर ऊ निकै सिरियस हुँदै थियो- 'कारण नसोध, म तिमी अरूको भएको हेर्न सक्दिनँ र म आफ्नो पनि बनाउन सक्दिनँ ।' त्यो रात म निराश भएर फर्किएँ । भोलिपल्ट म्यासेज आयो- 'खुसीसँग बस । आई लभ यू ।' त्यो उसको अन्तिम म्यासेज थियो । दुई वर्ष भैसकेको छ । त्यसपछि उसको म्यासेज तथा अन्य खबर आएको छैन । साथीहरू भन्छन्— ऊ बिदेसिएको छ, तर कहाँ मलाई थाहा छैन । कुन बाध्यताले ऊ मसँग टाढा भयो ? कुनै दिन भेटेर ऊसँग सोध्नु छ । कुनै दिन कुनै मोडमा ऊसँग भेट त होला भन्ने आशा अझै बाँकी छ ।
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !