बोझ, थकान र तनाव भागदौडपूर्ण जीवनका अनिवार्य हिस्सा भइसकेका छन्। शहरमा बाँच्नका लागि यसको तेज रफ्तारलाई समाउन सक्नुपर्छ। त्यसका लागि सूर्याेदयदेखि सूर्यास्तसम्म व्यस्त रहनुपर्छ। अन्यथा, व्यक्तिका आवश्यकताहरू पूरा हुँदैनन्।
हप्ताभरिको थकान र तनाव भुल्न शहरी क्षेत्रमा बस्ने नेपालीले शुक्रवारलाई सुखद बनाउने अर्थात् 'गुड फ्राइडे' मनाउने प्रचलन व्यापक हुँदै छ। जसमा समावेश हुन्छन् खानपिन, संगीत, नृत्य र जमघट।अनिल यादवले रमाइलो शुक्रवारका केही झलक प्रस्तुत गरेका छन्।
'लेट्स डान्स!'
नाचिरहेको एक युवकले बसिरहेकी युवतीलाई हात समाएर कर गरे। युवती अनकनाइन्। युवकले जोड गरे, 'आज त गुड फ्राइडे हो। नाइँ भन्न पाइन्न।' युवतीसँगै बसिरहेका अरूले पनि उनलाई उक्साए। युवती लजाउँदै उठिन् र नाच्न थालिन्।
शुक्रवार राती ११ बजे ठमेलको 'द फेसेज लाउन्ज'को दृश्य हो यो। 'फ्राइडे'लाई 'गुड' बनाउन तन्नेरीदेखि वयस्कसम्म त्यहाँ पुगेका थिए। प्रेमिकासँगै आएका कुपण्डोलका समीर श्रेष्ठ भन्दै थिए, 'आजै त होे रमाइलो गर्ने। आइतवारदेखि फेरि काममा जोतिनुपर्छ। शुक्रवार त दिल खोलेर रम्ने हो।'
हरेक शुक्रवार राजधानीका रेस्टुरेन्ट, पब, बार, क्लब, क्याफे, गजल र दोहोरी साँझमा ठूलो भीड हुन्छ। सबैको ध्येय हुन्छ– रमाइलो।
वास्तवमा 'गुड फ्राइडे'को धार्मिक पृष्ठभूमि छ। जिसस क्राइस्टलाई सुलीमा चढाइएको सम्झनामा क्रिस्चियन धर्मावलम्बीहरूले इस्टर सन्डेअघि मनाउने चाड हो यो। यसलाई 'होली फ्राइडे' या 'इस्टर फ्राइडे' पनि भनिन्छ।
पछि हप्ताको एकदिन शुक्रवार रमाइलो गर्ने प्रचलन पनि सुरु भयो। जसलाई सामान्य बोलीचालीमा 'गुड फ्राइडे' भनिन्छ।
मानवशास्त्री प्राडा ऋषिकेशराज रेग्मीका अनुसार नेपालका हुनेखाने वर्गले धेरै पहिलेदेखि नै 'गुड फ्राइडे' मनाउने गर्थे। '२०४६ सालपछि भने नेपालमा पनि 'गुड फ्राइडे' मनाउने प्रचलन व्यापक हुन थाल्यो,' उनी भन्छन्, 'विशेषगरी शहरीया मध्यम वर्गमा 'गुड फ्राइडे' मनाउने प्रवृत्ति छ।'
थकान मेटाउने दिन
राजधानीको ठमेल, नयाँबजार बस्ने सुदीप धिताल पेशाले बजार व्यवस्थापक हुन्। हप्ताको छ दिन काममा व्यस्त हुने उनी शुक्रवारलाई हप्ताकै विशेष दिन ठान्छन्। 'यो दिन म हप्ताभरिको तनाव र थकान भुलेर रमाइलो गर्छु। नयाँ दुनियाँमा रमाइरहेको हुन्छु,' ठमेलको फ्याक्ट्री रेस्टुरेन्टमा भेटिएका उनले भने, 'मध्यरातसम्म रमाइलो गरिन्छ। भोलिपल्ट बिदा हो, मस्त सुतिन्छ।' उनी आफ्ना पाँचजना साथीसँग त्यहाँ पुगेका थिए। हरेक शुक्रवार यसरी जमघट गर्ने गरेको उनले बताए।
काठमाडौँ, बुढानीलकण्ठकी श्रद्धा खड्का पाइलट हुन्। उनी हरेक शुक्रवार साथीहरूसँग 'सेलब्रेट' गर्छिन्। 'शुक्रवार मेरा लागि धेरै महŒवपूर्ण दिन हो। साथीहरूसँग हप्ताभरि गरिएका कामको समीक्षा गर्न र कामको ह्याङओभरबाट मुक्त हुन 'गुड फ्राइडे' मनाउँछु,' ठमेलको पर्पल हेजमा भेटिएकी उनले भनिन्, 'कुनै शुक्रवार फिल्म हेर्न जान्छु त कुनै शुक्रवार साथीहरूसँग रेस्टुरेन्ट जान्छु।'
काठमाडौँ, अनामनगरकी सरु कायस्थका लागि पनि शुक्रवार विशेष दिन हो। उनी साथीहरूसँग गुड फ्राइडे मनाउने बताउँछिन्। 'सबैभन्दा पहिले रेस्टुरेन्टमा बसेर खान्छौँ,' उनले भनिन्, 'त्यसपछि पबमा लाइभ म्युजिक सुन्छौँ। क्लबमा डान्स गछर्ौं। रातको २ बजेसम्म रमाइलो गर्छौं।'
काठमाडौँ, चाबहिलकी निमा लामालाई 'गुड फ्राइडे' भनेको स्वतन्त्र रूपमा बाँच्ने दिन भन्ने लाग्छ। 'भूकम्पपछि त यसको महŒव झन् बढेको छ,' उनले भनिन्, 'जिन्दगी भनेको यस्तै रहेछ। कहिले मरिन्छ? पत्तो हुन्न। बाँचुञ्जेल रमाइलो गर्ने हो। म त शुक्रवार अबेर रातीसम्म ब्वाइफ्रेन्डसँग रमाइलो गर्छु।'
दरबारमार्गको मधुशाला गजल रेस्टुरेन्टमा पुग्दा गायक रेवत राई आफ्ना केही साथीसँग संगीतको मज्जा लिइरहेका थिए। उनले सधँै गजल साँझमा पुगेर 'गुड फ्राइडे' मनाउने गरेको बताए। 'शुक्रवार गजल साँझमा मीठो खाँदै लाइभ म्युजिक सुन्नुको मज्जा बेग्लै हुन्छ,' उनले भने।
'शुक्रवार धेरै संगीतप्रेमी यहाँ आउने गर्छन्,' मधुशालाकी गायिका टीका प्रसाईंले भनिन्, 'आफ्नो रोजाइको गीत गाउन आग्रह गर्छन्। हामी गाइदिन्छौँ।'
डेटिङ डे
तन्नेरीहरू 'गुड फ्राइडे' लाई 'डेटिङ डे' का रूपमा पनि मनाउने गर्छन्। 'धेरैजसो प्रेम जोडी नै 'गुड फ्राइडे' मनाउन आएको भेटिएका छन्। उनीहरू खान्छन्, नाच्छन् र राती अबेरसम्म रमाइलो गर्छन्,' दुई वर्षदेखि द फेसेज लाउन्जमा फोटो खिच्दै आएका ओमलाल अकेला भन्छन्, 'शुक्रवार त यहाँ पाइला टेक्ने ठाउँ हुँदैन। फोटो खिच्न पनि हम्मे–हम्मे पर्छ।'
शुक्रवार रातको साढे ११ बजे ठमेलको फायर क्लब पुग्दा त्यहाँको परिवेश कम तातेको थिएन। प्रेम जोडीहरू मदिरा र संगीतमा मस्त देखिन्थे। एकअर्काका अँगालामा बाँधिएका उनीहरूलाई दुनियाँको कुनै पर्वाह थिएन। 'हामी त हरेक शुक्रवार आउँछौँ यहाँ,' काठमाडौँ, कपन बस्ने रिजन ढकालले भने, 'शुक्रवार त हाम्रा लागि डेटिङ डे पनि हो।'
फेसेज लाउन्जका सञ्चालक राम गिरीका अनुसार शुक्रवार हुक्का तान्न आउनेहरू पनि धेरै हुन्छन्। 'शुक्रवार हुक्का नै तान्नका लागि हामीकहाँ आउने तन्नेरी थुप्रै छन्,' उनले भने।
फिल्मका लागि 'फ्राइडे'
अधिकांश फिल्म शुक्रवार रिलिज हुन्छन्। धेरैले यो दिनलाई फिल्म हेर्ने दिनका रूपमा लिएका हुन्छन्। जुनसुकै फिल्मले सबैभन्दा धेरै दर्शक पाउने दिन पनि हो यो। 'फिल्म 'बजरंगी भाइजान'को टिकट एकदिन अघि नै बुकिङ गरेकी थिएँ,' सुन्धाराको सिभिल मलबाट फिल्म हेरेर निस्किएकी ललितपुरकी अनुपमा राईले भनिन्, 'अब झम्सीखेलको रेस्टुरेन्टमा डिनर गरिन्छ। आज 'गुड फ्राइडे' हो नि।' साथीसँग फिल्म हेर्न आएकी उनी हप्ताभरिको थकाइ मेट्न 'गुड फ्राइडे' मनाउने गरेको बताउँछिन्। 'कहिले फिल्म हेर्छु, कहिले डान्स पार्टीमा रम्छु,' उनले भनिन्।
असलराज घिमिरे कम्प्युटर अपरेटर हुन्। काठमाडौँ, कोटेश्वरनिवासी उनी हरेक शुक्रवार फिल्म हेरेर 'गुड फ्राइडे' मनाउने बताउँछन्। चाबहिलको केएल टावरमा भेटिएका उनले भने, 'हरेक शुक्रवार फिल्म हेर्छु। नाइट शो फिल्म हेर्नुको रमाइलो नै बेग्लै छ।'
पारिवारिक जमघट
काठमाडौँ, लाजिम्पाटका साधुराम गौतमको ठमेलमा दुइटा पसल छन्। एउटा पश्मिना र अर्काे चियापत्तीको। फुर्सद त उनलाई कुनै दिन हुँदैन। तर, शुक्रवारको साँझ उनी आफ्नो परिवारका लागि छुट्टयाउँछन्। 'हामी परिवारका सदस्य आ–आफ्नो काममा व्यस्त हुन्छौँ। नजिकै रहेका आफन्तसँग पनि भेट्न फुर्सद मिल्दैन। शुक्रवार भेटघाट गर्छौं र सँगै डिनर खान्छौँ,' उनले भने।
१५ वर्षदेखि ठमेलमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका राम गिरीले भने, 'राजधानीका धेरैजसो फेमिली रेस्टुरेन्ट शुक्रवार भरिभराउ हुन्छन्। खास गरी ठूला घराना र हाई प्रोफाइलका मानिस त्यहाँ हुने लाइभ म्युजिक र डान्सको मज्जा लिँदै खानपिनमा रमाइरहेका हुन्छन्।'
घरमै 'गुड फ्राइडे'
गायक बाबु बोगटी 'गुड फ्राइडे' बाहिरभन्दा पनि घरमै मनाउन रुचाउँछन्। भन्छन्, 'शनिवार बिदाको दिन भएकाले शुक्रवार मध्यरातसम्म बसिन्छ। मीठा–मीठा खानेकुरा खाइन्छ, टीभी हेरिन्छ। भोलिपल्ट आराम गरिन्छ।' अभिनेता कोसिस क्षत्रीको 'गुड फ्राइडे' मनाउने शैली पनि बाबुको जस्तै छ। 'शुक्रवारका लागि बिहीवार नै प्लान गछार्ंै,' कोसिसले भने, 'चारपाँचजना साथीको समूह छ। सबैको घरमा पालै–पालो मनाउने गछार्ंै। खानपिन र रमाइलो गछर्ौं।'
कोटेश्वरकी प्रिया राईलाई शुक्रवार भनेको 'मीठो–मीठो खाने' र 'बिन्दास इन्जोय' गर्ने दिन हो भन्ने लाग्छ। तर, उनी त्यसका लागि बाहिर जाँदिनन्। 'हामी परिवारसँग बसेर घरमै मःमः, सेकुवा बनाएर खाने गर्छाैं,' उनले भनिन्, 'मध्यरातसम्म रमाइलो गर्छौं।'
काठमाडौँ, लैनचोरकी रुक्मिला अधिकारीको 'गुड फ्राइडे' मनाउने शैली पनि प्रियासँग मिल्दाजुल्दो छ। 'साथीहरूसँग मिलेर घरमै पार्टी गर्छौं,' उनले भनिन्, 'रातभर मुभी हेर्छौं, रमाइलो गर्छौं।'
मासु र बियर खाएर घरमै गुड फ्राइडे मनाउँछन्, काठमाडौँ, शंखमूलका सन्दिप दाहाल। 'बाहिर खाँदा पैसा बढी लाग्छ,' उनले भने, 'साथीहरूसँग घरमै मिलेर शुक्रवारलाई रमाइलो बनाउने हो।'
ककटेल र मकटेल
'गुड फ्राइडे' भन्नेबित्तिकै धेरैजसो तन्नेरी मदिरा सेवन गर्ने दिन भन्ने ठान्छन्। उनीहरू मध्यरातसम्म झुमिरहेका हुन्छन्। शुक्रवार फ्याक्ट्री क्लबमा भेटिएका कोटेश्वरका राजेश शाहीको समूह ककटेलमा रमाइरहेको थियो। 'भोलि शनिवार त हो नि, अलिअलि पिउनुपर्छ,' उनले भने। ककटेलमा नरमाउनेहरूका लागि मकटेल छँदै छ।
शुक्रवार ठमेल आसपास ट्राफिक चेकजाँच पनि कडा हुने गर्छ। धेरै मापसे कारबाहीमा पर्ने गरेका छन्।
तेब्बर भीड, तेब्बर व्यापार
राजधानीका ठमेल, दरबारमार्ग, नयाँ बसपार्क, चाबहिललगायत स्थानमा रहेका रेस्टुरेन्ट, क्लब र पबहरू शुक्रवार राती २ बजेसम्म खुल्ला रहन्छन्। 'अरू दिनको भन्दा तेब्बर भीड हुन्छ। कमाइ पनि तेब्बर नै हुन्छ', ठमेलमा दुई र दरबारमार्गमा एक रेस्टुरेन्ट चलाइरहेका राम गिरी भन्छन्, 'डीजे र लाइभ म्युजिकमा रम्दै खाने र रमाइलो गर्नेहरूको भीडले पाइला टेक्ने ठाउँ हुन्न।'
शुक्रवार ठमेलमा रहेका कफी सप र बर्गर पसलहरू पनि रातभर खुल्लै रहन्छन्। पर्पल हेजको नजिकै रहेको लाबाजा कफी सपमा शुक्रवार रातको १ बजे पनि बर्गर र रोल खानेहरूको भीड देखिन्थ्यो। 'अरू दिनभन्दा तेब्बर बढी आम्दानी हुन्छ शुक्रवार,' कफी सप सञ्चालक गोपाल भट्टराईले भने।
सबैले मनाउँछन्
केही वर्षअघिसम्म 'गुड फ्राइडे' लाई राम्रो कमाइ भएका मानिसहरूले मात्र मनाउने गर्थे। 'यो नेपालीको संस्कार बन्दै छ। यसलाई मनाउने शैली फरक हुन सक्ला। खर्च घटबढ हुनसक्ला। तर, मनाउन चाहिँ सबैले मनाउँछन्,' कुटुम्ब कलेजका समाजशास्त्रका अध्यापक लोकनाथ दुलालले भने। आफूले पढाइरहँदा पनि प्लस टूका विद्यार्थीहरू गुड फ्राइडे मनाउने विषयमा कुरा गर्ने गरेको उनले बताए। 'आज गुड फ्राइडे हो। नपढौँ न। गीत गाएर वा अरू केही रमाइलो कार्यक्रम गरौँ न भन्छन्,' उनले भने। दुलाल गुड फ्राइडे मनाउने चलनलाई खराब मान्दैनन्। तर, मानवशास्त्री डा. रेग्मी 'गुड फ्राइडे' को बहानामा विकृति बढिरहेको बताउँछन्। 'गुड फ्राइडे भन्दै रक्सी खाने चलन बढिरहेको छ,' उनले भने, 'केटीको निहँुमा झगडा हुने गर्छ। रमाइलो गर्ने बहानामा खराब लतमा तन्नेरीहरू फसिरहेका छन्।' रेस्टुरेन्ट व्यवसायीहरू पनि स–साना झगडा हुने गरेको स्विकार्छन्। 'झगडा त सामान्य हो,' एक रेस्टुरेन्ट व्यवसायीले भने, 'सानातिना झगडामा प्रहरीले पनि वास्ता गर्दैन। हामी आफैँ मिलाउँछौँ।'
यौनकर्मीको विशेष दिन
गएको शुक्रवार दरबारमार्गबाट ठमेल प्रवेश गर्ने मूल सडकको दायाँबायाँ यौनकर्मीहरू उभिइरहेका थिए। सञ्चयकोष भवनअघि पनि केही तेस्रोलिंगी यौनकर्मी 'बार्गेनिङ'मा व्यस्त थिए।
'जाने हो?' मुखमा मास्क लगाएका एक युवकले वानपिसमा सजिएकी यौनकर्मीलाई सोधे।
'कति दिनुहुन्छ? तीन हजार भन्दा घटी हुँदैन,' २०–२२ वर्षकी देखिने यौनकर्मीले भनिन्।
'१५ सय दिन्छु, हुँदैन?' युवकले बार्गेनिङ गर्न थाले।
'आज त गुड फ्राइडे हो। मैले भनेजति नदिने भए डिस्टर्ब नगर। आज तिमीजस्ता कति पाइन्छन्, पाइन्छन्,' ती यौनकर्मी रिसाउँदै अघि बढिन्।
एक यौनकर्मीका अनुसार शुक्रवार यौनकर्मीका लागि विशेष दिन हुन्छ। 'यो दिन त हाम्रो स्पेसल हुन्छ,' उनले भनिन्, 'पैसामा ग्राहकले किचकिच गर्दैनन्। सबैजना रमाइलो मुडमा हुन्छन् नि त।'
'पैसा हुनेले मनाउँछ'
प्राडा ऋषिकेशराज रेग्मी, मानवशास्त्री
नेपालमा २०४६ सालपछि शुक्रवारलाई 'गुड फ्राइडे' का रूपमा मनाउने प्रचलन व्यापक भयो। मोबाइल र इन्टरनेटको विकाससँगै नेपालीहरू पश्चिमा संस्कारका विषयमा जानकार हुन थाले। देखासिकी पनि गर्न थाले। त्यसकै परिणाम हो, गुड फ्राइडे। आफ्नो संस्कारलाई भुलेर नेपालीहरू यस्ता पश्चिमा संस्कारलाई बढावा दिँदै छन्।
विशेष गरी हुनेखाने परिवारका तन्नेरीले 'गुड फ्राइडे' मनाइरहेका छन् । मध्यमवर्गीयले यसलाई मनाउन पनि सक्दैन। जोसँग पैसा छ, उसले मनाउँछ गुड फ्राइडे।
गुड फ्राइडेको नाममा विकृति बढिरहेको छ। रक्सी खाने चलनले बढावा पाइरहेको छ। तन्नेरीहरू बुबा–आमाको पैसा उडाउँछन्।
हप्ताभरिको थकान मेट्ने बहानामा नेपालीहरू शुक्रवार नाइट लाइफको मज्जा लिइरहेका हुन्छन्, रमाइलो गरिरहेका हुन्छन्। रमाइलो गर्नु नराम्रो होइन। रमाइलोका नाममा विकृति निम्त्याउनु समाज वा व्यक्ति कसैका लागि पनि राम्रो होइन।
गुड फ्राइडेले नेपालीको स्वभावमा परिवर्तन ल्याइरहेको छ। गुड फ्राइडे स्वतन्त्रताको परिणाम हो। तर, हामीकहाँ स्वतन्त्रताको दुरुपयोग बढिरहेको छ।

साभार : शुक्रबार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !