CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कामकाजी महिलाहरूको चुनौती

कामकाजी महिलाहरूको चुनौती

हिजोआज मानिसहरूमा धैर्य कम हुँदै गएको पाइन्छ । सहनशीलताका प्रतीक मानिने महिलाहरूमा पनि धैर्य घट्दै गएको छ । केही वर्ष पहिलेसम्म पनि महिलाहरू परम्परा, मान्यता एवं संस्कारमा बाँधिएर निर्धारित परिधिभित्र रही धेरै कुरा सहेर बस्थे तर आज महिलाहरू त्यस्ता मान्यताबाट टाढिँदै गएका छन् । परिवार एवं आमाबुवाको कुरा नमान्नु, सासू–ससुरालाई फोर ग्रान्टेडका रूपमा लिनु, श्रीमान् र आफ्ना सन्तानसित कतिपय कुरामा धैर्य गुमाउनु कतिपयको स्वभाव र आचरण नै बनेको छ । घरमा कामदार, ड्राइभर आदिबाट भएका स–साना गल्तीलाई पनि क्षमा
नगर्ने वा दोस्रो मौका नदिने प्रवृत्ति बढ्दै गएको छ । कार्य क्षेत्रमा पनि हाकिमको व्यवहार सहन नसकेर काम छोड्ने र अर्को काम खोज्ने, आफ्ना जुनियर कर्मचारीहरूलाई धाकधम्की दिने, त्यस्तै व्यवहार मित्रजन एवं आफन्तजनसित गर्नेहरू पनि उत्तिकै छन् । तिमी नभए अरु कोही, यो नभए अरु केही भन्ने फर्मुलामा विश्वास राख्ने आजका महिला हिजोआज एउटै सम्बन्धमा बाँधिन वा रोकिन नचाहेको स्थिति देखा पर्दैछ । बढ्दो सम्बन्धविच्छेदको प्रमुख कारण पनि महिलाहरूको अधैर्यतालाई पनि मानिन्छ ।

परिवर्तनको कारण 

आज शिक्षा र विश्वव्यापीकरणका कारण धेरैजसो कुरामा परिवर्तन आएको देखिन्छ । महिलाहरूको कार्यक्षेत्र विस्तृत भएको छ, फलस्वरूप उनीहरूको मानसिकतामा पनि परिर्वतन आएको पाइन्छ । महिलाहरू आफ्नो कर्तव्यका साथै आफ्नो अधिकारका लागि पनि जागरुक हुन थालेका छन् । बाल्यावस्थादेखि नै सम्पन्न एवं सुविधाजनक जीवन जिउँदै अघि बढेको आजको युवापुस्तालाई कुनै पनि फाल्तु कुरामा समय खेर फाल्न मन लाग्दैन । वैज्ञानिक प्रगतिले उनीहरूमा सहज र चुनौतीबिनाको जीवन जिउने बानी बसालेको पाइन्छ । आर्थिक क्षेत्रमा आत्मनिर्भर हुनाले महिलाहरूमा स्वनिर्णयको क्षमता बढ्दै गएको छ । उनीहरू पुरुष वर्चश्व रहेको समाजमा आफ्नो पहिचान बनाउन अग्रसर एवं सफल हुँदै गएका छन् । महत्वाकांक्षासँगै अघि बढ्ने क्रममा विकल्पका साथ जिउने कुरामा विश्वास राख्ने विचारधाराको विकास भएको पाइन्छ । महिलाहरू यसरी अधैर्य हुनुका थुप्रै कारण छन् । केही समय पहिले घरको चारभित्ताभित्र चुनौतीरहित जीवन बिताइरहेका महिलाहरूले अहिले बाहिरी समाजमा प्रतिस्पर्धात्मक एवं चुनौतीपूर्ण जीवन बिताउनु परिरहेको छ । त्यसका साथै अनुशासनहीन हुादै गएका बालबालिका, घर एवं कार्यक्षेत्रको जिम्मेवारी, बालबालिकाको लालपालनको दायित्व, अध्ययन एवं करियरको भागदौड, घर र कार्यक्षेत्रबीच सन्तुलन कायम राख्नुपर्ने दबाब, बढ्दो महँगी, उपभोक्ता ठग्ने व्यापारी, फाइदा उठाउने आफन्तजन, चोरी गर्ने एवं धोका दिने कामदार, मतलबी छिमेकी, बढी काममा जोताउने हाकिम, चाकडी–चाप्लुसी गर्ने सहकर्मीजस्ता अनेकौं कठिन परिस्थितिसित लड्नुपर्ने भएकाले पनि त्यस्तो संवेदनशीलता कायम राख्न गार्‍हो परेको हुनसक्छ ।

दिनप्रतिदिन प्रतिकूल बन्दै गएको परिस्थिति र समस्याले भरिपूर्ण जटिल जीवनले महिलाको धैर्यको बाँध टुट्नु अस्वाभाविक होइन । मनोचिकित्सकहरूका अनुसार आजको संघर्षपूर्ण जीवनमा महिलाहरूले अत्यधिक मानसिक दबाबबाट गुज्रनुपरेको छ जसका कारण उनीहरूमा चिडचिडेपन, इम्पेसन्स, फ्रस्टेसन तथा डिप्रेसनजस्ता समस्या बढ्दै गएको पाइन्छ । यस्तो स्थितिबाट जोगिन जुन परिस्थितिमा आफ्नो वश हुँदैन त्यसमा चिडचिडिनु, कुण्ठित वा तनावग्रस्त रहनुभन्दा सम्झौता गर्नु बुद्धिमानी हुन्छ । जीवनप्रति सकारात्मक सोच राख्दै खुसी रहने प्रयास गर्नु र खुसी बाँड्ने काम गर्नु उपयुक्त हुन्छ ।


साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis