भाद्र २०७२- फिल्म चाहे जतिसुकै हिट वा फ्लप होस, दर्शकले त्यसलाई सम्झिने भनेको उसको गीत सँगीतसँगै त्यसको डाइलगले पनि हो । ती अनायसै हाम्रा जिब्रोमा झुण्डिंदैनन् मात्र हामी तीनका रिहलसर्ल पनि गर्छौं । के थाहा साथीहरुका जमघटमा कतिखेर भट्याउनु पर्ने पो हो वा फेसबुक/ट्विटरमा कमेन्ट गर्दा फ्याँक्नुपर्ने हो ।
बर्षौं पुराना फिल्मका डाइलगले मानिसलाई उसको नोस्टाल्जियमा समेत पुर्याउँछ । मनमा बस्ने ती डाइलय आक्रोस, व्यंग्य वा ह्युमरजस्ता जुनकुनै पक्षका हुन सक्छन् । प्रयोग नभएसम्म वा हिट नभइसम्म यस्तै चाहिन्छ भन्ने सकिंदैनन् ।
नेपाली फिल्म निर्माणको आधा शताब्दीलामो इतिहासमा हामीले यहाँ १० सर्वाधिक चर्चित संवाद छानेका छौं, जुन संवाद सुन्नासाथ दर्शकले फिल्म र हिरो छुट्याउन सक्छन् ।
‘साथीका लागि यो हात सलाम छ, दुश्मनका लागि यो हात फलाम छ ।’ पृथ्वी फिल्ममा राजेश हमालले झण्डै दुई दशक अगाडी बोलेको यो संवाद आज पनि उत्तिकै चर्चित छ । यसलाई राजेशको करिअरकै सर्वाधिक लोकप्रिय संवाद मानिन्छ । उनको प्रसंशा वा व्यंग्य जे गर्दा पनि यही संवादको सहारा लिइन्छ ।
'हे मान्छे हुँ, मान्छे । तर तँ जस्तो असुरको लागि शंकर, शंकर हुँ । नरपिचासको लागि नरसिंह र तँजस्तो रक्तबिजको लागि नरदेवी, उग्रचण्डी, भद्रकालीको छोरा मान्छे शंकर हुँ, शंकर ।’फिल्म देउताको यो डायलगले एंग्री योङ म्यानको रुपमा राजेशको छवि बनाउन महत्वपूर्ण भूमिका खेल्यो । जब पर्दामा राजेश चोर औंला ठड्याउँदै यो संवाद बोल्थे, हलमा तालीको फोहोरा छुट्थ्यो ।
‘केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ ।’ यो र यस्तै संवादले फिल्म होस्टेललाई सहरिया युवापुस्तामाझ लोकप्रिय बनायो । यो संवाद सलोन बस्नेतले बोलेका थिए । यसको प्रतिउत्तरमा अनमोल केसीले भनेको ‘केटी भनेको हटै हुनुपर्छ, क्युट त पप्पी पनि हुनुपर्छ’ भन्ने संवाद पनि प्लस टु पुस्तामा उत्तिकै हिट भयो ।
‘मिस्टर चुलबुल, धेरै चुलुबुलु नगर्नुस् । हामीलाई थाहा छ के, कहाँबाट छाद्नु पर्ने हो, कहाँबाट पाद्नु पर्ने हो ।’ आशा गरिए अनुरुप फिल्म छड्के हिट भएन तर विपिन कार्कीको यो संवाद नरुचाउने सायदै कोही होला । पुलिस अधिकृतिको खिल्ली उडाँउन विपिन यो संवाद बोल्छन् ।
- ‘मन परेको जुत्तो पो जुत्ता त, नत्र खाली खुट्टै ठिक छ ।’ कबड्डीका काजी अर्थात दयाहाङ राईको यो संवाद सबै उमेर समूहका दर्शकमाझ हिट भयो । संवादमा आफूलाई मन परेकी केटी नपाउँदाको पीडा पोखिएको छ तर दशर्कले रमाइलो मानिदिए ।
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !