मोदीको लोकरिझयाईंको राजनीति, प्रोपोगाण्डा र
छलछामबाट अवाक् उनी लेख्छन्, 'राष्ट्रपति र प्रधानमन्त्रीलाई चौबीसै घण्टा झ्लमल्ल प्रकाश मुन्तिर बस्नुपर्ने हुन्छ। पत्रकारका आँखा उनीहरूमाथि खनिएका हुन्छन्। तर, नरेन्द्र मोदीले कसरी यी सबै कुरा छोपिरहेका होलान्? वास्तवमा मतदातालाई पनि उनीबारे खासै थाहा छैन। उनको परिवार, शिक्षा, सोख, खानाको रुचि, साथीसंगाती अनि उनको कुकुर (यदि त्यस्तो कुनै रहेछ भने), लाई राज्यकै गोप्यता झैं गरी छोपेर राखिएको छ।'
प्रधानमन्त्रीमा नियुक्तिसँगै मोदीको प्रसिद्धि संसारभरि नै प्रक्षेपित भइरहँदा मेहता मोदीमाथि शंका गरिरहने एकाध पत्रकारमा पर्दथे। 'मोदीमेनिया' ग्रस्तहरूलाई उनी भन्थे, 'खबरदार, तिमीहरूले मोदीको असली चरित्र छिट्टै देख्ने छौ।' मेहताको निष्कर्ष थियो, “मैले भन्न सक्ने यति नै हो, हाम्रा प्रधानमन्त्री एक छेपारो हुन्, छेपारोजस्तै रङ बदलिरहने बिल्कुल जटिल व्यक्ति।”
आज मोदीको उकालिंदो अलोकप्रियता हेर्न मेहता हामीबीच छैनन्। तर, उनका शब्दहरू सत्य लागिरहेका छन्। मोदीमेनियाग्रस्त मानिस कुनै दुस्वप्न झैं झ्स्किएका छन्। मोदीका कारण भारतीय समाज असहिष्णुतातिर बढ्दै गरेको आरोप स्वयं भारतीयहरू नै लगाइरहेका छन्। अनि यस्ता आरोप लगाउनेहरू राजनीतिज्ञ नभएर चेतनाद्रष्टा सर्जकहरू छन्।
राजधानी नयाँदिल्ली नजिकैको सानो शहर दादरीमा गाईको मासु खाएको आरोपमा अखलाक नामका एक मुसलमान हिन्दू अतिवादीहरूको आक्रमणमा मारिए। उता दक्षिण कर्नाटकमा मूर्तिपूजाका विरोधी एमएम कालबुर्गी पनि रहस्यमय ढंगले मारिए। पूर्व पाकिस्तानी मन्त्री खुर्सिद मोहम्मद कसुरीको पुस्तक लोकार्पण कार्यक्रमका आयोजक सुधीन्द्र कुलकर्णीलाई शिवसेनाका कार्यकर्ताले कालोमोसो पोतिदिए। तर, यी सबै अपराधका दोषीलाई कठघरामा ल्याउनु मोदी सरकारले जरूरी नै देखेन। मोदीका ट्वीट मौन रहे।
भारतीय समाज दिन प्रतिदिन असहिष्णु बन्दै गएको र त्यसको पृष्ठपोषण मोदी सरकारबाट भएको कारण देखाउँदै भारतका लेखक, चलचित्र निर्माता, कलाकार, वैज्ञानिक, बुद्धिजीवी र अधिकारकर्मीको अघोषित मोर्चाबन्दी शुरू भएको छ। बढ्दो असहिष्णुताको विरोधस्वरुप प्रसिद्ध साहित्यकारहरू उदय प्रकाश, नयनतारा सहगल, अशोक वाजपेयीलगायत २५ साहित्यकारहरूले 'अकादमी सम्मान' फिर्ता गरिसकेका छन् भने अकादमीबाट चार साहित्यकारहरूले राजीनामा दिएका छन्। साहित्यकारको विरोध अभियानलाई फिल्म निर्देशक र कलाकारले पनि साथ दिएका छन्। दिवाकर बनर्जी, आनन्द पटवर्द्धनलगायत दश निर्देशकहरूले 'नेसनल अवार्ड' फिर्तीको घोषणा गरेका छन्। वैज्ञानिक पीएम भार्गवले पद्म विभूषण सरकारलाई नै बुझाएका छन्। सरकारी पुरस्कार र सम्मान फिर्ती गरमागरम बहस बनेको छ।
यता नेपालमा पनि एक वर्ष भित्रै मोदी रङ खुइलिएको छ। केही अघिसम्म मोदीको सत्तारोहणबाट यहाँका कट्टर हिन्दूवादी र राजतन्त्रका समर्थक हौस्सिएका देखिन्थे। तर, मोदीले नेपाली हिन्दूको महान् चाड दशैंलाई पीडामा बदलिदिए। तिहारमा अभावको शिकार बनिरहेको छ। सबैभन्दा निकट र समस्यारहित छिमेकी नेपालसँगको मोदीको वैरभावको दृष्टान्तबाट भारत पाकिस्तानबीचको भावी सम्बन्धको लख काट्न सकिन्छ।
झ्ूट र प्रोपोगाण्डालाई राजनीतिको पहेली बनाउने मोदी वास्तवमै मेहताले खुट्याए जस्तै एक 'छेपारो' रहेछन् भन्ने कुराको पछिल्लो प्रमाण विहार विधान सभा पूर्वको पूर्णिया जिल्लाको उनको चुनावी भाषण हो। नेपालमा नाकाबन्दी गरेर मित्रतालाई 'हलाल' गरिरहेका उनी नेपालको बिजुलीले बिहारको अँध्यारो हटाउने ध्वाँस दिइरहेका थिए। रक्सौल दशगजाबाट नेपाली सुरक्षाकर्मीसँगको झ्डपमा मारिएका भारतीय घुसपैठियालाई निर्दोष भन्ने उनी आफ्नै देशमा विनाकसूर मारिने नागरिकको सुरक्षा उपर किन मौन छन्? विनोद मेहता बाँचिरहेका भए यसबारे चोटिला ट्वीट गर्नेथिए।
शेखर खरेल
साभार : हिमाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !