काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली निजी विमान चार्टर गरेर चीन भ्रमणमा निस्किएपछि वरिष्ठ पाइलट विजय लामाले आक्रोश पोखेका छन् ।
देशको प्रधानमन्त्रीले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स छाडेर सञ्चालनमै नआएको हिमालयन एयरलाइन्सको जहाज चार्टर गरेर चीन गएपछि क्याप्टेन लामाले आफैलाई धिक्कारेका छन् ।
हलिउड फिल्म एभरेष्टमा अभिनेता समेत रहेका क्याप्टेन लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- के बस्नु यस्तो देशमा नेताहरुले राष्ट्रिय ध्वजाको कदर गर्न
जान्दैनन् । धिक्कार्छु आफ्नो कर्मलाई यस्तो अवस्था आउँदा पनि केही गर्न नसक्दा ।
कहिलेसम्म हेर्नुपर्छ यस्ता कुराहरु ? कहिलेसम्म सहनुपर्छ हामीले सबै पीडाहरु ? राष्ट्र र नेपालीहरुलाई माया गर्ने नेताहरु कहिले आउलान ? नेताहरुले जे गरे पनि ठिक त ?
भन्नु केही छैन् अब न कि कसैलाई दोष नै दिनु । हामी त सिर्फ ट्वाल्ल परेर हेर्ने मात्रै हो । हैन र साथीहरु ?
साभार : दैनिक नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !