
सलल बगिरहेको नदीको शान्त किनारामा चट्टानमाथि बियरको बोतल छेउमा राखेकी सुन्दरी। सुरा र सुन्दरीको यो संयोजन गजबै भेटियो। टेलिफिल्म र म्युजिक भिडियो हुँदै फिल्मकी हिरोइन बन्दै गरेकी शिल्पा पोखरेलको त्यो 'अदा' फेसबुकमा भेटियो। अवश्य पनि बियरको विज्ञापनका लागि उनले त्यसो गरेकी होइनन्, नत्र बियरको नाम नियतवश लुकाइँदैनथ्यो। पक्कै पनि कुनै विशेष अवसरमा त्यो फोटो खिचाइएको हो अथवा रमणीय लोकेसनमा पुगेपछि यी सुन्दरीले सुराको साथ लिएकी हुन् ? बुझ्नै सकिएन।
