CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » यौनको विषयमा माइला डटकम

यौनको विषयमा माइला डटकम

Maila
काठमाडौं : मानिसको दिमागमा छिट्टै प्रभाव पार्नसक्ने भनेको यौन नै हो । त्यसैले पछिल्लो समय निर्माण भएका चलचित्रमा त यौनका दृश्य प्रशस्तै रहँदै आएका छन् । चलचित्रमा अभिन्न अंगझँै प्रयोग हँुदै आएका यौनका प्रसंग अब नाटकमा पनि समावेश हुनथालेको छ । यस्तै यौन मनोविज्ञानमा आधारित नाटक ‘माइला डटकम’ केही दिनदेखि अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।
चियापसलमा काम गर्ने युवा (माइला) र उमेर ढल्कँदै गएकी
साहुनीको मनोविज्ञानमा आधारित हो— नाटक माइला डटकम । बेफुर्सदका कारण कतै जान नपाएका माइला सधँै घरअगाडि रहेकी साहुनी मन पराउन थाल्छ । साहुनीका हरेक क्रियाकलाप उसका लागि आनन्ददायी हुन्छन् । साहुनीप्रति उसको मनमा यौनचाहना पलाइरहेको हुन्छ । दिन बित्दै जाँदा एकदिन उसले साहुनीलाई एक्कासि चुम्बन गर्न सफल हुन्छ र आफ्नो यो क्रियाकलापलाई पराक्रम पनि सम्झन्छ । नाटकको अत्यसम्म यस्तै प्रसंग रहेका छन् । करिब ४५ मिनेटको यो नाटकले किशोरावस्थाको यौन उत्सुकता र चाहनालाई प्रस्ट्याउन खोजेको छ ।
नाटकमा माइलाको भूमिका राजन खतिवडा छन् भने सिर्जना सुब्बाले साहुनीको भूमिका निभाएकी छन् । ३० वर्षीय राजन १५ वर्षीय किशोरका रूपमा छन् भने खतिवडाभन्दा कान्छी सुब्बा अधबैँसे महिलाको भूमिकामा छिन् । यी दुवै कलाकार भूमिकामा जमेका पनि छन् । चियापसलकै परिवेश नाटकलाई रोचक बनाइएको छ यो नै माइला डट कमको विशेषता हो ।
धेरै अन्तद्र्वन्द्व देखाइएको नाटकको पात्र आफू नै भएको दर्शकले महसुस गर्दछन् । साहुनी र माइला पात्रमार्फत दर्शकलाई मोहित तुल्याउनु कलाकारको दक्षता मान्नु पर्छ ।
भारत, बंगलादेशसहित यो नाटक विभिन्न देशका १६ मञ्चमा मञ्चन भइसकेको छ । मण्डला थिएटरमा यो नाटक आगामी २० गतेसम्म मञ्चन हुने कलाकार राजन खतिवडाले जानकारी गराए ।
नाटकको निर्देशन दयाहाङ राईले गरेका हुन् । केही दिनदेखि जारी यो नाटककमा दिन प्रतिदिन दर्शकको उपस्थिति बढ्दै भएको छ । दर्शक बढ्दै गए भने केही दिन बढाउने नाटक समूहको योजना छ । (सौस)
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis