गिरिजाप्रसाद कोइरालाले तत्कालीन शाही नेपाल वायुसेवा निगमको हवाईजहाज अपहरणको योजना बनाउनुभएछ। यसबारे नेपाल राष्ट्र बैंक, विराटनगरका कर्मचारी मदन अर्याल, त्यति बेलाका अत्यन्त सक्रिय युवा कार्यकर्ता दुर्गा सुवेदी र सुशील कोइरालाबाहेक कसैलाई यसको सुइँको थिएन। अहिले के लाग्छ भने जहाज अपहरणको योजना एक-डेढ महिनापहिले नै बनेको हो। किनभने, सुशील त्यसबेला लामै समय फारविसगन्ज बस्नुभएको थियो। नत्र भने एक साताभन्दा धेरै उहाँ त्यहाँ कहिल्यै बस्नुभएन।
हवाईजहाज अपहरण सफल तुल्याउन गिरिजाप्रसादकै नेतृत्वदायी सक्रियता थियो। सुशील दा' पनि पहिलेपहिलेजस्तो राजनीतिक प्रशिक्षण मात्र नभई अर्कै प्रकारको गतिविधिमा संलग्न हुन थाल्नुभयो। मनहर िबराल र मलाई साथमा लिएर सुशील दा' कहिले वीरपुरनजिकै कोसी किनारमा, कहिले भारतका तत्कालीन रेलमन्त्रीको गाउँतिर, कहिले अरियातिर, कहिले हिन्दी साहित्यका प्रसिद्ध साहित्यकार फणीश्वरनाथ रेणुको गाउँतिर लिएर जानुहुन्थ्यो। हामीले सोध्दा भन्नुहुन्थ्यो, "हाम्रा मुक्तिसेनालाई तालिम दिने ठाउँ खोजेको।"
हामी भने प्रजातन्त्रका लागि क्रान्ति थालनी होला भनेर रोमाञ्चित हुन्थ्यौँ। यसरी हामी हप्तौँसम्म स्थानको खोजीमा हिँड्यौँ। खोजीकै सिलसिलामा सुशील दा'ले हामीलाई फारविसगन्ज म्युनिसपालिटीको उत्तरतिर रहेको एउटा ठूलो मैदानमा लिएर जानुभयो। यहाँ किन भन्ने हाम्रो प्रश्नमा उहाँको जवाफ हुन्थ्यो, "गाडी सिक्न। अब छिट्टै नेपालमा क्रान्ति हुँदै छ। मुक्ति सेना लड्न नेपाल जान्छन्। पछाडिबाट लजिस्टिक सपोर्ट गर्न राजनीतिक कार्यकर्ताले ड्राइभिङ् सिक्नु आवश्यक छ।"
त्यहाँ हामीले ड्राइभिङ् सिक्न थालेपछि वरिपरिका मानिसहरू आएर सोधपुछ गर्न थाले। कांग्रेसका मान्छे, सरयुप्रसाद मिश्रका मान्छे भनेपछि हामीलाई केही गरेनन्। त्यो ठूलो घाँसे चौर थियो र ठाउँठाउँमा मुसाले प्वाल पारेका थिए। ती प्वाल बिस्तारै टाल्दै एउटा लाइनमा गाडी सिक्ने काम भयो। यसो गर्दा त्यो हरयिो घाँसे मैदानको एक लामो भाग चक्काको डोबले फुस्रो हुँदै गयो। त्यो त हवाईजहाज अवतरणका लागि धावन मार्ग बनाएका रहेछौँ, जुन हामीलाई पछि मात्र थाहा भयो।
२९ जेठ ०३० मा सधैँभन्दा पहिले हामी घाँसे मैदानमा पुग्यौँ। त्यहाँ जानेमा सुशील दा', मनहर िबराल, विनोद अर्याल, म र वीरु लामा थियौँ। सुशील दा' गम्भीर हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, "आज प्रजातन्त्र पुनःस्थापनाका लागि कांग्रेसले सञ्चालन गरेको आन्दोलनको एउटा निणर्ायक घडीमा हामी प्रवेश गर्दै छौँ। अबको केही क्षणमा यहाँ हवाईजहाज अवतरण हुनेछ। त्यसमा हाम्रा केही साथी र सामान उतारनिेछ, त्यसलाई सुरक्षित स्थानमा पुर्याउनुपर्ने हुन्छ।" हामी सबै गम्भीर भयौँ। सुशील दा'को छटपटी निकै बढ्न थाल्यो। यसैबीच हवाईजहाज देखा पर्यो। तत्काल सुशील दा'ले रातो गम्छा हल्लाउनुभयो र गाडी स्टार्टमा राख्न भन्नुभयो। जहाज निकै तल आयो, फेर िमाथि गयो। फेर ितल आयो र हामीले गाडी सिक्न तयार गरेको डोबमा झर्यो।
हवाईजहाजबाट सबैभन्दा पहिले दुर्गा सुवेदी उत्रिए। आफूसँग भएको हतियार विनोद अर्याललाई दिए। पाइलटको निधारबाट तरतरी पसिना चुहिरहेको थियो। यात्रुहरू रोइरहेका थिए, आँखा चिम्लिएर। जहाजको सामान राख्ने कक्षमा दुई टोकरी आँप रहेछन्। तिनलाई तल झारेपछि लाहाछाप लगाएका तीनवटा टिनका बाकसलाई हामीले कोसी अञ्चल ९१३ नम्बरको जिपमा राख्यौँ। तीनवटा बाकस झारसिकेपछि दुर्गाले पाइलटलाई 'छिटो टेकअफ गर्, नभए उडाइदिन्छौँ' भनेर आदेश दिए। जहाज तत्कालै 'टेकअफ' भयो।
हाम्रो सानो जिप थियो। तीनवटा बाकस र अपहरणकारीसहित हामी आठ जना विनोदले देखाएको बाटो हुँदै बडो कौतूहलका साथ गन्तव्यतर्फ अगाडि बढ्यौँ। त्यस घाँसे मैदानबाट अगाडि बढेपछि सुशील दा'ले बाकसको ताला फोड्ने आदेश दिनुभयो। गाडी सेल्फ स्टार्ट नहुँदा प्रयोग गरनिे ह्यान्डलले हामीले बाकसको ताला फोड्यौँ। बल्ल हामीलाई थाहा भयो, त्यसभित्र त रुपियाँ रहेछ। फारविसगन्जबाट हाम्रो गाडी पूणिर्यातर्फ बढ्यो। फारविसगन्ज र अररयिाको बीचमा रेलवे क्रसिङ् थियो। गिरिजाप्रसाद दुईवटा गाडी लिएर त्यहीँ हामीलाई पर्खिरहनुभएको रहेछ। यसबीच हामीले टिनका बाकसमा रहेको रुपियाँलाई ठूल्ठूला तीनवटा ब्यागमा राखेर बाकस बीचबाटोमै फालिदिइसकेका थियौँ।
तीनवटा ब्याग गिरिजाप्रसादको गाडीमा राख्यौँ र म पनि उहाँसँगै त्यही गाडीमा बसेँ। दुईवटा गि्रनेड र तीनवटा रभिल्वर दिँदै उहाँले भन्नुभयो, "यी हतियार गंगाबाबुकहाँ जिम्मा लगाएर तिमी सिलगुढी आउनू।" अररयिाबाट नेपाल-भारत सीमामा रहेको गंगाबाबुको घर २० किलोमिटरभन्दा टाढा थियो। पहिले पनि हामीले त्यहाँ हतियार राख्ने गरेका थियौँ। त्यो क्षेत्र रंगेलीसँग जोडिएको थियो। त्यहाँबाट हामीले पहिले पनि कोसी र मेची अञ्चलमा हतियार पठाउने काम गथ्र्यौं।
अपहरणमा प्रयोग भएका हतियारलाई गन्तव्यमा पुर्याएर म सिलगुढी, भानेवासमा रहेको रामबाबु प्रसाईंको घरमा पुगेँ। गिरिजाप्रसादले उहाँसँग मेरो बारेमा कुराकानी गरसिक्नुभएको रहेछ। मलाई उहाँले एक जोर चप्पल, दुई जोर कुर्ता-सुरुवाल र तौलिया किनिदिनुभयो। र, नजिकैको गणेशबहादुर प्रसाईंको घरमा लुकेर बस्न भन्नुभयो। त्यसको भोलिपल्ट म रामबाबु प्रसाईंसँग जलढकातर्फ लागेँ। त्यहाँ तीन महिना बसेपछि गोरखपुर पुगेँ र राजेन्द्र दाहालबाट वीरेन्द्र दाहाल बनेँ।
- प्रस्तुति : ईश्वरी ज्ञवाली, नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !