CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नखुलेको सम्बन्ध

नखुलेको सम्बन्ध


सिने नगरीमा निकै चर्चा हुनेमा पर्छ, अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको जोडी। श्रीकृष्ण र श्वेता फिल्म मात्र सँगै खेल्दैनन्, सार्वजनिक कार्यक्रममा पनि एकसाथ उपस्थित हुन्छन्। यति मात्र होइन, व्यापारमा पनि उनीहरूको पार्टनरसिप छ। अविवाहित हिरो-हिरोइन यति नजिक भएपछि 'उनीहरूबीच प्रेमसम्बन्ध छ' भनेर अनुमान लगाउनेको कमी हुने कुरै भएन। 


श्रीकृष्णले कहाँ भेटिएलाबाट चार वर्षअगाडि श्वेतालाई डेब्यु गराएबाट नै सिने नगरीमा यस्तो हल्ला चलिरहेको छ। तर पनि यी दुवै आफूहरूलाई 'मिल्ने साथी' मात्र भन्न रुचाउँछन्। अझ केही समयअगाडि श्वेताले श्रीकृष्णबाट विवाहको प्रस्ताव आए अस्वीकार गर्ने बताएकी थिइन्। तर, उनलाई नजिकबाट चिन्नेहरू बाहिर जे भने पनि भित्रचाहिँ उनी श्रीकृष्णसँग नजिक भइरहेको दाबी गर्छन्। यो जोडीको अभिनय रहेको फिल्म कोहिनुर हाल पोस्ट-प्रोडक्सनको क्रममा छ।
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis