CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » १५ रुपियाँमा पाईने कस्तो मोबाइल यो?

१५ रुपियाँमा पाईने कस्तो मोबाइल यो?


mobileतपाईँले सस्तोमा कतिसम्मको मोबाइल देख्नुभएको छ ? दुई हजार ? एक हजार ??
आउनुस्, हामी तपाईँलाई देखाउँछौँ १५ रुपियाँमा पनि मोबाइल पाइने ठाउँ।
बच्चाहरुले खेलाउने टुइँटुइँ आवाज मात्रै आउने चाइनिज मोबाइल पनि ५० रुपियाँ पर्छ। कस्तो रहेछ त यो ११
०४ रुपियाँमा नै ७२ वटा आउने मोबाइल ? १५ रुपियाँ ३३ पैसा पर्ने मोबाइल कस्तो रहेछ ? 
१५ रुपियाँ पर्ने मोबाइलको बारेमा चासो बढेपछि साथी कञ्चन अधिकारीसित गएको हप्ता यो बारे बुझ्न ललितपुर गएको थिएँ।
खासमा विभिन्न मुद्दाहरुमा प्रमाणको रुपमा बरामद गरी प्रहरीले अदालतमा बुझाएका मोबाइलहरु रहेछन् यी। मानौँ न कुनै चोरलाई पक्रियो, उसको साथमा बरामद भएका मोबाइलसहितका सामानलाई दसीका रुपमा अदालतमा प्रस्तुत गर्‍यो। ती सामानहरु अदालतमा रहन्छन्। निश्चित समय पुगेपछि त्यो सामान राख्ने ठाउँ हुँदैन। त्यसपछि त्यसलाई लिलाम गरिन्छ। यो मोबाइल त्यस्तै रहेछ।
ललितपुर जिल्ला अदालतले सर्वसाधारणका नाममा लिलामी सूचना जारी गरेपछि यो १५ रुपियाँवाला मोबाइलबारे हामीले थाहा पाएका थियौँ। यो बीचमा हामी साथीहरुबीच १५ रुपियाँको मोबाइलबारे निकै जोक बन्यो। उत्सुकताकै कारण पनि हामी ललितपुर जिल्ला अदालत पुग्यौँ।
सूचनामा भनिए अनुसार हामी असार ५ गते लिलामी हुने समय दिनको ३ बजेदेखि ५ बजेको बीचमै गएका थियौँ। तर त्यहाँ त्यस्तो लिलामी हुने ठाउँ केही देखेनौँ। अचम्म लाग्यो। सोधखोज गर्दा अदालतकै कर्मचारीहरुलाई थाहा रहेनछ। हो र, हाम्रो अदालतमा हैन होला- काठमाडौँको अदालतमा होला पो भन्छन् त।
पछि तहसिलदारसँग भेटेपछि बल्ल निश्चिन्त भइयो। लिलामी आजै हो तर आजै एक जना श्रीमान्‌को विदाइ कार्यक्रम भएकोले एक हप्ता सार्ने कि भन्ने कुरो भइराछ भने उनले। लिलाम सकार्न मान्छे आउने त कुरै छाडौँ, अदालतकै कर्मचारीहरुलाई समेत पत्तो रहेनछ त।
तहसिलदारसँग एकछिन कुरा गर्‍यौँ। उनले प्रहरी ल्याएका सामान अदालतमा राख्ने ठाउँ नहुने हुनाले निश्चित समयपछि मिल्ने सामानलाई लिलाम गरिने बताए। सिम कार्ड, नक्कली नोट, लागू पदार्थ जस्ता सामानलाई नष्ट गरिने र मिल्ने सामानहरुलाई भने लिलामी प्रक्रियामा लगिने उनले बताए। लिलामीका लागि मूल्य निर्धारण गर्न विज्ञहरुसहितको एक समिति नै बन्दो रहेछ।
अनि यस्तो लिलामीको सूचना पत्रिकामा चाहिँ किन नछाप्नुभएको त ? हाम्रो प्रश्नको जवाफ तहसिलदार देवकुमार श्रेष्ठले यसरी दिए- हाम्रो बजेटै छैन। सित्तैमा छाप्नुहुन्छ भने छापिदिनुस् तपाईँहरुको पत्रिकाले।
उनले काम लाग्ने सामानहरु नहुने कुरामा जोड दिँदै थिए। भए पनि एक पटक हेरौँ न भन्ने हामीलाई लागिरहेको थियो। विशेषगरी ल्यापटप र मोबाइलमा हाम्रो चासो थियो। उनले एक जना कर्मचारीलाई भनेर सामान देखाउन पठाए। मोटरसाइकल र गाडी मात्रै रहेछ त्यहाँ। चोरीका मोटरसाइकलहरु रहेछन्। राम्रा राम्रा मोटरसाइकल पनि रहेछन्। लिलामीमा सकारिएका गाडीहरुको दर्ता बागमती, गण्डकी र लुम्बिनी तीन ठाउँमा नहुने रैछ। फोटो खिच्न खोजेका थियौँ र तर अदालत परिसरमा केही पनि फोटो खिच्न नपाइने रहेछ। ल्यापटप र मोबाइल भने हेर्न पाएनौँ। माथि छ, अहिले विदाइ कार्यक्रम भएकोले भोलि आउनु न, उस्तै परे तपाईँहरु नै सकारेर लैजानुस् न के भो र भने उनले। त्यो माथिको माथि नै रह्यो, हामीले हेर्न पाएनौँ।
लौ त नि भनेर हिँड्यौँ भोलि आउने भन्दै हामी। १५ रुपियाँमा मोबाइल पाए कामै नलाग्ने भए पनि बच्चाबच्चीहरुलाई खेल्न दिन पनि हुन्छ भनेर हामी बाटो भरी गफ गर्दै थियौँ। तर भोलिपल्ट त्यता जाने साइत जुरेन। लिलामी एक हप्ताका लागि सारिएको थियो। १५ रुपियाँ पर्ने मोबाइल कस्तो हुन्छ भनेर थाहा पाउन चाहनु हुन्छ भने ललितपुर जिल्ला अदालतमा सम्पर्क राख्न सक्नुहुन्छ।
adalat
उता, भक्तपुर जिल्ला अदालतले पनि १० हजारमा पल्सर र ६ हजारमा आरएक्स लिलामीको सूचना निकालेको छ। यो लिलामीको बोलपत्र चाहिँ असार २३ गतेसम्म किन्न पाइने रैछ।
bhaktpur
साभार ; माई sana
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis