CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अपराधी समातिन थाले, अब विस्तारै थाहा पाउनु हुनेछ

अपराधी समातिन थाले, अब विस्तारै थाहा पाउनु हुनेछ

khilaraj-regmi
१९ वैशाख, काठमाडौं । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दण्डहीनतालाई वर्तमान सरकारले सहन नसक्ने बताउनुभएको छ ।
एम्नेस्टी इन्टरनेसनल नेपालको प्रतिनिधिमण्डलसँग बिहीबार आफ्नै कार्यकक्षमा कुरागर्दै अध्यक्ष रेग्मीले भन्नुभयो-’दोषीलाई कानुनी दायराभित्र ल्याउनका लागि
गृहमन्त्रीदेखि सबै निकायलाई भनेको छु । दोषीले उन्मुक्ति पाउने कुराको कल्पनै नगरे हुन्छ ।’
‘कहिंबाट दवाव आएमा मलाई भन्नुस् भनेको छु’, रेग्मीले भन्नुभयो-’यो सरकारको काम चुनाव गराउने हो । जुन विरासत लिएर आएका छौं त्यसले गर्दा एकै पटक काम नदेखिएको हुन सक्छ तर, विस्तारै सुधार भइरहेको छ ।’ उहाँले अपराधमा संलग्नहरु समातिन थालेको भन्दै केही भएको अनुभूति विस्तारै हुने बताउनुभयो । एकै क्षणमा ‘रामराज्य’ संभव नभएको उल्लेख गर्दै उहाँले विस्तारै सुधार हुँदै जाने बताउनुभयो ।
अध्यक्ष रेग्मीले राजनीतिले ‘ट्रयाक’ लिन नसकेकै कारण मुलुकमा तमाम समश्या बढेको उल्लेख गर्दै राजनीतिलाई ‘ट्रयाक’मा ल्याउनका लागि सरकारले चुनावलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले केही भएन भनेर आलोचना मात्रै गर्ने गरिएको प्रसंगमा असन्तुष्टि जनाउँदै भन्नुभयो-’केही भएन भनेर आलोचना गर्ने गरेर मात्रै भएन । के गर्नुपर्यो भनेर सुझाव सहित आउनु पर्यो ।’
भेटमा एम्नेस्ष्टी इन्टरनेसनल नेपालका अध्यक्ष शम्भु ठाकुरले मुलुकमा व्याप्त दण्डहीनताको अन्त्य तथा आप्रवासी श्रमिकको हक अधिकार संरक्षण गर्न आग्रह गर्दै दुई अलग-अलग ज्ञापनपत्र बुझाउनुभएको थियो ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis