राई र घिमिरे दंग परेर मुलुक फर्किएका छन्।
'हाम्रो बेलायत टुर अत्यन्तै सफल भयो,' माग्ने र तक्मे दुवैले एकसाथ भने- 'सम्भवतः बेलायत वा अन्य कुनै मुलुकमा नेपाली कलाकारले यति धेरै कार्यक्रम गरेको यो पहिलो टुर हुनुपर्छ।' कार्यक्रममा उनीहरूले छुट्टाछुट्टै स्टयान्डअप कमेडी तथा संयुक्त प्रहसन गरेका थिए। आयोजक सुमन अधिकारीका अनुसार उनीहरू पूर्वनिर्धारित १९ स्थानका कार्यक्रमका लागि आएका थिए, तर दर्शकको मागका कारण २७ वटा कार्यक्रममा सहभागी भए। तक्मेले यो टुरका क्रममा आफूलाई गायकका रूपमा पनि प्रस्तुत गरे। बेलायत टुरकै क्रममा विल्सन अभिनीत चलचित्र रिदमको च्यारिटी शो पनि सम्पन्न गरिएको थियो। त्यसो त उनी रिदम प्रदर्शनकै लागि इजरायल पनि गएका थिए।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !