वितरक, निर्माता एवं हलवाला नरेन्द्र महर्जन भन्छन्- ‘दशैंमा जस्तो तिहारमा फिल्म चलेनन् । तर, व्यापार निराशको भने छैन । हलमा फिल्म हेर्न आउने दर्शकको
संख्या उल्लेख्य छ ।’ नेपाली फिल्मको व्यापारमा ऋतिक रोशनको कृष ३ बाधक बन्यो । कृषले नेपालबाट एक करोड माथिको व्यापार गरिरहंदा नेपाली फिल्मलाई भने ४० लाखको लगानी रिकभर गर्न धौ-धौ भएको छ ।
मोफसल वितरक विक्रम पराजुलीले विन्दास २ को व्यापार निराशको नरहको बताए । उनले तिहारको ३ दिन फिल्मले उत्साहको व्यापार गरेको समेत जनाए । राजु गिरी निर्देशित फिल्मले लगानी रिकभर गर्न अड्कल गरिएको छ । फिल्ममा जीवन लुइटेल, सुष्मा कार्की लगायतको अभिनय छ ।
यता मधुमासका निर्माता बाबुराम दाहालले नेपाल रिलिजबाट फिल्मको लगानी रिकभर हुने आशा व्यक्त गरेका छन् । फिल्मले सोचे अनुरुपको व्यापार गर्न नसकेपनि तिहारमा उत्साहको व्यापार गरेको जानकारी दिदैं निर्माता दाहालले ओभरसिजको व्यापार नाफामा काउन्ट हुने बताए ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !