CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » भागे एनसेलका तीन उच्च कर्मचारी

भागे एनसेलका तीन उच्च कर्मचारी

mainकाठमाडौँ : अर्बौँको कर विवादमा फसेको एनसेलका तीन उच्च कर्मचारी सडक मार्गबाट भारत हुँदै आफ्नो देशतर्फ गएका छन्। स्वीडेनको टेलिया कम्पनी (पुरानो नाम टेलियासोनेरा) बाट नियुक्त तत्कालीन सिइओ एरिम टेलान्लार, चिफ फाइनान्स अफिसर (सिएफओ) क्यारोलिना बुगाइयान र टेक्निकल डिपार्टमेन्टका उप
निर्देशक (सिटिओ) नेस्रिन सेरिम सडक मार्गबाट केही दिन अघि भारत पुगेको स्रोतले दावी गर्‍यो।
 
एनसेल खरिद बिक्रीबारे जानकारी दिने मात्र होइन, आफ्नो व्यक्तिगत ट्याक्स फाइलसमेत नगरेका तत्कालीन सिइओ एरिम टेलान्लारलाई कर कार्यालयले नेपाल बाहिर जान रोक लगाउन आग्रह गरेको थियो। पत्रमार्फत सरकारले एरिमलाई कर कार्यालयमा उपस्थित हुन भनेपछि एरिम, बुगाइयान र सेरिमले पनि नेपाल छाडेका हुन्।
main 
ठूला करदाताको कार्यालयले एरिमलाई दुई पटकसम्म पत्र लेखेर कर बुझाउनु पर्ने जिम्मेवारी नेपालको ऐन अनुसार उनी नै भएको भन्दै कार्यालयमा उपस्थित हुन पत्र काटेको थियो। तर स्विडेनस्थित टेलिया हेडक्वार्टरले भने उनीहरुलाई नेपालको कर कार्यालयसँग कुनै पनि संवादमा नरहन सचेत गराएको थियो।
 एरिमलाई करले लेखेको पहिलो पत्रमा तीन दिन भित्र कर कार्यालयमा हाजिर हुन निर्देशन दिइएको थियो।
 त्यसको जवाफ एनसेलले फर्काउँदै एरिमले राजिनामा दिएको र उनी एनसेलको कर्मचारी नभएको जानकारी करलाई दिएको थियो। त्यसलगत्तै राजिनामा दिए पनि आयकर ऐनअनुसार छ महिनासम्म कर बुझाउने दायित्व एरिममा हुने भन्दै करले फेरि अर्को पत्र लेखेको थियो।
 
सँगै करले विमानस्थलको अध्यागमन विभागलाई एरिममाथि नजर राख्न आग्रह गरेको थियो। करसँग भएको पासपोर्ट नम्बरअनुसार उनी विमानस्थलबाट बाहिर नगएको सूचना पाएपछि करले एरिमलाई हाजिर गराउन प्रहरीलाई पत्राचार गराउने तयारी गरिरहेको थियो।
 
करले लेखेको दोस्रो पत्रको जवाफमा एनसेलले एरिम नेपालमा नभएको जानकारी दिएको छ। स्रोतका अनुसार अहिले एनसेलसँग एरिमको अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्सबाहेक केही पनि छैन। उनी बस्दै आएको महाराजगन्जस्थित निवास पनि हालै मात्रै खाली गरिएको छ। टेलिया नियुक्त उच्च पदका कर्मचारीहरु मात्र होइन, अरु पनि पुराना कर्मचारी विभिन्न माध्यमबाट फिर्ता लाने काम रोकिएको छैन।
 
स्रोतका अनुसार यो सबका पछाडि टेलियाका विश्वासिला पात्र तथा हाल एनसेलका मानव संशाधन विभागका निर्देशक मिथाट ओरलको महत्वपूर्ण भूमिका देखिएको छ। उनी हाल नेपाल मै रही एनसेल र यसलाई खरिद गर्ने नयाँ मलेसियन कम्पनी एक्जियटाबीच भएको सम्झौता मिलाउन लागिपरेका छन्।
 
कर विवाद कै कारण एक्जियटाले आफूले विक्रम संवतको नयाँ वर्षदेखि एनसेलको स्वामित्व सम्हालेको घोषणा गरे पनि रिब्रान्डिङ गर्न सकेको छैन। एनसेलले अझै पनि टेलियाकै लोगो आफ्नो प्रचार सामाग्रीमा राखिरहेको छ जबकि नयाँ वर्षको दिन एक्जियटाले एनसेलको होमपेजमै नयाँ वर्ष नयाँ युग भन्दै आफ्नो लोगोसहितको प्रचार सामाग्री राखेको थियो।
 ठूला करदाता कार्यालयले एनसेललाई कर विवरणसहित कर तिर्न वैशाख २५ गतेसम्मको म्याद दिएको छ। तर टेलियाले यो बीच दुई वटा विज्ञप्ति जारी गर्दै नेपालमा कारोबार नभएको हुनाले कर तिर्नुनपर्ने जिकिर गर्दै आएको छ। उसले आफूले जवाफ नलेखी नर्वेको कम्पनीमार्फत नेपालको कर कार्यालयलाई जवाफ दिएको थियो।
 जबकि २१ डिसेम्बरमा एनसेल बिक्रीको जानकारी दिँदै टेलियासोनेराका सिइओ जोन डेनिल्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका थिए। उनले लेखेका थिए, 'अहिले, म तपाईँलाई हाम्रो होल्डिङ कम्पनी एनसेल मलेसियाको एक्जियटालाई बिकीका लागि गरेको समझदारीका विषयमा जानकारी दिन चाहन्छु।' 
 यस विषयमा जानकारी पाउन प्रक्रिया अघि बढाइरहेकै बेला टेलिया नियुक्त एनसेलका उच्च पदाधिकारीहरु कानुन अनुसार उपस्थित नभई भागेका हुन्।
साभार : पहिलो पोस्ट
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis