CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » एमबीबीएस प्रकरणमा लहरो तान्दा पहरो गर्जियो गोल्डेन गेटपछि नेम र अर्बिट तानिए, भाइब्रेन्ट पनि संलग्न

एमबीबीएस प्रकरणमा लहरो तान्दा पहरो गर्जियो गोल्डेन गेटपछि नेम र अर्बिट तानिए, भाइब्रेन्ट पनि संलग्न

Mbbs-exam 4
२२ मंसिर, काठमाडौं । एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र किनबेच प्रकरणमा थप केही शैक्षिक संस्थाका सञ्चालकको संलग्नता देखिएको छ ।
गोल्डेन गेट कलेजको परीक्षा केन्द्रबाट पक्राउ परेका अभियुक्तहरुसँगको प्रारम्भिक बयानपछि अख्तियारले
प्रश्नपत्र किनबेच प्रकरणमा ठूलो गिरोहको संलग्नता पत्ता लगाएको हो ।
स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा एमबीबीएस प्रवेश परीक्षाको तयारी कक्षा चलाउँदै आएका नेम, भाइब्रेन्ट र अर्बिट इन्टरनेशनलका सञ्चालकहरु अख्तियारको अनुसन्धानमा तानिएका छन् ।
भाइब्रेन्टका सञ्चालक डा. सुनिल शर्मा नोबल मेडिकल कलेजका सञ्चालकसमेत हुन् । उनले भाइब्रेन्टको जिम्मा अहिले दाजु केपी शर्मालाई दिएको स्रोतले जनाएको छ ।
Mbbs-exam 4
त्यस्तै नेमका सञ्चालक डा. नविन शर्मा हुन् । शर्मा विगतका वर्षहरुमा पनि प्रश्नपत्र किनबेचको सेटिङमा संलग्न रहेको अख्तियारका अधिकारीको दाबी छ ।
अर्बिटका सञ्चालक उद्वव केसी घरजग्गा व्यवसायमा डुबेपछि अहिले विदेशमा छन् । अर्बिटका सुनिल रेग्मीलाई एक विवादस्पद मेडिकल कलेजमा भर्ना गरिदिने भनेर विद्यार्थीहरुसँग पैसा असुलेको आरोप लागेकाे छ ।
अख्तियारको टोलीले नेम र अर्बिटमा छापा मारेर केही शंकास्पद कागजपत्र जफत गरेको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए । ‘अनुसन्धानलाई प्रभाव नपरोस भनेर सबै विवरण गोप्य राखिएको छ’ उनले भने ।
स्रोतका अनुसार यी संस्थाका सञ्चालकले आफूकहाँ प्रवेश परीक्षाको तयारीका लागि आउने विद्यार्थी र प्रश्नपत्र बेच्ने गिरोहबीच सेटिङ मिलाउन बिचौलियाको भूमिका निर्वाह गरेको पाइएको हो ।
‘नेम, भाइब्रेन्ट र अर्बिट इन्टरनेशनलका सञ्चालकहरुको यो धन्दा निकै वर्षदेखि चलिरहेको हो’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘यसमा ठूलो गिरोह छ, अख्तियारले लहरो तान्दा पहरो गर्जिन थालेको छ’ ।
साभार : अनलाईन खबर 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis