CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बिगबीकी दीपिकु र सेन्सेसनल सुस्मिता

बिगबीकी दीपिकु र सेन्सेसनल सुस्मिता

बलिउडका बिगबी अर्थात् महानायक अमिताभ बच्चन र ग्लामरस नायिका दीपिका पादुकोणबीच नयाँ सम्बन्ध स्थापित भएको छ । मायाले अमिताभले दीपिकालाई 'दीपिकु' भन्ने गरेका छन् भने दीपिकाले उनलाई 'बाबा' भनेर सम्बोधन गर्छिन् । चलचित्र 'पिकु' को छायांकनका क्रममा यी दुईबीच गहिरो सम्बन्ध स्थापित भएको बताइन्छ । चलचित्रको छायांकनका क्रममा दीपिकाले बाबा भनेर सम्बोधन गरेपछि इरफान खानलगायत युनिटका अन्य सदस्यले पनि बिगबीलाई बाबा भन्न थालेका छन् । रोचक कुरा त के भने स्वयं अमिताभ पनि दीपिकाको मुखबाट बाबा सम्बोधन नै सुन्न
रुचाउँछन् । यही क्रममा उनले दीपिकाको निक नेम दीपिकु राखिदिएका हुन् । दीपिकु भनेर अमिताभले मात्र सम्बोधन गर्न पाउने नियम पनि तय भैसकेको छ ।


सेन्सेसनल सुस्मिता

सेक्सी, सेन्सेसनल, बोल्ड, डेयरिङजस्ता विशेषण पूर्व मिस युनिभर्स सुस्मिता सेनका लागि खर्च गरिन्छ, तर उनको चम्किलो करियर पछिल्लो समयमा सुस्ताएको छ । फिल्मी करियरमा अग्रसर नभए पनि सुस्मिता फेसन वल्र्डमा भने सक्रिय छिन् । देश-विदेशमा आयोजना हुने फेसन शोहरूमा सुस्मिताको राम्रो माग छ । हालै कोलकाताको एक फेसन टुरका क्रममा यी आकर्षक सुन्दरीले र्‍याम्प शोका बारेमा आफ्ना केही अनुभूति सेयर गरिन् । हाल बंगाली चलचित्र निर्वाकमा नायिकाका रूपमा काम गरिरहेकी सेनले भनिन्- 'फेसन शो मेरो जीवनको अभिन्न पक्ष हो । मिस युनिभर्सदेखि अहिले टुरका शो-स्टपरसम्मको करियरमा मैले आफूलाई र्‍याम्पकी क्विनका रूपमा प्रस्तुत गरिरहेकी हुन्छु ।' र्‍याम्पमा हिँड्नुपूर्व सुरुदेखि अहिलेसम्म पनि खुट्टा काँप्ने अनुभव सुनाउँदै सुस्मिता भन्छिन्- करियरको सुरुवातमा आमाले रिसाउँदै भन्नुहुन्थ्यो, तँबाट मोडलिङ हुँदैन, यो काम छोडिदे, तर जब म र्‍याम्पमा पाइला चाल्न थाल्छु त्यसपछि अटोमेटिक मेरो बडी ल्याङ्वेज परिवर्तन हुन्छ ।' 

साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis