एकीकृत नेकपा (माओवादी) को भातृसंगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) का उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा 'सागर' मुख्यतः दुई कारणले चर्चामा रहे- एक, एमालेका युवा नेता गोकर्ण बिष्टलाई संविधान सभाको चुनावमा पराजित गरेकाले। दुई, पछिल्लो समय बेरोजगार युवा संघ खोलेकाले। सागरले नागरिकसँग कुरा गर्दै बेरोजगारका लागि रोजगारी दिलाउने र मुलुकमा आर्थिक क्रान्तिको तयारी गर्ने दाबी गरे। उनीसँग नागरिकका स्वरूप आचार्य रबसन्त बस्नेतले गरेको कुराकानी
योजना, विचार र संगठन ठूलो कुरा हो। दृष्टिकोण ठीक हुनुपर्यो। त्यो भयो भने पैसा कुनै ठूलो कुरा होइन। २०३६ सालमा नेपाली काँग्रेसले सुरु गरेको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन, माओवादीले सुरु गरेको जनमुक्ति आन्दोलन र २०६२/६३ को जनआन्दोलन धेरै पैसा भएर सुरु गरिएको थिएन। त्यो एउटा विचारको आन्दोलन थियो। यदि त्यसमा पैसाको कुरा आउँथ्यो भने त्यो सम्भव हुन्न थियो।
तपाईंको संघमा अहिले कस्ता युवा आबद्ध छन्?
स्वतन्त्र विचारधारा भएका साथीहरूलाई हामीले समेटेका छौँ। राजनीतिक क्रान्ति सम्पन्न भयो, अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्नेलाई समेटेका छौं। अब पार्टीहरूलाई पनि आर्थिक क्रान्ति गर्ने बाटोमा डोर्याउनुपर्छ र राज्यको नीति पनि आर्थिक क्रान्ति गर्ने हुनुपर्छ भन्ने लागेका युवाहरू छन्।
युवा संघका नेता युवा नहुने, विद्यार्थी संघका नेता विद्यार्थी नहुने, किसान संघका नेता किसान नहुने, मजदुर संघका नेता मजदुर नहुने। त्यस्तै बेरोजगार संघका नेता पनि त बेरोजगार छैनन् होला?अहिलेको अवस्थामा त हामी बेरोजगार नै छौँ। तर हामी बेरोजगार छौँ कि छैनौँ भन्दा पनि हाम्रो दृष्टिकोणमा नेपालमा भएका बेरोजगार युवालाई नेपालमै रोजगार दिनुपर्छ र आर्थिक क्रान्ति हुनुपर्छ भन्ने युवालाई हामीले हाम्रो संघमा स्थान दिएका छौँ। बेरोजगार संघमार्फत् हामीले नयाँ राजनीति, नयाँ विचार सुरु गर्न खोजिरहेका छौँ।
खासै ठूलो उपलब्धि नगरी सभासदको जिम्मेवारी सकिएका कारण राजनीति गर्ने नयाँ विषयको खोजी गर्नुभएको त हैन?
अहिले तपाईंले आरोप लगाउँदैमा म हनुमानले जस्तो छाती चिरेर देखाउन सक्दिन। यो त मेरो व्यवहार र कामले पुष्टि गर्दै लाने कुरा हो।
तपाईंको पार्टीको उपाध्यक्षले नेतृत्व गर्नुभएको सरकारले एक वर्ष पूरा गर्यो। तपाईंले आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा बरोजगारलाई रोजगार दिने काम कति गर्नुभयो त?
भर्खरै बेरोजगार युवा संघ खोल्नुभएको छ। के गर्न लाग्नुभएको हो?
बेरोजगार युवा संघमार्फत् हामीले सरकार र सबै पार्टीलाई मुलुकमा आर्थिक क्रान्ति गर्न दबाब दिन खोजेका हौँ। त्यो दबाब सृजना गर्न हाम्रो नारा 'आर्थिक क्रान्तिको पूर्वाधार, बेरोजगार युवालाई रोजगार' रहेको छ। त्यो सँगसँगै हाम्रो अर्को नारा भनेको 'बेरोजगार युवालाई रोजगार देउ, नभए बेरोजगार भत्ता देउ' हो। अर्को नारा, 'कि माम देउ, कि काम देउ' हो। ९५ लाख बेरोजगार युवाको साझा मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्छ भन्ने कुरा उठाउँदै हामी अघि बढिरहेका छौँ।
बेरोजगारको संस्था चलाउन पनि पैसा त चाहिँदो हो। पैसाको जोहो कसरी हुन्छ?

हामीले डेढ महिनाअगाडि प्रधानमन्त्री बाबुराम भट्टराईकै उपस्थितिमा काठमाडौँको कमलादीमा ठूलो कार्यक्रम आयोजना गर्यौँ। त्यो युवाहरूको प्रश्न प्रधानमन्त्रीको जवाफ दिने कार्यक्रम थियो। हामीले सरकारसँग यस्तो किसिमबाट ठूलो बहस चलाइरहेका छौँ।
प्रधानमन्त्री बाबुराम भट्टराईको नारा साढे सात लाख युवालाई रोजगारी दिन्छु भन्ने थियो। किन पाएनन् भनेर सोध्नुभएन?

उहाँको आफ्नै तर्क छ। एक त सोचेजस्तो गर्न सकिनँ भन्ने पनि छ। अर्को गर्न दिएनन् भन्ने छ। हामीले भन्यौँ- त्यो कुरा हामीलाई सुनाउनेभन्दा पनि जसले गर्न दिएनन्, तिनलाई गर्न दिने बनाउनुपर्यो। जसरी भए पनि तपाईंले गर्नुपर्छ। हाम्रो जवाफ यही हो। माओवादीलाई युवाहरूले अत्याधिक मन किन पराए त? किनभने युवाको समस्या हल गर्न यो पार्टी सक्षम छ भन्ने आशाले गर्दा हो। युवाको मुख्य समस्या रोजगारी नै हो। सबै युवा जम्मा परेर शान्ति र संविधान पाँच वर्षपछि बन्छ, अनिमात्र तिमीहरूले जागिर पाउँछौ भन्यो भने उनीहरूले संविधान जहिले बनाउने हो बनाउनूस् तर अहिले हामीलाई जागिर दिनूस् भन्छन्। यस्तो छ बेरोजगारको पीडा।
सभासद भएर संविधान बनाउन गएको मान्छेले संविधान भन्दा प्रमुख कुरा रोजगारी हो भन्न सुहाउँछ?
हो, मैले नियमले त नसुहाउने हो तर, व्यवहारले सुहाउने भएको छ। किनभने मसँग मेरा क्षेत्रका जति मान्छे सम्पर्कमा आइरहेका छन्, ९९ प्रतिशतले जागीर मागीरहेका छन्। उनीहरूलाई संविधानको भन्दा आफ्नो रोजीरोटीको चासो छ।

के भनेर फर्काउनुहुन्छ त तिनीहरूलाई?
राजनीति गर्न थालेपछि ढाँट्न एकदम सिपालु भइएको छ।

तपाईं पनि ढाँट्नुहुन्छ?
ढाँट्न बाध्य छु तर कति दिन ढाँट्ने? राजनीतिक क्रान्ति सफल भएको छैन। त्यो सफल नभई आर्थिक क्रान्ति सफल हुन्न। आर्थिक क्रान्ति नभई तिमीहरूले जागिर पाउँदैनौँ भन्ने तर्क अबका युवाले पत्याउन छोडिसके।
तपाईं माओवादीको नेता, वाइसिएल इन्चार्ज, सभासद भएको मान्छेले सबै जिम्मेवारीमा रहँदारहदै स्वतन्त्र संगठन खोल्न व्यावहारिकरूपले मिल्छ?

यो चुनौतीपूर्ण छ। यो प्रयोग हो। अझ भनौँ पहिलो प्रयोग हो। हामीले सर्वदलीय हैन, सर्वपक्षीय भनिरहेका छौँ। मुलुकमा परिवर्तन ल्याउन आर्थिक क्रान्ति जरुरी छ। त्यसका लागि सबै तप्काका मानिस सामेल हुन अत्यन्तै जरुरी छ।
तपाईं स्वतन्त्र, सर्वपक्षीय भन्नुहुन्छ। तपाईं नै माओवादीको केन्द्रीय सदस्य हुनुहुन्छ?
त्यो भन्ने हो भने त भोट नै नहालेको नेपाली खोज्नुपर्छ। म एउटा साझा मान्छे हुँ भनेर पुष्टि गर्न लागिपरेको छु। यदि त्यो गर्न सकिएन भने यो संघ एउटा पार्टीको मात्र हुने खतरा छ।
भित्तामात्रै रंगाउने कि दबाबमूलक कार्यक्रम पनि ल्याउने?
दबाबमूलक कार्यक्रम पनि छ। भदौ २५/२६ गतेदेखि बेरोजगार युवाहरूको घरघरमा, कोठाकोठामा, चोकचोकमा, सडकसडकमा अन्तरक्रिया कार्यक्रम गर्ने भनेर सोचिरहेका छौँ। भेटघाट अभिायान पनि चलाउँदै छौँ। त्योसँगै हस्ताक्षर अभियान पनि सुरु गर्दैछौँ। हामी विशेष गरेर तिहारपछि शान्तिपूर्ण आन्दोलन गर्ने तयारी गर्दैछौँ। हाम्रो आन्दोलन कुनै पनि पार्टीको व्यक्तिलाई सरकारमा पुर्याउने वा सरकारबाट फ्याँक्ने भन्ने हुँदैन। हाम्रो आन्दोलनको मुख्य लक्ष्य भनेको बेरोजगार युवाहरूलाई रोजगारको ग्यारेन्टी हुनुपर्छ भन्नेमै सीमित रहन्छ।
तपाईं प्रचण्डको भनेर चिनिनुहुन्छ। युवाका समस्याबारे प्रचण्डसँग कुरा हुन्छ?
कुरा हुन्छ। उहाँ यो मामिलामा एकदमै गम्भीर हुनुहुन्छ। अस्ति भर्खरै सम्पन्न सातौँ विस्तारित बैठकमा अध्यक्ष प्रचण्डकै निर्देशनमा लड्ने साथीहरूले प्रचण्ड मुर्दावाद भन्ने नारा लगाए। त्यो नारा किन लगाए भनेर गम्भीर छलफल भयो। त्यसो हुनुमा मेरो तर्क थियो- 'प्रचण्ड तिमी ८४ व्यञ्जन खाऊ तर हामीलाई दुई छाक दाल, भात, तरकारी खाने व्यवस्था मिलाइदेउ, तिमी महलमै बस तर हामीलाई घरको भाडा तिर्ने व्यवस्था मिलाइदेउ।' त्यही नभएर उनीहरूले त्यो असन्तुष्टि व्यक्त गरेका थिए। अहिले मोओवादीभित्र यो विषयलाई लिएर गम्भीर छलफल र बहस हुन थालेको छ।
गाउँका युवा र शहरका युवाको चाहना र आवश्यकता फरकफरक हुन्छन्। तपाईंको संघले यी दुवैलाई कसरी सम्बोधन गर्ने योजना बनाएको छ?
पहिलो कृषिलाई व्यावसायीकरण गर्नु नै हुन्छ। सरकारले मल किन्दा छुट दिन्छ तर भँैसी किन्दा दिँदैन। भैँसी पाल्यो भने दूध, मल, पछि छाला र हड्डीसम्म पनि बिक्री हुन्छ। यस्तोमा छुट दिँदैन। रासायनिक मलमा भने दिन्छ, जसको प्रयोग हरेक वर्ष एक तिहाईले बढाउँदै लानुपर्छ। योजना नै गलत छ, नीतिमा समस्या छ।
यो सँगसँगै हामी विद्युतीकरणमा जानुपर्छ। अध्ययन/अनुसन्धानमा कसैले ८३ हजार मेगावाट विद्युत् उत्पादन हुन सक्छ भन्छन्। कतिले ४३ हजार भन्छन्। हामीले अहिले हजार मेगावाट पनि निकाल्न सकेका छैनौँ। त्यो निकाल्नुपर्यो। अनि कलकारखाना सञ्चालनमा आउँछन्। त्यसपछि औद्योगिकीकरण हुन्छ।
तपाईंलाई यति धेरै कुरा थाहा रहेछ। तपार्इं आफैँ पनि नीति नियम बनाउने ठाउँमा पुग्नुभयो। के गर्नुभयो त खै?
हामी राजनीतिक क्रान्तिबाट यो ठाउँमा आएका हौँ। सबै नेताले आ-आफ्नो ठाउँबाट योगदान दिनुभएको छ। हामीले धन्यवाद दिनैपर्छ। तर राजनीति क्रान्ति गर्दैमा देश विकास हुँदैन। आर्थिक क्रान्ति जरुरी छ भन्ने हामीले अहिले बु‰न थालेका छौँ। त्यो नीति नियम बनाउने ठाउँमा पुगेपछि मलाई व्यक्तिगतरुपमा के लाग्यो भने 'हामीले देशमा अझै एउटा आन्दोलन त गर्न बाँकी रहेछ, त्यो हो आर्थिक क्रान्तिको आन्दोलन।' उदाहरणका लागि कुनै लगानीकर्ताले १ मेगावाट विद्युत् निकाल्न १५ करोड लगानी गर्न तयार भएर साइटमा जान्छ भने उसलाई गाउँका मान्छेले सडक, बिजुली, अस्पताल, शिक्षा सबैमा लगानी गर्न भन्छन् र छिर्नै दिदैँनन्। त्यो राज्यको नीति होइन। तर, राज्यले ती संरचना वा पूर्वाधारको निर्माण नगरिदिएकाले उनीहरूले व्यापारीबाट आश गर्छन्। यस्तो छ स्थिति।
माओवादीको प्रभाव त्यही ठाउँमा बढी देखियो जुन ठाउँका युवा बेरोजगार थिए। माओवादीले दुई पटक सरकारको नेतृत्व नै गर्यो। तर युवाहरूको बेरोजगारी समस्या समाधान गर्न सकेन। अहिले फेरि युवाहरूलाई भुलाउन बेरोजगार संघ खोल्नुभएको त होइन ?

माओवादीले मात्र होइन, राजनीतिक दलले युवाहरूलाई बेरोजगार बनाउने काममात्र गरिरहेका छन्। हामीले गास, बास कपासको ग्यारेन्टी गर्छौँ, सबैलाई डिग्रीका सर्टिफिकेट दिन्छौँ भनेका थियौँ। तर सत्तामा पुगेपछि त्यो गर्न सकेनोँ। किनकि त्यो गर्नै मिल्दैन रहेछ। अब हामीलाई के लागेको छ भने हामीले युद्धका बेलामा दिएका वचन पूरा गर्ने एकमात्र माध्यम भनेकै आर्थिक क्रान्ति हो।
तपाईं जुन समुदायका लागि राजनीति गर्दै हुनुहुन्छ। त्यो समुदायको ठूलो संख्या काम गर्नका लागि खाडी मुलुक जान्छ। तिनीहरूलाई कसरी संगठित गर्ने?

पहिलो कुरा आज नेपाली युवाको पहिचान के हो? यसमा हामी स्पष्ट हुन जरुरी छ। नेपाली युवाको पहिचान के हो र ऊ कसरी खाडी पुग्छ, त्यो बुझ्न जरुरी छ। ऊ ९० हजारदेखि एक लाख रुपियाँ ऋण गर्छ र बीस हजार रुपियाँ कमाउन ४५ डिग्रीमाथिको तातोमा भेडा चराउन अरब जान्छ। ऊ तीन वर्षपछि फर्केर आउँदा, उसको श्रीमती बच्चा पढाउने निहुँमा शहर पसिसकेकी हुन्छे। वृद्ध बाबु आमा गाउँमा एक्लै छट्पटिरहेका हुन्छन्। उसको जवानी अरबको तातो रापले खाइसकेको हुन्छ। ऊ जति उत्साहित भएर विदेशिएको हुन्छ, फर्केर आउँदा त्यति नै निराश हुन्छ। यो स्थिति अन्त तबमात्र सम्भव छ, जब त्यो युवा पसिना बागाउन अरब जानुपर्दैन। गाउँमै बसेर वा आफ्नै देशमा काम गर्ने वातावरण निर्माण हुन्छ। त्यसका लागि स्रोत साधनको उचित व्यवस्थापन हुन जरुरी छ।
तपाईं माओवादी पार्टीमा दत्तचित्त भएर लागि रहनुभएको छ। काठमाडौँमा बस्नुहुन्छ। उपत्यकाको जिम्मेवारी छ। परिवारको लालनपालन कसरी गरिरहनुभएको छ?

मेरी श्रीमतीको जागिर छ। सभासद हुँदाको केही सञ्चिति छ। त्यसैले चलाइरहेका छौँ। सभासद नहुँदा पार्टीमा जुन लेबी सिस्टम हुन्थ्यो, त्यसैबाट गुजारा गरिन्थ्यो।
पार्टीले पैसा दिन्छ?अहिले दिँदैन। कमिटी-कमिटीमा लेबी बुझाउनुपर्छ। जसमध्ये ४० प्रतिशत पार्टीलाई बुझाउनुपर्छ भने ६० प्रतिशत कमिटीका सदस्यहरूले खर्च गर्ने भन्ने छ।

तपाईं त वाइसीएलको नेता। केही समयअघि वाइसिएलले तहल्का मच्चायो। किन अहिले सुनसान?
यसमा दुई तीनवटा विषय छन्। जुन बेला वाइसिएलले आफ्ना गतिविधि सञ्चालनमा ल्यायो, त्यो बेलाको परिस्थिति त्यस्तै थियो। अहिलेको परिस्थितिमा परिवर्तन आएको छ। अहिले तरुण दल, युवा संघ वा माओवादीकै युवा संगठन भनेको बेरोजगारहरूको संघ हो।
भनेपछि वाइसीएल सुस्तायो?
संगठनको रुपमा त सुस्ताएकै हो। वाइसीएललाई बीचमा हामीले स्थगित गरेर स्वयंसेवक ब्युरो बनायौँ। वाइसिएललाई देशभित्र र बाहिरबाट विभिन्न प्रकारका आरोप लगाइयो। यो खारेज नभए राजनीतिक सहमति हुन्न पनि भनियो। त्यसैले केही समय मौन बसेकै हो। अब फेरि वाइसिएललाई सशक्तरुपमा अगाडि लाने भन्ने निर्णय पार्टीले गरेको छ।
चुनाव आउन लागेकाले फेरि सशक्त हुन लाग्या हो कि?
अब चुनावका लागिमात्र भनेर युवा परिचालन गर्न सकिन्छ भन्ने भ्रम कुनै पार्टीलाई छ जस्तो मलाई लाग्दैन। आजका युवा धेरै सचेत भइसके। अब ऊ पार्टीको नेताका लागि हैन, आफ्नै लागि आवाज उठाउँछ।
मोहन वैद्य समूहको माओवादीले वाइसीएल खडा गरेर, त्यसलाई अर्धसैन्य संरचनाको रूपमा विकसित गर्यो भने मुठभेड गर्नुहुन्छ?वाइसीएलका रुपमा एउटा नीति होला तर बेरोजगार युवा संघको रुपमा भने हामी सबै दलका युवा संघ, संगठनसँग मिलेर जान्छोँ। किनभने हामी विकसित भनाउँदा देशबाट हेपिएको दबिएको हामी पुड्का, नेप्टा वा थेप्चा भएर हैनोँ। हामीकहाँ प्रशस्त स्रोत साधन हुँदाहुँदै प्रयोग गर्न नसकेर ठगिएका हौं। हामीलाई सबैले हुत्तिहारा ठानेका हुन्। त्यो परिवर्तन गर्न सबै युवा एक हुनुपर्छ। हामी युवा-युवा लडेर भिडेर केही हुँदैन।
तपाईं पहिला वाइसिएलको नेता बनेर तहल्का मच्चाउनुभएको थियो, अब बेरोजगार युवा संघको नेताका रुपमा तहलका मच्चाउने सुर कस्नुभएको हो?तहल्कै त म भन्दिन। तर, मलाई के लागेको छ भने अब मेरो बाँकी जीवन मैले देशलाई आर्थिक समृद्धि दिलाउन खर्चिन्छु। अब त्यो तहल्का हुन्छ कि हुन्न? भविष्यले बताउला।
माओवादी पार्टीको अब हुन लागेको महाधिवेशनमा केन्द्रीय सदस्यको उमेदवारी दिनुहुन्छ ?
त्यो मैले सोचिसकेको छैन। बेरोजगार संघ गठन भएको अवस्थामा पार्टीमा यसबारे पनि बहस होला। मलाई के/कसरी जिम्मेवारी दिने/नदिने भन्ने टुंगो लाग्ला। अनि म त्यसैअनुरुप निर्णय लिन्छु।
माओवादी पार्टीमा चरम भ्रष्टाचार भयो भनेर यति धेरै कुरा सुनिएका छन्। युवा नेताहरू पनि भ्रष्ट हुँदै गएका छन् भनेर सबैतिर चर्चा सुनिन्छ। यस्तो अवस्थाबीच युवा आन्दोलनलाई कसरी अगाडि बढाउने?पार्टीभित्र भ्रष्टाचार हुनुको मुख्य कारण बेरोजगारी नै हो। अरु केही पनि हैन। प्रधानमन्त्रीको, मन्त्रीको, सभासदको तलब आउँछ। तर कुनै पार्टीको वरिष्ठ नेता भएर त सरकारले तलब दिन्न। उनीहरूले कसरी खर्च धान्छन् त? स्पष्ट छ- अदृश्य स्रोत परिचालन गरेर। त्यो भ्रष्टाचारकै एक प्रकार त हो नि। यो सबै पार्टीको हकमा हो। काँग्रेस, एमाले, माओेवादी, मधेसी सबैमा।
तपाईं सभासद हुँदा अदृश्य स्रोतबाट अफर आएन?

सभासदको के हैसियत हुन्छ र आउनु? ६०१ जना सभासदमध्येको एक न हुँ। हाम्रो काम भनेको त हाजिर गर्नेमात्र थियो।
तपाईंले पनि हाजिरमात्र गर्नुभयो?
काम गर्न पाएको भए त संविधान बनिहाल्थ्यो नि।
अब के तपाईं पनि जागिर खोज्नुहुन्छ त?
खोज्नैपर्छ। नत्र गाउँबाट चामल, मकै मगाउनुपर्छ। मलाई खान पुग्ने पैतृक सम्पत्ति त छ नभए मैले पनि अदृश्य स्रोत परिचालन गर्नुपर्छ।
तपाईंको लागि राजनीति भनेको के हो?
मेरो लागि समृद्धि र सुशासन नै राजनीति हो।
राजनीति तपाईंको चाहना हो कि पेशा?
अवश्यकता हो। यदि मैले राजनीति गरिन र मेरो धारणा आम जनतामा लगिन भने यो देशमा आर्थिक क्रान्ति हुन अझ धेरै समय लाग्न सक्छ भन्ने मेरो मान्यता हो।
माओवादी नै किन हुनुभयो?
यो बहसको विषय छ। म पहिला एमाले थिएँ। एमालेभन्दा माओवादीले जनताको आवश्यकता पूरा गर्छ जस्तो लागेर माओवादी बनेँ। अब के लाग्न थालेको छ भने यदि आर्थिक क्रान्ति गरिएन भने हामी सबै यही ठाउँमै रहन्छौँ।
भनेपछि नयाँ शक्ति, नयाँ सिद्धान्त अवश्यक देख्नुहुन्छ?
त्यो त विकासक्रमको निरन्तरता हो।

साभार : नागरिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !