CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बागबजारमा यौनसम्पर्क बन्देज

बागबजारमा यौनसम्पर्क बन्देज


नेपाल गेस्टहाउस व्यवसायी सङ्घद्वारा गत आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा विशेषगरी बागबजार क्षेत्रमा यौनजन्य क्रियाकलाप बढेकाले त्यसलाई न्यूनीकरण गर्दै समाप्त पार्न भन्दै सातबुँदे आचारसंहिता ल्याइएको छ। अब गेस्टहाउसमा बसाउनुअघि हरेक पाहुनाको फोन नम्बरसहित स्पष्ट परिचय खुल्ने गरी नाम दर्ता गराउनुपर्ने, यौन विकृतिमा लागेका तथा लागूऔषधका दुर्व्यसनी, टोलक्षेत्रमा आतङ्क मच्चाउने जो–कोहीलाई भाडामा कोठा उपलब्ध नगराउने आचारसंहितामा उल्लेख गरिएको छ। यस्तै, विद्यालय र कलेजको पोसाकमा आउने युवालाई कोठा उपलब्ध नगराउने, होटलमा आउने पाहुनालाई उनीहरूले पालना गर्नुपर्ने नियम बुँदागत रूपमा सूचनापाटीमा लेखी सम्झाउने, आफूले गरेको पेसाप्रति आफैंलाई गर्व महसुस हुने वातावरण सिर्जना गराउने पनि आचारसंहितामा निर्धारण उल्लेख गरिएको छ। आचारसंहितामा सुरक्षा निकायबाट हुने जाँचलाई सहयोग पुर्‍याउने र समय–समयमा हुने आपराधिक घटनालाई ध्यानमा राखी कुन प्रहरी अधिकृत आएर जाँच गरेको हो जाँच गरेको हस्ताक्षर गराउने र व्यवसायीले आचारसंहिताको पूर्ण रूपमा पालना गर्नुपर्नेलगायतका बुँदाहरू उल्लेख गरिएको छ।  
बागबजारकै बद्नाम हुने क्रियाकलाप बढ्न थालेको भन्दै सचेत स्थानीयले सुरु गरेको समाज सुधारको यस प्रयासलाई कतिपयले चाहिँ गरिखान नदिने प्रयास भन्दै आपत्ति जनाएका छन्।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis