आज म हजुर हरु सामु एउटा Admin भएको नाता र बिशेष गरी मेरो ब्यक्तिगत ( स्मिका को ) तर्फबाट एउटा सानो गुनासो लाई लिएर उपस्थिती भएकी छु त्यो भन्दा पहिले केही कुरा हरु बारे अलिकती ज्ञान लिइ हालौ है त ! १)
like यस्को अर्थ के होला ? २) हामी comment किन गर्छौ ?
जब कुनै कुरा हरु अती नै राम्रा छन , मन मुटु माझ सजिन सफल हुन्छन र हामी लाई त्यो साह्रै मन पर्छ तब न like गर्छौ हैन र अनी मनमा लागेका कुरा हरु लाई ब्यक्त गर्छौ यानी कि comment गर्छौ । तर मैले यहाँ अथवा यो link मा आबद्द कतीपय मित्रहरु ले दर्द्नाक , दु:ख , पिडा , भयानक , सामाजिक अनेकन ब्रिक्रिती मुलक समाचार , यौन शोषण , अपराध मुलक खबर आदी इत्यादी खबरहरु मा पनि like गरेको भेटे । like को मतलब मन पर्नु , यस अर्थ मा बुझ्दा के यस्ता सामाजिक बिसङ्गती र बिक्रिती मुलक समाचार हरु मन परेर नै पक्कै like गरेका हुन त ? जस्तै उदाहरण को लागि कतै मानिस भिर बाट लडेर मृत्यु को खबर छ , कही ठाउँ मा बाबुले छोरी माथि बलात्कार गरेको खबर हरु हुन्छन , कुनै बस को दुर्घट्ना मा परेर मृत्यु को खबर हरु हुन्छन तर त्यसता समाचार मा सहानुभुती मुलक प्रतिकृया , बिरोधी प्रतिकृया को अलावा like गरीरहेको हुन्छ । त्यसैले मित्र हरु like को अर्थ नै नबुझी हतास मा कुनै पनि कुरामा like गर्ने नगरौ है यो मेरो सानो अनुनय बिनय लाई हजुर हरु माझ मा बिसाएको मात्र हो यसमा अन्यथा नलीनु होला है । कसैको मन मा कुनै चोट जानी नजानी र मान सम्मान मा आच पुर्याएमा क्षमा याचना को भागीदार रहनेछु । धन्यवाद र जादा जादै यहाँहरुको बाँकी पल सुखमय , खुशीयाली साथ बितुन यही कामना !!
(स्मिका ) from facebook

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !