मानिसको जीवनमा पूर्वकिशोर-किशोरी अवस्थादेखि नै यौनिकताको विकास हुन थाल्छ। शारीरिक, संवेगात्मक वा मनोवैज्ञानिक परिपक्वताका कारण उनीहरूमा विपरीत लिङ्गप्रति आकर्षण बढ्छ। यो उमेर जिज्ञासु र चञ्चल हुने हुनाले यौनसम्बन्धी कौतुहलता बढ्नुका साथै प्रयोग गर्ने र अनुभव गर्ने प्रवल अभिलाषा बढ्छ। यस्तो क्रियाकलाप प्रायः गरेर किशोरीहरूमा भन्दा किशोरहरूमा अलिक खुला रूपमा देखिन्छ, जसका कारण यस्तो अवस्थामा आफ्ना अबयवहरूलाई नियन्त्रण गर्न र उपयुक्त निर्णय गर्न असक्षम युवाहरूले विवाहपूर्व किशोर-किशोरी अवस्थामै यौनसम्पर्क राख्न सक्छन्।
विकसित तथा पश्चिमी मुलुकहरूमा प्रायः युवा-युवतीले विवाहपूर्व नै यौनिक क्रियाकलाप र यौनसम्पर्कको अनुभव संगालिसकेका हुन्छन् भने हाम्रो जस्तो परम्परागत समाजमा थोरैले मात्र लुकीछिपी यसको अनुभव गरेको पाइन्छ। विवाहपूर्वको यौनसम्पर्कले क्षणिक आनन्द र अनुभव दिए पनि यसको परिणाम दुःखदायी हुन सक्छ। नेपालको परिप्रेक्ष्यमा विवाहपूर्व यौनसम्पर्क राख्नु कानुनी तथा सामाजिक मूल्य-मान्यताविपरीत मानिन्छ, तर पनि बढ्दो सहरीकरण एक्लो बसाइ तथा सूचना प्रविधिको प्रभाव आदिका कारण विवाहपूर्व यौनसम्पर्क राख्ने किशोर-किशोरीह रूको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदैछ। शिक्षा तथा सचेतताको अभाव, यौनका सम्बन्भमा तीव्र कौतुहलताका कारण यो अवस्थामा राखिने यौनसम्बन्ध असुरक्षित हुन सक्छ। फलस्वरूप अनिच्छित गर्भ रहने, गर्भपतन गराउनुपर्ने, किशोरी अवस्थामा आमा बन्न बाध्य हुनुपर्ने, आमा र शिशुको ज्यान जोखिममा पर्ने तथा विभिन्न प्राणघातक रोग लाग्ने डर हुन सक्छ।
हाम्रो समाजमा विवाह नगरेकी महिला गर्भवती हुँदा नकारात्मक र हेयको दृष्टिकोणले हेरिन्छ र समयमै विवाह हुन नसके समस्या उत्पन्न हुन्छ। विवाहपूर्व अवस्थामा विशेष गरी किशोर अवस्थामा यौनसम्पर्क असुरक्षित हुन्छ, जसबाट गर्भवती भै कम उमेरमै विवाह गर्नुपर्ने वा गभर् पतन गराउन बाध्य हुनुपर्ने हुनसक्छ।
विवाहपूर्व किशोर-किशोरीमा प्रेमसम्बन्ध हुनु कुनै नौलो कुरा होइन, तर प्रेम गरिसकेपछि विवाह नगरी यौनिक क्रियाकलापमा संलग्न हुनुपर्छ भन्ने युवाहरूको मानसिकतामा परिवर्तन हुनुपर्छ। किशोर वा किशोरी अथवा प्रेमी वा पे्रमिकाले आफूलाई यौनप्रस्ताव राखे 'नाइँ' भन्ने संस्क ृतिको विकास गर्नु आवश्यक छ, साथै यसबाट हुने प्रतिकूल असरप्रति सचेत हुन सक्नुपर्छ। यदि दुवै जनाको यौन सम्पर्क राख्ने इच्छा भए समझदारी कायम गरेर परिपक्व अवस्थामा सुरक्षित र सुमधुर यौनसम्पर्क गर्नु नै बुद्धिमानी हुनेछ।
चन्द्रमणि बराल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !