केपी ढुंगाना, काठमाडौं, भदौ १६ -कोटेश्वरको एक घरमा रहेको कोठामा गोप्य सामग्री रहेको सूचनाका आधारमा पुगेको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीले ८६ वटा पासपोर्टसहित वन्यजन्तुका अंग र पुरातात्विक सामग्रीको भण्डार फेला पारेका छन्।
ठगी अभियोगमा पक्राउ परेका मनोजबहादुर सिंहको गोप्य कोठामा शुक्रबार पुगेका सिआइबीका अधिकारीले राणाकालीन र शाही दरबारको सजावटमा प्रयोग गरिने वन्यजन्तुका आकर्षक अंग, मूर्ति, पुरातात्विक तरबार, चुप्पी लगायत सामग्री फेला परेको हो।
पूर्व राजपरिवारको नाममा ठगी गर्दै आएका उनको कोठाबाट प्रहरीले प्रहरीको भर्ना, नियुक्तिपत्र, तत्कालीन राजदरबार सचिवालयको छाप लगायत नक्कली सामग्रीसमेत बरामद गरेको छ।
वैदेशिक रोजगारीमा पठाउने र सेना तथा प्रहरीमा भर्नाको प्रलोभन दिएर ठगी गरेको अभियोगमा तीन दिनअघि सिआइबीद्वारा पक्राउ परेका उनी अनुसन्धान क्रममा ठगीका नयाँ नटवरलाल देखिएका छन्।
सुरुमा साढे पाँच करोड ठगी गरेको देखिएका उनको पक्राउसँगै ठगी रकम र ठगिनेको संख्यासमेत बढ्दैछ। सिआइबी अधिकारीका अनुसार हालसम्म उनको फन्दामा करिब चार सय जना परेको र उनीहरूबाट १० करोड ठगी गरेको देखिएको छ।
'अहिलेसम्मको अनुसन्धानबाट सिंह ठगीमा सक्रिय नयाँ नटवरलाल नै देखिए,' केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख उपेन्द्रकान्त अर्यालले नागरिकसँग भने, 'प्रारम्भमा जे सोचेर पक्राउ गरेका थियौं, अनुसन्धान गर्दै जाँदा त्योभन्दा ठूलो ठग देखिए।'
ठगीसूत्र
ब्युरोको प्रारम्भिक अनुसन्धानमा उनले प्रलोभनमा पारेर पाँच करोड २३ लाख रकम ठगी गरेको खुलेको थियो। सिंहले दरबारका उच्चपदस्थ अधिकारीसँग राम्रो सम्बन्ध रहेको भन्दै विदेशमा रोजगारीका लागि जान चाहने युवा र सरकारी तहमा जागिर खाने प्रयासमा रहेका युवालाई प्रभावमा पारेर रकम असुल्ने गरेका थिए।
ब्युरोले शुक्रबारसम्म पाएको सिंहको ठगी विवरण अनुसार बेलायत पठाइदिन्छु भन्दै उनले २२ जनासँग प्रतिव्यक्ति ४ देखि आठ लाखसम्म लिएका छन्। नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर ३२ जनासँग प्रतिव्यक्ति ५० हजारदेखि ८० हजारसम्म लिएका छन्। नेपाली सेनामा जागिर लाइदिन्छु भन्दै उनले १२ जनासँग प्रतिव्यक्ति ५० हजारदेखि ३ लाखसम्म असुलेको विवरण ब्युरोले फेला पारेको छ।
बेलायतको नक्कली भिसा दिएर कुलदेव चौधरीसँग पाँच लाख असुल्नुका साथै उनले अन्य १६ जनासँग पाँचदेखि १२ लाखसम्म लिएको तथ्य ब्युरोले फेला पारेको छ।
तुलसी चौधरीसँग बेलायतका लागि भन्दै २४ लाख रकम लिएको खुलेको छ। जर्जिया पठाउने प्रलोभन देखाएर मानबहादुर राईमार्फत अन्य दुई युवासँग उनले ११ लाख लिएका थिए। मीनबहादुर कार्की र सुनिल कार्कीसहित २० जनालाई बेलायत पठाइदिने भन्दै उनले एक करोड ५१ लाख असुले। राजकिशोर महतोसहित १५ जनालाई प्रहरी प्रहरी जवान पदमा जागिर लगाइदिन्छु भन्दै ३५ लाख र राष्ट्रिय अनुसन्धान विभागमा काम लगाइदिन्छु भन्दै ६ जनासँग प्रहरी निरीक्षक पदका लागि भन्दै ३६ लाख प्रहरी सहायक निरीक्षक पदका लागि भन्दै २० लाख असुलेको विवरण ब्युरोले फेला पारेको छ। नेपाल प्रहरीको प्रहरी जवानकै लागि भनी खड्क चौधरी लगायतसँग ६ जनासँगबाट १२ लाख रकम असुलेको विवरण खुलेको छ।
नायक भुवन केसीकी पूर्व पत्नी सुस्मिता केसीमार्फत उनले १० लाख ठगी गरेको अनुसन्धानमा देखिएको सिआइबी अधिकारीले बताए।
उनले युवालाई उच्चतहका सरकारी अधिकारी र दरबारका अधिकारी आफ्नो सम्पर्कमा रहेको विश्वास दिलाउन तत्कालीन राजदरबार सचिवालयको नाममै कार्यक्रमको निमन्त्रणापत्र पठाउने, दरबार, उच्चतहका सरकारी अधिकारी, सेना र प्रहरीका उच्चपदस्थ व्यक्तिलाई पार्टी दिई रकम असुलेकालाई समेत सहभागी गराउने गरेको अनुसन्धानमा खुलेको छ।
उनले बिदेसिने र जागिर पाउने आशामा आफ्नो सम्पर्कमा आएकालाई विश्वासमा पार्न सहयोगीमध्ये कसैलाई बडीगार्ड त कसैलाई सैनिक उच्च अधिकृत बनाउने गरेका थिए।
ठगीका लागि तत्कालीन राजदरबारको निजी सचिवालय र पूर्व राजपरिवारका सदस्यको नामसमेत प्रयोग गर्ने गरेको खुले पनि राजदरबारका सदस्यसँग उनको सम्पर्क भने खुल्न सकेको छैन। 'उसले आफ्नो सम्पर्कमा आएकालाई प्रभाव पार्न जस्तोसुकै हत्कन्डा अपनाउने गरेको खुलेको छ,' डिआइजी अर्यालले भने, 'ठूला होटलमा उच्चपदस्त अधिकारीसहितको प्राइभेट पार्टी आयोजना गरी आफ्नो चंगुलमा परेकालाई बोलाएर विश्वास दिलाएर रकम असुल्थे।'
वन्यजन्तु र मूर्तिका कारोबारी
शुक्रबार बरामद ८६ थान पासपोर्ट, वन्यजन्तुको अंग र पुरातात्विक मूर्ति र हतियारका आधारमा सिंह पुरातात्विक सामग्री खरिदबिक्रीमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहका सदस्यसमेत रहेको आशंका प्रहरीको छ।
सिंह पक्राउ पर्दा नै उनको साथबाट तीन पासपोर्ट, रिभल्बर आकारको लाइटर, सुरक्षाकर्मीले प्रयोग गर्ने चार्जर, कालो रङको सञ्चार वाकिटकी फेला पारेको थियो।
ब्युरोका डिएसपी जगदिश पोखरेलका अनुसार शुक्रबार उनको गोप्य डेराबाट विभिन्न देशको नक्कली भिसा लागेको पासपोर्टसँगै प्रहरीमा नियुक्तिका कार्ड, पूर्व महाराजाधिराज सचिवालय निर्मल निवास लगायत ६ वटा छाप, दुई वटा पुरातात्विक देखिने तरबार, १० वटा चक्कु, चाबुक, गणेश, शिव लगायत पित्तलको मूर्ति, दुई वटा जरायोको पूर्ण शरीर, २ वटा टाउको, चितुवा र ततुवाको छालासमेत फेला परेको छ।
डिएसपी पोखरेलले प्रारम्भमा ठगी अभियोगमा ल्याइए पनि अब उनीमाथि किर्ते र वन्यजन्तुको समेत मुद्दा लगाउने तयारी गरिएको बताए। बरामद तरबार मूर्ति पुरातत्व विभागबाट परीक्षण गराइने र पुरातात्विक रहेको पुष्टि भए त्यसमा समेत कारबाही गरिने उनले बताए।

को हुन् मनोज
४० वर्षे मनोजको स्थायी ठेगाना वीरगन्ज, पर्सा वडा नम्बर १५ भए पनि उनी ललितपुर इमाडोलमा बस्दै आएका थिए। विभिन्न व्यक्तिलाई विदेश पठाउने, सरकारीस्तरको विभिन्न तहको जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम ठगी गरेको सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले गत मंगलबार उनलाई इमाडोलबाट पक्रेको थियो।
मनोज राजसभा स्थायी समितिका सदस्य हिमालयनबहादुर सिंहका छोरा हुन्। बाबुको दरबारसँगको सम्पर्कलाई दुरुपयोग गर्दै ठगी गर्न थालेपछि उनलाई परिवारले ६० सालमा छुट्याइदिएको थियो।
सहज रूपमा पैसा कमाउन उनले आफूलाई दरबारनिकट व्यक्तिका रूपमा परिचय गराउँथे। सहयोगीमाझ उनको परिचय राजासापको थियो।
अन्यलाई प्रभावमा पार्न उनी मन्दिर दर्शन गर्न जाँदा दान दिने, मन्दिर वरिपरि माग्न बसेकालाई पैसा बाँड्थे। तर, उनको चंगुलमा उनकै सहयोगीसमेत फसेका देखिए।
प्रहरीले उनका सहयोगी अजय महर्जन, सरोज महर्जन र जेपी कुमाललाई नियन्त्रणमा लिए पनि उनीहरू नै ठगिएको खुलेको छ। उनले अजयबाट ६६ लाख, सरोजबाट ४ लाख र जेपीबाट समेत चार लाख लिएको खुलेको छ।
उनको सम्पर्कमा रहेका तीन जना जर्नेलको नाम खुलेको छ। उच्च तहका प्रहरी अधिकृतसमेत उनको नियमित सम्पर्कमा रहेको देखिएको छ।

सौ: नागरिक ,
photo courtesy: online khabar
photo courtesy: online khabar
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !