CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » गोरखा सैनिकले कुकुर खाने भाजपा नेताको आरोप

गोरखा सैनिकले कुकुर खाने भाजपा नेताको आरोप

indian-pepar
२५ चैत, काठमाडौं । भारतीय जनता पार्टीका हिमाचल प्रदेशका विधायक रविन्दरसिंह रविले भारतमा कार्यरत् गोर्खा सैनिकहरुले बाँदर र भतुवा कुकुर खाने गरेको बताएपछि भारतीय मूलका नेपाली आक्रोशित बनेका छन् ।
हिमाचल प्रदेशको सिमलामा बिहीबार राज्य विधानसभाको अधिवेशन चलिरहेकै बेला भाजपा विधायक तथा पूर्व सिंचाइँ तथा जनस्वास्थ्य मन्त्री रविले यस्तो आरोप
लगाएका हुन् । राज्यमा बाँदर र भतुवा कुकुरहरुको रगरगी
बढेको हुनाले त्यसलाई रोक्नु गोर्खा रेजिमेन्टलाई खटाउनुपर्ने रविको भनाइ भारतीय पत्रिकाहरुले छापेका छन् ।
भारतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका हिमालय दर्पणले विधायक रविको भनाइ उल्लेख गर्दै आइतबारको अंकमा लेखेको छ-’बाँदर र कुकुर गोर्खाहरुको पि्रय खाद्य हो, यसैले गोर्खा रेजिमेन्टलाई समय समयमा राज्यमा तैनाथ गरिए बाँदर र भतुवा कुकुरहरुको संख्यामा कमी आएर पर्यावरण सन्तुलन पनि कायम रहने छ ।’
पत्रिकाका अनुसार राज्यमा बाँदर, भतुवा कुकुर र सुँगुर (दुम्सी वा बँदेल ?) ले सताएको हुँदा त्यसबाट बच्ने उपायबारे विधानसभामा छलफल हुँदा भाजपा नेता रविले गोर्खालीलाई अपमानित गर्ने गरी यस्तो सुझाव अघि सारेका हुन् । रविको भनाइ द इण्डियन एक्सप्रेसले शनिबार आफ्नो दिल्ली संस्करणमा छैठौं पृष्ठमा प्रकाशित गरेको थियो भने आइतबार यसलाई सिक्किमबाट प्रकाशित नेपाली पत्रिकाले आफ्नो प्रमुख समाचार बनाएको छ ।
कालो कुकुर गोर्खालीको प्रिय खाना हो : रवि
विहीबार त्यहाँको सदनमा छाडा जनावरको समस्या र समाधानका उपायबारे बहस भएको थियो । सो बहसमा भाग लिँदै रविले भनेका थिए- ‘उच्च न्यायालयले बाँदरहरु मार्न प्रतिबन्ध लगाएपछि राज्य सरकारसँग जनावरको बन्ध्याकरण गर्नुबाहेक विकल्प छैन । राज्यको सिमला, सोलन, सिरमौर बिलासपुर, हमिरपुर, उना, मण्डी र काँगडामा बाँदरहरुले खेतमा पसेर अन्नबाली नष्ट गर्ने क्रम जारी राखेकाले केही कृषकहरुले खेती गर्नसमेत छाडेका छन् ।’ स्रोत अनुसार सदनसमक्ष भाजपा नेता रविको सुझाव थियो-’यदि गोर्खा र नागा रेजिमेन्टलाई कम्तिमा ३ वार्ष्का लागि राज्यमा तैनाथ गरिए धेरै समस्याहरुको समाधान हुने छ । किनभने कालो कुकुर पनि गोर्खाहरुको पि्रय खाना हो ।’
भारतीय पत्रिकाले जनाएअनुसार सदनमा रविले भने-’विगतका काँगडा जिल्लाको पालमपुर शहर नजिक होल्टामा तीन वार्ष्को निम्ति गोर्खा रेजिमेन्ट तैनाथ गरिएको अवधिमा बाँदरहरुको संख्यामा महत्वपूर्ण कमी देखिएको थियो ।’ उनले गोर्खा र नागालाई खटाउन रक्षा मन्त्रालयसँग आग्रह गर्नुपर्नेसमेत सदनमा बताएका थिए ।
भारतीय गोर्खाली आक्रोशित
रविको भनाइ बाहिर आएपछि भारतीय गोर्खा परिसंघलगायतले रविको भनाइप्रति चर्को विरोध जनाएका छन् । गोर्खा-नेपालीहरुकै मत पाएर सांसद निर्वाचित भएका भाजपाका बरिष्ठ नेता जशवन्त सिंह दार्जीलिङ पहाड भ्रमणमा रहेकै अवधिमा हिमाचल प्रदेशको सदनमा भाजपाका नेताले त्यस्तो अभिव्यिक्त दिएको भन्दै पसिरसंघले शनिबार नै वक्तव्य जारी गरी विरोध जनाएको भारतीय पत्रिकाले लेखेको छ ।
विज्ञप्तिमा रविलाई तत्काल कार्वाही गर्न भाजपाका केन्द्रीय अध्यक्ष राजनाथ सिंह, हिमाञ्चल भाजपा अध्यक्ष सतपाल सिंह र हिमाञ्चल विधानसभा अध्यक्ष बज्रबिहारीलाल बुटेलसँग माग गरिएको छ । रविले गोर्खा र नागाहरुसँग माफी माग्नुपर्ने भारतीयमूलका नेपालीहरुको माग छ । हिमाचलमा गतसालको चुनावपछि वीरभद्र सिंहको नेतृत्वमा कांग्रेस सरकारमा छ भने भाजपा त्यहाँको प्रमुख प्रतिपक्षी दल हो । साभार : अन्लाईन खबर


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis