सिंगापुरमा उनलाई चर्चित अस्पताल माउन्ट एलिजावेथ हस्पिटलमा भर्ना गरिएको थियो। उनका शरीरका अंगहरुले काम गर्न छाड्दै गएका थिए। 'उनी उपचारकै क्रममा शान्तरुपमा वितिन् भन्दा हामीलाई दुख लागेको छ,' अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. केल्भिन लोले भने, 'त्यतिखेर उनका परिवारका सदस्य र भारतीय नियोगका प्रतिनिधिहरु पनि उपस्थित हुनुहुन्थ्यो।' अस्पतलाले उनको निधनमा शोक व्यक्त गरेको छ।
भारतका प्रधानमन्त्री मनमोहन सिंहले उनको निधनप्रति दुख प्रकट गर्दै दोषीलाई कडाभन्दा कडा सजाँय हुने बताएका छन्। भारतका दिल्लीलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
उनको शवलाई आजै भारत ल्याइने बताइएको छ
Thanks
ReplyDeletewhat for ?
Delete