CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मोबाइल बोक्न प्रतिबन्ध

मोबाइल बोक्न प्रतिबन्ध


muslimराजस्थान (भारत), पुस २६ - राजस्थानका मुस्लिम पञ्चालयतले महिलाहरुलाई मोबाइल बोक्न प्रतिबन्ध लगाएको छ । पञ्चायतको निर्णय अनुसार महिला र किशोरीहरुले सार्वजनिक समारोहमा नाच्नसमेत पाउने छैनन् । भारतका बिभिन्न स्थानमा लगातार बलात्कारका घटना बढेकाले यस्तो निर्णय गरिएको हो ।
मुस्लिम समुदायका महिलाका लागि मात्र लागू हुने यस्तो निर्णयमा अनुसार उनीहरुले परिवारको इच्छाविपरीत कोही पुरुषसँग विवाह गर्न पाउँनै छैनन् । उनीहरुले आफ्नै समुदायका पुरुषसँग मात्र वैवाहित सम्बन्ध राख्नुपर्नेछ ।
भारतको जयपुरभन्दा ४०० किलोमिटर पूर्वको उदयपुर जिल्लाको अन्जुमान मुस्लिम पञ्चालयतले यस्तो निर्णय गरेको हो । निर्णय गत बिहीबार गरिएको हो ।
'मोबाइलका कारण किशोरी र महिलाहरु असुरक्षित बन्दै गएकाले उनीहरुलाई मोबाइल बोक्न र प्रयोग  गर्न प्रतिबन्ध लगाएका हौं', पञ्चालयतका सचिव हबिबुर रहमानले भने । भारतमा अन्य यस्तै केही पञ्चालयतले पनि महिलाहरुलाई मोबाइल बोक्न प्रतिबन्ध लगाएको छ ।
रहमानका अनुसार अब समुदायमा हुने कुनै पनि विवाह समारोहमा महिला र किशोरीहरुले गित गाउँन र नाच्न पाउँने छैनन् ।
कुनै महिला पुरुषसँग भागेर विवाह गरमा ५१ हजार जरिवाना गर्ने निर्णय समेत पञ्चालयतले गरेको छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis