CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » हिजो भ्यालेन्टाइनमा कन्डमको बिक्री डब्बल .. अनि भ्याइनभ्याई

हिजो भ्यालेन्टाइनमा कन्डमको बिक्री डब्बल .. अनि भ्याइनभ्याई


४ फागुन, काठमाण्डौं । प्रेम दिवसका रुपमा चिनिएको ‘भ्यालेन्टाइन डे’ का दिन गुलावको फूल उपहार सामग्री, कार्ड, चक्लेटलगायतको माघ बढ्नु नौलो होइन् । तर, यस बर्षको भ्यालेन्टाइन डेका दिन कन्डम र यौन उत्तेजना बढाउने औषधि भियग्राको समेत व्यापार ह्वात्तै बढेको पाइएको छ ।
अन्य दिनको तुलनामा भ्यालेन्टाइन डेमा कन्डमको बिक्री झन्डै
दुई गुणा र भियग्राको व्यापार झन्डै ४० प्रतिशतले बढेको औषधि व्यवसायीले बताएका छन् । न्यूरोड खिचापोखरीस्थित कन्डम हाउसका सञ्चालक युवराज न्यौपानेका अनुसार बिहीबार कन्डकको बिक्री दोब्बर बढेको छ । कन्डम हाउसमा अन्य दिनमा पाँच सयको हाराहारीमा बिक्री हुने कन्डमका प्याकेट यसदिन हजारभन्दा बढी बिक्री भएको न्यौपानेलाई उदृत गर्दै सौर्य दैनिकमा खबर छ ।
कन्डम खरिद गर्नेमा अधिकांश ३० बर्षसम्मका युवा रहेको र भियग्रा खरिद गर्नेमा ४० बर्षभन्दा माथिका अधबैंशे रहेको औषधि पसलेले जनाएका छन् ।
व्यापारीलाई भ्याइनभ्याई
प्रेम दिवसले युवायुवतीलाई मात्र छोएन । यो दिन व्यापारीहरु पनि उत्तिकै उत्साहित भए । प्रेम साटासाट मात्र नभई उपहार साटासाट गर्ने दिनको रुपमा पनि प्रणय दिवसलाई लिने गरिन्छ । प्रेमी जोडी प्रणय दिवसमा आफूले चाहेको मान्छेलाई मन परेको उपहार दिनका लागि धेरै समयदेखि प्रतीक्षामा रहन्छन् ।
नेपालमा प्रणय दिवस मनाउने प्रचलन धेरै पुरानो नभएपनि फेब्रुअरी १४ आउनुभन्दा एकसाता अगावैदेखि सहरका उपहार पसल राताम्मे भएका थिए । रातो रंगलाई मायाप्रेमको प्रतीकको रुपमा लिने गरिन्छ । समयको परिवर्तनसँगै उपहारको शैलीमा पनि आएको परिवर्तनले व्यापार व्यवसाय पनि फस्टाउको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रणय दिवसका अवसरमा प्रेमीहरुले विशेषगरी चकलेट, केक, रातो गुलाब, शुभकामना कार्डलगायतका उपहार दिने गर्छन् ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis