CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सलमानपछि रणवीर ?????

सलमानपछि रणवीर ?????

बलिउडलाई एउटा सुपरस्टारले मात्र पुग्दैन । यसलै होला, एउटा हिरो लामो समय सुपरस्टार बन्यो भने उपछि को होला भन्ने प्रश्न उठिहाल्छ । अमिताभ बच्चनले एकछत्र राज गरेको समयमा पनि उनीपछिको सुपरस्टार को भन्ने प्रश्न गरिन्थ्यो । अमिताभपछि शाहरुख खान, सलमान खान र आमिर खानले मिलेर सुपरस्टारडम कायम राखे । पछिल्ला केही वर्षमा सलमानले अरू दुई खानलाई उछिने । त्यसैले अहिले
बलिउडमा सलमानपछि को ? भन्ने प्रश्न गर्न थालिएको छ । 

यो प्रश्नको उत्तरमा धेरैले लिने नाम भने रणवीर कपुरको हुने गरेको छ । बिछट्टैको अभिनय प्रतिभा नभए पनि आपmनो स्टाइल र फिल्मले पाएका सफलताले सलमानलाई अहिले एकछत्र सुपरस्टार बनाइदिएको छ । तर रणवीरमा त फिल्म हिट गराउने मात्र होइन, अभिनयमा पनि कमाल गर्ने क्षमता छ । 

गत वर्ष बलिउडमा दिइएका प्रायः सबैजसो अवार्डमा रणवीरले उत्कृष्ट अभिनेताको अवार्ड पाए । 'रकस्टार' मा गरेको मुख्य भूमिकाका लागि उनले निकै प्रशंसा पाए । यो वर्ष उनको 'बर्फी' आयो । नेपाली मूलको दार्जिलिङको सुन्न, बोल्न नसक्ने युवाको भूमिकामा पनि उनले निकै प्रशंसा पाए । यो फिल्मले एक सय करोडको व्यापार पनि गर्‍यो । २०१३ को सुरुमै यसै साता दिइएको 'जी सिने अवार्ड' मा रणवीरले यो फिल्मबाट 'बेस्ट एक्टर' को क्रिटिक्स अवार्ड पाए । लोकपि्रय अवार्डका रूपमा गरिने यसमा सलमानले 'पपुलर बेस्ट एक्टर' अवार्ड पाए ।

केही वर्षअघिसम्म अवार्ड जति कि शाहरुख खानले जित्थे कि आमिर खान र अजय देवगनले । अहिले यी सबैलाई उछिनेर सलमानले पनि अवार्ड पाउन थालेका छन् । सायद, बक्स अफिसको सफलताले अवार्डलाई पनि प्रभावित पार्दोरहेछ । यो मामिलामा रणवीर सुरुदेखि नै फरक छन् । फिल्ममा आएदेखि उनले हरेक वर्ष अवार्डमात्र पाएका छैनन्, नयाँ नयाँ भूमिका र फरक फरक स्वादका फिल्म दिएर दर्शकलाई पनि अचम्ममा पार्ने गरेका छन् । केही महिनामा उनी 'दबंग' का निर्देशक अभिनव सिन्हाको फिल्म 'बेसरम' मा देखिँदैछन् भने त्यसको केही समयमा अभिनवका दाइ अनुराग कश्यपको फिल्म 'बम्बै भेल्भेट' मा मुम्बईको डन बन्नेछन् । त्यसपछि प्रसिद्ध गायक किशोर कुमारको भूमिकामा देखिनेछन् । जसरी सलमानले एकपछि अर्को फिल्ममा आफूलाई दोहोर्‍याइरहेका छन्, रणवीर यसबाट मुक्त छन् । बक्स अफिसमा पनि उनका फिल्मले राम्रो आम्दानी गरिरहेका छन् । यसैले रणवीरलाई 'नेक्स्ट सुपरस्टार' मान्न थालिएको छ । रणवीरसँगैका अरू हिरोहरूले कि त फिल्म नै कम खेलेका छन् कि ती चलेका छैनन् । इमरान खान, रणवीर सिंह, शाहिद कपुरजस्ता हिरोलाई रणवीर सफलता र लोकपि्रयता दुवैमा पछाडि छोडिसकेका छन् । 

सलमान र रणवीरसँग जोडिएको एउटा रोचक प्रसंग पनि छ । रणवीरको पहिलो फिल्म 'सावरिया' मा सलमान खानले पनि एउटा प्रमुख भूमिकामा अभिनय गरेका थिए । सलमानकी गर्लप|mेन्ड क्याटि्रना कैफले उनलाई छोडेर रणवीरसँग अफेयर गरेकी थिइन् । रणवीर र क्याटि्रनाको जोडी भएको हिट फिल्म 'अजब प्रेम कि गजब कहानी' मा सलमानले अतिथि भूमिकामा अभिनय गरेका थिए । 

यो वर्षको 'जी सिने अवार्ड' मा सय करोड कमाउने आठ वटा फिल्मका निर्देशकलाई पनि सम्मान गरियो । यो अवार्डबाट बलिउडले राम्राभन्दा पनि पैसा कमाउने फिल्मको खोजी गरिरहेको हो भन्ने थाहा हुन्छ । यस्ता फिल्मका लागि सलमान अहिले निर्विकल्प हिरो हुन् ।

सय करोडको बाढी सेलाएपछि फेरि एकपटक फिल्म उद्योग राम्रा फिल्मको खोजीमा निस्किनेछ, जसले व्यापार पनि गर्न सक्छन् । त्यस्ता फिल्मका लागि रणवीर उत्तम हिरो हुनेछन् । 'राजनीति' र 'रकस्टार' देखि 'बर्फी' सम्मका उनका फिल्म त्यसका उदाहरण हुन् ।















प्रकाशित मिति: २०६९ पुस २७ १०:११












-----हेल्लो शुक्र बार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis