ट्वीटरको भिडियो शेयरिङ एप्सलाई लिएर नयाँ विवाद सुरु भएको छ । पछिल्लो दिनमा ट्वीटरले भिडियो एप्स सुरु गरेको थियो । जसको माध्यमबाट प्रयोगकर्ताहरुले छोटो भिडियो क्लिप अपलोड गर्न सक्छन् ।
समाचारमा जनाइएअनुसार यो एप्स प्रयोग गर्दा आपत्तिजनक सामाग्री अपलोड गर्न नपाउने भनी प्रष्ट उल्लेख छैन । यद्यपी उक्त सामाग्रीलाई अनुचित भन्न एक बटम भने राखिएको छ ।
यो बटममा क्लिक गर्नुको अर्थ उक्त भिडियो समाग्री हटाएको भने हैन । ट्वीटरमा उक्त सामाग्रीसम्वन्धी चेतावनी आएपनि त्यस्तो भिडियो ट्वीटरमा रहिरहन्छ । फेसबुक र युट्युवमा भने यस्ता तस्वीर र भिडियोमाथि रिपोर्ट भएमा आबश्यक छानविनपछि हटाउने ब्यबस्था छ ।
