स्युचाटारस्थित
एलआरआई स्कूल अगाडी डोहोर्याएर ल्याउँदै गरेको राँगो अकास्मत फुत्किएर
भागेको थियो । मान्छेदेखेपछि आक्रमण गर्ने, हान्ने र खेती नष्ट गर्ने उक्त
राँगोलाई झन्डै पाँच किलोमिटर टाढा रामकोट पुगेपछि प्रहरीले गोली प्रहार
गरेको थियो । महानगरीय प्रहरी वृत्त कालीमाटी र स्युचाटार प्रहरी प्रभागबाट
अपरान्ह दुई बजेदेखि परिचालित प्रहरीले चारबजे राँगो मार्न सफल भएका थिए ।
रागाँले विध्वसं मच्चाउन थालेपछि
स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त राँगोलाई नियन्त्रणमा लिन २५ जना
प्रहरी परिचालन गरेको महानगरी प्रहरी परिसर हनुमानढोकाका एसएसपी रणबहादुर
चन्दलाई उदृत गर्दै अन्नपूर्ण पोष्टले खबर छापेको छ ।
