CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » उमेरमा किन लिङ्ग उत्तेजित हुँदैन ?

उमेरमा किन लिङ्ग उत्तेजित हुँदैन ?

उमेर बढ्दै जाँदा, युवावस्था सरह नै यौन क्रियाकलापलमा संलग्न हुन नसक्ने स्थिति आउन सक्छ। कतिपय व्यक्तिलाई असहज लागे पनि  पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो, तर अङ्ग-प्रत्यङ्गमा अनि त्यसको कार्य सम्पादनमा हुने  परिवर्तनहरूका बारेमा पर्याप्त जानकारी नहुँदा मानसिक रूपमा आफू तयार हुन नसकेको स्थिति रहन सक्छ। 

समयको गतिसँगै उमेर बढ्नु र त्यसका साथै शरीर अनि यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु एउटा सामान्य तथा निरन्तर भैरहने  प्रक्रिया हो। यसको प्रभाव हाम्रो
शरीरका सबै अङ्ग-प्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। यौनसम्बन्धी कुरामा पनि यस्तो हुने नै भयो, तर  यस विषयमा आवश्यक जानकारी राखेर आफूलाई तयार राखी ती परिवर्तनसँगै तालमेल मिलाए जीवनयापन गर्न सजिलो हुन्छ। 

कतिपय शारीरिक संरचना तथा अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छ, तर महिला तथा पुरुषमा  प्रजनन तथा यौनसम्बन्धी कुरामा शरीर संरचना तथा त्यसका कार्य प्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनको कुरा गर्दा पुरु ष तथा महिलाका प्रजनन तथा यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तनहरू हुन्छन्। महिलामा योनिरसमा कमी  आउने वा चरमसुखको स्थितिमा पुग्दा तीव्रता नहुने जस्ता कुरा देखिन सक्छन् भने पुरुषहरूमा लिङ्ग उत्तेजनामा कठिनाइ हुने जस्ता कुरा दे खिन्छन्। यसबाहेक कतिपय दीर्घरोग अनि त्यसको उपचार तथा अन्य समस्याको प्रभाव पनि यौन जीवनमा नकारात्मक रूपमा देखिन सक्छ।।

पुरुषमा के-कस्ता परिवर्तन हुन्छन् ? 

यौन सम्पर्क गर्दा गर्दै लिङ्गमा भएको उत्तेजना हराउन अर्थात शिथिल हुने क्रम बढ्न सक्छ। लिङ्ग उत्तेजित हुन धेरै समय तथा मेहनत लाग्ने  हुन सक्छ।

चरमसुखको स्थितिमा पुग्दा पहिले जस्तो वीर्य स्खलन नहुन सक्छ। वीर्य स्खलन नै नहुने वा थोरै हुने हुनसक्छ। पौरुष ग्रन्थि तथा अन्य  अवयवमा आएको परिवर्तनले यस्तो हुनसक्छ।

पहिलेको तुलनामा यौनचाहनाको तीव्रतामा कमी आउन सक्छ। पहिलेको तुलनामा एकपल्ट चरमसुख पाइसकेपछि फेरी लिङ्ग उत्तेजित हुन  लाग्ने समय बढी हुनसक्छ। 

लिङ्ग उत्तेजित गर्न, चरमसुखको चरणसम्म पुग्न बढी समय लाग्न सक्छ त्यसैले यौन सम्पर्कको समय बढ्न सक्छ। उजेजित नै भए पनि लिंग  युवा अवस्थाको तुलनामा जस्तो कडा नहुन सक्छ।

वीर्य स्खलन युवावस्थाको जस्तो वेस्सरी निस्कने नहुन सक्छ र वीर्यको मात्रा पनि कम हुनसक्छ।

महिलामा के-कस्ता परिवर्तन हुन्छन् ? 

योनि रस आउन केही बढी समय लाग्नसक्छ। योनि रसको मात्रा पहिलेको तुलनामा कम हुनसक्छ। यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगो ष्ठ तथा भगाङ्कुर कम फुल्न सक्छ।

चरमसुखको बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुनसक्छ।

महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जानसक्छन्। पाठेघर तथा पाठेघरको मुख सानो हुनसक्छ। कतिपय महिलामा  चरमसुख हुँदा पीडाको अनुभव हुनसक्छ।

महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौन चाहना पनि बढ्न सक्छ।

के गर्न सकिन्छ ? 

उमेर महत्त्वपूर्ण पक्ष भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाको उमेरका कतिपय व्यक्तिमा यौनसम्बन्धी कुरामा संलग्न नै हुनु हुँदैन  भन्ने पनि सोंच हुन सक्छ, त्यसलाई हटाउनुपर्छ।

खुला कुराकानीः दम्पतीबीच खुला र प्रभावकारी कुराकानी हुनुपर्छ ताकि कुनै असझदारी नहोस्। आफ्नो रुचिअनुसार आफ्नो यौन साथीलाई  के चाहन्छु वा के रुचाउँदिनँ भन्ने कुरा स्पष्ट रूपमा बताउनुपर्छ। 

चिप्लो पदार्थको प्रयोगः महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउन क्रम भए  पानी धुल्ने किसिमको चिप्लो पदार्थ (जस्तै कि एस्ट्रोग्लाईड) प्रयोग गर्न सकिन्छ। यसमा थूक एउटा राम्रो विकल्प हुनसक्छ।

नयाँ आसनको प्रयोगः एकैनासको आसन दिक्कलाग्दो हुन सक्छ। नयाँ यौन आसनहरूको प्रयोग एकदमै सहयोगी हुनसक्छ। त्यसो गर्न सके  आफूलाई उत्तेजक लाग्ने किसिमका क्रियाकलाप र वातावरण बनाउन सजिलो हुन्छ। पुरुष माथि र महिला तलको सट्टा कोल्टे परेर गरिने यौ नसम्पर्क कतिपय पाका व्यक्तिहरूका लागि लाभदायक सावित हुनसक्छ। नयाँ आसनमा अभ्यस्त नभएसम्म केही असजिलो लाग्न सक्छ, तर  बानी परेपछि यो सहज र रमाइलो हुन्छ। 

समयमा परिवर्तनः पाको उमेरमा बढी फुर्सद हुनसक्छ। यो सुनौलो अवसरलाई यौन जीवनलाई सुमधुर बनाउन उपयोग गर्न सकिन्छ।  रातिलाई नपर्खी पर्याप्त आराम पछि कुनै पनि समय यौन सम्पर्कका लागि रोज्न सकिन्छ। रातभरिको आरामपछि बिहानीपख यौनसम्पर्कमा  संलग्न हुनुले फाइदा नै पुर्‍याउन सक्छ। यस्तो बेलामा लिङ्ग राम्रोसँग उत्तेजित हुने सम्भावना बढी हुन्छ। 

कतिपय स्थितिमा अन्य स्वास्थ्य समस्या वा त्यसको उपचारका कारणले यौनजीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ। एलर्जी, रक्तचाप  तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीको नकारात्मक प्रभाव देखा पर्न सक्छ। कुनै त्यस्तो औषधी प्रयोग गर्नुभएको  छ भने चिकित्सकसँग छलफल गर्नुहोला।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis