CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्लेब्वाइ म्यागेजिनका वास्तविक प्लेब्वाइ

प्लेब्वाइ म्यागेजिनका वास्तविक प्लेब्वाइ



प्लेब्वाइ निकै चर्चित पत्रिका हो। ल्यामरको संसारमा यसको बेग्लै स्थान छ। यसको कभर पेजमा आउन संसारभरका मोडलहरू मरिहत्ते गर्छन्।  प्लेब्वाइ पत्रिकाका संस्थापक तथा चिफ क्रिएटिभ अफिसर ह्युग हेफनर पनि उत्तिकै रसिक छन्। खासगरी महिलाका मामिलामा उनी निकै नै  चर्चित छन्। 

नयाँ वर्ष सन् २०१३ को पूर्वसन्ध्या अर्थात न्यू इयर इभ उनका लागि महत्वपूर्ण रह्यो। आफ्नो घर अर्थात् प्लेब्वाइ मेन्सनमा हेफ्नरले  क्रिस्टल ह्यारिसका साथ विवाह गरेको औपचारिक घोषणा गरे। ८६ वर्षीय हेफ्नरले २६ वर्षीया क्रिस्टलसँग गरेको यो विवाहका कारण उनी  फेरि एकपटक चर्चामा आएका छन्। 

सन् २००८ मा हेफ्नरले प्लेब्वाइ मेन्सनमै क्रिस्टल ह्यारिसलाई भेटेका थिए। एक महिनापछि देखि नै उनीहरूका बीच घनिष्ठ सम्बन्ध  स्थापित भयो। यही अवधिमै ह्यारिसले हेफ्नरसित विवाह गर्ने बाचा समेत गरिन्। सन् २०१० को क्रिसमसमा उनीहरूका बीचमा उक्त  सहमति भएको थियो। सन् २०११ को जुनमै उनीहरूबीच विवाह भएको कुरा बाहिर आएको थियो। जुनकै प्लेब्वाइमा 'इन्ट्रोड्युसिङ अमेरिकाज  प्रिन्सेस, मिसेज क्रिस्टल हेफ्नर' शीर्षक को एउटा समाचारसमेत प्रकाशित भएको थियो, तर त्यतिबेला विभिन्न कारणले उनीहरूले विवाहको  औपचारिकता पूरा गर्न पाएका थिएनन्। 

हेफनरका लागि आफ्नै उमेरका महिला उपयुक्त थिए कि थिएनन् ? यो अर्कै कुरा हो तर मिडिया सम्राट बन्नुअघि नै उनले आफूभन्दा २३  वर्ष कान्छी मिल्ड्रेड विलियमसँग विवाह गरेका थिए। यो सन् १९४९ को कुरा हो। मिल्ड्रेडबाट छोरी क्रिस्टी र छोरा डेभिडको जन्म भयो। सन्  १९५९ मा उनीहरूका बीच सम्बन्ध-विच्छेद भएको थियो। अहिले क्रिस्टी ६० वर्ष र डेभिड ५७ वर्षका छन्। 

सन् ६० को दशकमा हेफ्नरको मन बहलाउने प्रेमिकाका रूपमा बार्बी बेन्टन आइन्। उनी प्लेब्वाई आफ्टर डार्क शीर्षकको टिभी शोकी मो डल थिइन्। त्यतिबेला बेन्टोन भर्खरै १८ वर्ष पुगेकी थिइन् भने हेफ्नर ४२ वर्षका थिए। यही समयमै बेन्टोनले केही म्युजिक एल्बम निकालिन्,  हि-हा नामक प्रतिष्ठित टिभी सिरिजमा काम गरिन् र प्लेब्वाईको कभरमै चार पटक देखिइन्। पछिल्लो पटक उनी सन् १९८२ मा प्लेब्वाइको  कभरमा छाएकी थिइन्। त्यसको ६ वर्ष पछि वेन्टन र हेफनरको सम्बन्ध टुट्यो। 

अभिनेत्री शानोन ट्वीड सन् १९८२ मा प्लेब्वाई प्लेमेट अफ द इयर भएकी थिइन्। उनी पनि श्रीमति हेफनर बन्ने अनुमान गरिएको थियो।  हेफ्नर ५६ वर्षका तथा ट्वीड २७ वर्षकी थिइन्, तर विभिन्न कारणले उनीहरूको विवाह भएन। उनीहरू १४ महिनासम्म डेटिङमा रमाए। 

सन् १९८३ की प्लेब्वाइ कभर गर्ल क्यारी लेफ पनि ह्युगसँगको डेटिङमा रमाइन्। जतिबेला क्यारी १९ र हेफनर ५७ वर्षका थिए। उनीहरूका  बीचमा पनि विवाह गर्ने र सन्तान जमाउने कबुल भएको कुरा क्यारी बताउँथिन्, तर पछि क्यारीले अर्कै व्यक्तिसँग विवाह गरिन् र यो  सम्बन्ध पनि समाप्त भयो। 

हेफ्नर ३० वर्षसम्म वैधानिक रूपमा विवाह नगरी बसे। त्यसपछि ६३ वर्षे उमेरमा सन् १९८८ की प्लेमेट अफ द मन्थ किम्बर्ले कोन्राडसँग  विवाह गर्ने निधो गरे। त्यतिबेला हेफ्नर ६३ वर्षका थिए भने कोन्राड केवल २७ वर्षकी थिइन्। विवाहपछि कोन्राडबाट मास्टोन र कुपर गरी  दुई सन्तान छन्। उनीहरू हाल २२ र २१ वर्षका छन्। कोन्राड हेफ्नरकी दोस्री श्रीमती हुन्। विवाहको ९ वर्षपश्चात् नै उनीहरूका बीच पनि  सम्बन्धविच्छेद भयो। यद्यपि वैधानिक रूपमा हेफ्नरले सन् २००९ सम्म पनि सम्बन्धविच्छेदको फाइल दर्ता गराएका थिएनन्। सन् २००९ मा  छोरा कुपरकै अनुरोधमा उनीहरूका बीचमा वैधानिक सम्बन्ध विच्छेद भयो। त्यसपछि कोन्राड छोराहरूकै साथमा प्लेब्वाइ मेन्सनसँगै जो डिएको घरमा बस्न थालिन्। 

सन् १९९८ मा दोस्रो वैवाहिक जीवन समाप्त भएपछि हेफ्नर निकै निराश र हतास देखिन थाले। उनी विभिन्न युवतीको खोजीमा लाग्नु त  स्वाभाविक भैहाल्यो। उनले म्यान्डी र स्यान्डी बेन्टले नामका दुई जुम्ल्याहा दिदीबहिनीमाथि आँखा लगाए। उनीहरू पनि प्लेबाइ मेन्सनमा गएर  बसे र सन् २००० मा म्यागजिनको कभरमा देखिए, तर विशेष गरी स्यान्डीले उनीसँग विवाह गर्न नचाहेको कुरा थाहा भयो। उनको पछि  लाग्ने अर्को व्यक्ति पनि छ भन्ने कुरा हेफ्नरलाई पनि थाहा भयो। त्यसले गर्दा उनीहरूबीचको सम्बन्ध पनि समाप्त भयो। 

हेफ्नरको जीवनमा टिना जोर्डन नामकी महिला पनि आएकी थिइन्। सन् २००१ मा उनीहरूबीचमा सम्बन्ध झांगिन थालेको थियो र सन्  २००२ मा टिना पनि प्लेमेट अफ द मन्थ भइन्। त्यतिबेला टिना २९ वर्षकी थिइन्। हेफ्नर उनीभन्दा ४६ बर्ष बढी उमेरका थिए। सन्  २००४ मा उनीहरू बीचको सम्बन्ध समाप्त भयो। 

सन् २००१ की प्लेब्वाइ प्लेमेट ब्रान्डी रोड्रिक थिइन्। उनी अहिले ३८ वर्ष पुगिन्। सन् २००० र २००१ को समयमा उनी निकै चर्चित  थिइन्। ब्रान्डीसँग पनि हेफ्नरको सम्बन्ध रह्यो, तर पछि उनले अर्कै व्यक्तिसित विवाह गरिन् । अहिले उनीहरूको दुईवर्षीय छोरोसमेत छ। 

पोल्यान्डमा जन्मिएकी इजाबेला सेन्ट जेम्सले ह्युग हेफ्नरलाइ सन् २००० मा लस एन्जेलसको एउटा नाइट क्लबमा भेटेकी थिइन्। त्यतिबेला  उनी पेपरडिन युनिभर्सिटीमा कानुनको विद्यार्थी थिइन्। कानुनमा डिग्री प्राप्त गरे पछि उनी वकालत गर्न छाडेर प्लेब्वाइ मेन्सनमा पुगिन्।  त्यसपछि उनले बन्नी टेल्स बिहाइन्ड क्लोज्ड डोर्स नामक पुस्तक लेखिन्। उक्त पुस्तकको प्रकाशन पछि उनीहरूको सम्बन्धमा चिसोपन आयो  र आखिर सम्बन्ध नै समाप्त भयो। 

होली म्याडिसन, ब्रिजेट माक्र्वार्ड र केन्ड्रा विल्किन्सन पनि विभिन्न समयमा हेफ्नरको जीवनमा आए तर सन् २००५ मा उनीहरू सबै मिलेर  द गल्र्स नेक्स्ट डोर नामक रियालिटी शो गर्दा भने उनीहरू एकैपटक हेफ्नरसँग नजिकिए। उक्त शो ६ सिजन सम्म चलेको थियो। ती  युवतीहरूमध्ये पनि म्याडिसन हेफ्नरकी पहिलो रोजाइ थिइन्, तर हेफ्नरले अब विवाह पनि नगर्ने र सन्तान पनि नजन्माउने योजना सुनाए।  यसले गर्दा सबैले उनलाई छाड्दै गए। माक्र्वाडले भने उनलाई सन् २००९ सम्म पनि साथ दिइरहेकी थिइन्। अन्त्यमा हेफ्नरले ती सबैसँग  साथीको नाता मात्र भएको प्रतिक्रिया दिए। 

हेफ्नरको गालामा चौरासी मुजा परिसकेको छ, तर अहिले पनि युवतीहरू उनका लागि मरिहत्ते गर्छन्। यद्यपि कतिपयले हेफ्नरको सम्पत्ति  देखेर युवतीहरू पछि लाग्ने गरेको आरोप पनि लगाउँछन्। उनीसँग नजिकिने युवतीहरू भने हेफनरको व्यक्तित्व नै लठ्याउने खालको भएको  तर्क गर्छन्।

हेफ्नरका औपचारिक श्रीमती

मिल्ड्रेड विलियम (सन् १९४९-१९५९)

किम्बर्ले कोन्राड (सन् १९८९-२००९)

क्रिस्टल ह्यारिस (सन्२०१२ देखि हालसम्म) पार्टनर

बार्बी बेन्टोन (सन् १९६९-१९७६)

ब्रान्डी रोड्रिक (सन् २०००-२००१)

टीना मेरी जोर्डन (सन् २००१-२००४)

होली म्याडिसन (सन् २००३-२००८)


source : ekantipur 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis