CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बलात्कार नै बिबाह को आधार यहाँ

बलात्कार नै बिबाह को आधार यहाँ

एजेन्सी, किर्गिस्तान,यति वेला किर्गिस्तानको मुख्य सडकमा दिनहँुजसो युवा तथा पुराना पिढीका व्यक्तिको जमघट भएको देखिन्छन् । दुवै समूहका आ-आफ्नै तर्क छन् । विवादको मुद्दा एउटै भए पनि युवा तथा पाका उमेरका व्यक्तिका विचार फरक छन् । किर्गिस्तानमा एउटा पुरानो प्रथा छ । यहाँ विवाहअगाडि महिलाको अपहरण र बलात्कारको प्रथा रहेको छ । अपहरणपछि महिलामाथि बलात्कार हुन्छ । 
बलात्कार गर्ने पुरुषले नै महिलासँग विवाह गर्ने पुरानो प्रथा किर्गिस्तानमा कायम छ । अब सरकारले पुरानो नराम्राे
प्रथाको अन्त्य हुनुपर्छ भन्ने अडान लिएको छ । बलात्कारपछि विवाह गर्ने नियम महिलाको इच्छाविपरीत भएको सरकारले जनाएको छ । सरकारले यो नियम हटाउनुपर्ने भनी संसद्मा विधेयकसमेत प्रस्तुत गरिसकेको छ । 
संसद्भित्र सरकारले राम्राे काम गर्न लागेको भए पनि सडकमा भने पाका उमेरका व्यक्तिले त्यसको विरोध गरेका छन् । युवा पिढीले सरकारको विधेयकको स्वागत गरेका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार किर्गिस्तानमा प्रत्येक वर्ष आठ हजार महिला बलात्कार तथा अपहरणमा पर्ने गर्छन् । 
सामान्यदेखि ठूला घरानासम्मका व्यक्तिले परम्परागत संस्कारलाई प्राथमिकता दिएका छन् । महिलाहरू समाजमा स्थान नपाउने डरले बलात्कार गर्ने व्यक्तिसँगै वैवाहिक सम्बन्ध गाँस्न बाध्य हुने स्थानीय एजेन्सीले जनाएका छन् । तर, कतिपय पुरुष भने अपहरित महिलासँग यौन सम्बन्ध राखेर भाग्ने गरेका पनि छन् । यस्तो जटिल अवस्थामा ती महिलालाई समाजले स्वीकार नगर्ने 
एजेन्सीले जनाए । 
किर्गिस्तानको महिला सहायक केन्द्र (डब्लुएससी) का अनुसार वाषिर्क रूपमा विवाह गर्नका लागि १२ हजार महिलाको अपहरण तथा बलात्कार हुन्छ । यो रूढिवादी संस्कारको सबैभन्दा असर गरिब परिवारमा भएको देखिन्छ । यता, डब्लुएससीले ग्रामीण इलाकामा महिलाको संरक्षणसम्बन्धी काम गरिरहेको छ । डब्लुएससीको किर्गिस्तानको ग्रामिण भेगमा सक्रियता रहे पनि यहाँ दैनिकजसो सयौँ महिला अपहरणमा पर्ने गरेका छन् । 
यसैक्रममा ३८ वषर्ीया जाविला मेवेवाले भनिन्, 'हाम्राे मुलुकमा पहिला महिलाको अपहरण हुन्छ, त्यसपछि बलात्कार र विवाह । सायद यो परम्परा संसारको कुनै पनि स्थानमा छैन होला ।' हाल जाविला डब्लुएससी केन्द्रमा आबद्ध छिन् । केही वर्षअगाडि एक धनी व्यक्तिले उनको अपहरण गरेका थिए । आफनो यौन प्यास पूरा भएपछि ती व्यक्तिले जाविलासँग विवाह गरेनन् । कसैले आफ्नो साथ नदिँदा जाविलाले केन्द्रमा सरण लिन आइन् । जाविला मात्र होइन, उनकी बहिनी पनि यस्तै दुर्घटनाको सिकार भएकी थिइन् । 
किर्गिस्तानमा डब्लुएससीलाई कैपन-१५५ संस्थाले समेत साथ दिइरहेको छ । पछिल्लो एक वर्षयता कैपन-१५५ संस्थाले पुरानो परम्पराविरुद्ध आन्दोलन गरिरहेको छ । किर्गिस्तानको स्थानीय कानुनमा १५५ धाराले विशेष अर्थ राख्छ । कसैको इच्छाविपरीत काम वा आपराधिक गतिविधि रोक्ने धारा नै १५५ हो । महिलाको इच्छाविपरीत विवाह गर्दा गैरकानुनी हुने कैपन-१५५ संस्थाको दाबी छ ।
'मुलुकमा आपराधिक गतिविधि नियन्त्रण गर्ने धारा १५५ हो, हाम्राे मुख्य उद्देश्य पनि नियम लागू गर्ने हो,' संस्थाले जनाएको छ । महिलासँग जोडिएको अनौठो संस्कार हटाउन कैपन-१५५ संस्थाले सडक आन्दोलन गरिरहेको छ । यो संस्थाले विकसित सहरदेखि ग्रामीण स्थानसम्म र्‍याली निकाल्दै जनचेतना बढाउने काम गर्दै आएको छ । डब्लुएससी तथा कैपन-१५५ को समर्थन सरकारले पनि गरेको छ । 
सरकारले पनि महिलामाथि हुने अन्यायविपरीत कानुन बनाउने तयारी गरिरहेको स्थानीय एजेन्सीले जनाएका छन् । अब आउने नयाँ कानुनमा महिलाको इच्छाविपरीत विवाह गर्न निषेध गरिने बताइएको छ । 
कसैले महिलाको अपहरणमा सहयोग गरेको देखिए ती व्यक्तिको परिवारका सदस्यलाई पनि कारबाही गरिने सरकारले जनाएको छ । 'मुख्य अपराधीलाई तीन वर्ष सजाय हुनेछ, परिवारका सदस्यलाई जरिवाना वा जेलसजाय हुनेछ,' गृह मन्त्रालयले जनाएको छ । 
महिलाका पक्षमा वकालत गर्दै किर्गिस्तानका एक एमपी कोजोवेक पेसस्वीले भने, 'हामी महिलाको अपहरण गरी जबर्जस्ती विवाह गर्ने पुरुषलाई जेलमा राख्ने तयारी गरिरहेका छौँ, अबको कानुनले यस संस्कारलाई वैधानिकता दिनेछैन ।' सरकारले ल्याएको विधेयक संसद्ले पारित गरे केही दिनपछि नै महिलाको हक-अधिकारसम्बन्धी नयाँ कानुन जारी हुनेछ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis