CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » मन्त्री नै ब्ल्याकमेलिङको शिकार

मन्त्री नै ब्ल्याकमेलिङको शिकार

काठमाडौ, माघ २ । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसँग एउटा राष्ट्रिय दैनिकका अध्यक्षले 'ब्ल्याकमेल' गरेको कुरा अखबारमा पढेर थाहा पाए।  नेपाली पत्रकारितामा देखिएको यस खाले विकृति र विसंगतिलाई स्वयम् पत्रकारहरूले नसच्याउने हो भने त्यसले लोकतन्त्रकै उपहास गर्छ भन्ने चिन्ता मन्त्री यादवलाई लागेको छ। 
गत साता धुलिखेलमा साप्ताहिक पत्रिकाका सम्पादकहरूसँग अनौपचारिक कुरा गर्दै उनले नेपाली प्रेसप्रति चिन्ता व्यक्त गरे। सम्पादकहरूलाई प्रश्न गर्दै मन्त्री यादवले भने– राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनले तामाङसँग 'ब्ल्याकमेलिङ' गरेको कुरा त अखबारमा आयो। एउटा मन्त्रीमाथि पत्रकारले 'ब्ल्याकमेलिङ' गरेको कुरा किन बाहिर आउँदैन? मन्त्री यादव
स्वयम् एउटा मिडिया हाउसबाट पीडित बनेका रहेछन्। मधेसी मिडियाको हवाला दिँदै हिंड्ने एक जना पत्रकारले मन्त्री यादवलाई बारम्बार 'ब्ल्याकमेलिङ' गर्दै आएका छन्।  कहिले भारतीय खुफिया एजेन्सी रअ को धम्की, त कहिले आफूलाई प्रेस काउन्सिलको अध्यक्ष नबनाए मन्त्रीको राजनीति समाप्त पार्ने चेतावनी। निरन्तर ती पत्रकारले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नभएको रिस पत्रकारिताको माध्यमबाट फेरेपछि मन्त्री यादव लामो समयदेखि मानसिक तनावमा छन्। तर, यो वास्तविकता भन्ने कसलाई? आफूनिकट पत्रकारहरूलाई धेरै पटक गुनासो पोख्दा समेत एउटा पत्रकारले अर्को पत्रकारको विरोध नगर्ने 'आचारसंहिता'का कारण पटक पटक सूचना तथा सञ्चार मन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्ति पीडित हुनुपरेको छ। यसका बारेमा प्रेस काउसिन्सल, पत्रकार महासंघजस्तो जिम्मेवार निकाय गम्भीर हुनुपर्ने सुझाव मन्त्री यादवको रहेको छ। 
हुन  पनि मधेसी मन्त्रीहरू प्रायः सबै भ्रष्टाचारमा गन्हाएका कारण एकथरि पत्रकारहरूलाई 'ब्ल्याकमेलिङ' गर्न सजिलो पनि भएको छ। 'ब्ल्याकमेलिङ' गरेवापत केही रकम झर्ने भएकोले भ्रष्ट मन्त्रीहरूले त्यस्ताखाले पत्रकारहरूको मनोबल उठाउने काम गर्दै आएका छन्। गृहमन्त्री विजय गच्छेदारदेखि स्वास्थ्यमन्त्री राजेन्द्र महतो स्वयम् आफूलाई मधेसी मिडियाको ठेकेदार ठान्ने पत्रकारको 'ब्ल्याकमेलिङ'को शिकार बन्दै आएका छन्। आफ्नो गुजारा  चलाउन पत्रकारिता पेशालाई धन्दा बनाउँदै  आएका केही पत्रकारहरूका कारण सिंगो मिडियाजगत बद्नाम हुँदै गएको बेला एउटा ठूलो लगानीको मालिक स्वयम्ले व्यवसायीहरूसँग 'ब्ल्याकमेलिङ' गरेको घटनाले यस पेशालाई गम्भीर चुनौती दिएको छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis