नयाँदिल्ली, पुस २९ - केही वर्षयता शान्तप्रायः रहेको कश्मिरस्थित भारत -पाकिस्तान बीचको नियन्त्रण रेखा लाइन अफ कन्ट्रोलमा गत साता दुवै मुलुकका सैनिकबीच भिडन्त भएका खबर आए । भिडन्तका अलग-अलग घटनामा हालसम्म दुवै पक्षका दुई-दुई गरी चार सैनिकको ज्यान गएको छ । दुवै पक्षले एकअर्कालाई नियन्त्रण रेखाको उल्लंघन गरेको आरोप लगाएका छन् ।
सन् २००३ मा युद्धविराम सम्झौता भएयता नियन्त्रण रेखामा यस्ताखालेे घटना भएको यो पहिलो हो । मृत्यु भएका दुई भारत ीय सैनिकमध्ये एकको शव शिरविहीन रहेेको र अर्काको पनि टुक्रा पारिएको अवस्थामा भेटिएको भन्दै भारत भित्र आक्रोश फैलिएको छ । त्यसमा आफ्नो सैनिक संलग्न नरहेको दाबी पाकिस्तान ी पक्षले गरेको
छ । यी दाबी प्रतिदावीबीच सम्बन्ध चिसिने खतरा बढ्दै गर्दा दुवै पक्षका उच्च सरकारी अधिकारीहरूले संयमतापूर्वक मामिलालाई सल्टाउने प्रयास गरिरहेका छन् ।
दुवै सरकारकातर्फबाट हालसम्म परिस्थिति बिथोल्ने खालका प्रतिक्रिया आएका छैनन् । दुवै पक्षले कूटनीतिक ढंगले आफ्ना असन्तुष्टि एकअर्कासँग राखेका छन् । मंगलबार भारत ीय विदेश मन्त्रालयले नयाँदिल्लीस्थितपाकिस्तान ी उच्चायुक्त सलमान बसिरलाई बोलाई भारत ीय सैनिकको मृत्यु भएको घटनाप्रति कडा आपत्ति जनाएको छ । आइतबार एकपाकिस्तान ी सैनिकको मृत्यु भएपछि त्यहाँको विदेश मन्त्रालयले पनि इस्लामावादस्थित भारत ीय उपउच्चायुक्तलाई आफ्नो असन्तुष्टि राख्न बोलाएको थियो । बिहीवार अर्काे घटनामा थप एक सैनिकको ज्यान गएपछि भने उच्चायुक्त शरत सावरवाललाई बोलाई इस्लामावादले आफ्नो आपत्ति प्रकट गरेको छ ।
तनावको यो पृष्ठभूमिमा भारत ीय पक्षले समस्या समाधानका लागि बि्रगेडियर तहको फ्लयाग मिटिंगका लागि पाकिस्तान ी पक्षलाई प्रस्ताव गरेको छ । पाकिस्तान ी पक्षले भने अहिलेसम्म त्यसको कुनै प्रतिक्रिया दिएको छैन ।
दक्षिण एसियाका दुई अणुशक्तिसम्पन्न यी मुलुकबीच चर्किएको पछिल्लो तनावले केही वर्षयता भएका सम्बन्ध सुधारका प्रयासलाई प्रभावित तुल्याउने खतरा उब्जिएको छ । आपसी विश्वास बढाउने तथा द्विपक्षीय इन्गेजमेन्ट विस्तार गर्ने प्रयासहरू २००८ मा भएको मुम्बई आक्रमणपछि पनि बिथोलिएका थिए । उक्त घटनामा पाकिस्तान मा आधारित आतंकवादी संगठनको हात रहेको र तिनलाई पाकिस्तान ी सरकारी निकायहरूले पनि साथ दिएको भन्ने भारत ीय बुझाई थियो । पाकिस्तान ले भने त्यस्तोभारत ीय धारणाको खण्डन गर्दै आएको छ । त्यसका बाबजुद पनि पछिल्ला दुई, तीन वर्षमा दिल्ली र इस्लामावादबीच सम्बन्ध सुधारका महत्त्वपूर्ण प्रयास भइरहेका थिए । खासगरी द्विपक्षीय व्यापार वृद्धि, आवागमनका सहजीकरण जस्ता विषयले प्राथमिकता पाएका थिए । केही साताअघि मात्रै पाकिस्तान ी गृहमन्त्री रहमान मल्लिक नयाँदिल्ली आई सहज प्रवेशाज्ञा प्रणालीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसअघि भारत ीय विदेशमन्त्री र उद्योगमन्त्री पनि इस्लामावाद पुगेका थिए । प्रधानमन्त्री मनमोहन सिंहको सम्भावित पाकिस्तान भ्रमणलाई लिएरभारत ीय पक्षबाट आन्तरिक रूपमा व्यापक तयारी तथा छलफल पनि भइरहेका थिए । सम्बन्ध सुधारकै प्रयासमा हालै दुई मुलुकबीच क्रिकेट म्याच पनि भएका थिए ।
नियन्त्रण रेखामा भएका पछिल्ला घटनालेे भने यी प्रयासका सकारात्मक परिणामहरूलाई प्रभावित तुल्याउन सक्नेे चिन्ता बढ्दै गएको छ । हुन त दिल्ली र इस्लामावादबीचको सम्बन्धमा उतारचढावका घटना नौला होइनन् । १९७१ मा पाकिस्तान बाट छुट्टएिर बंगलादेश बन्दा भएको युद्धलाई पनि समावेश गर्ने हो भने भारत र पाकिस्तान ले चारवटा युद्ध लडिसकेका छन् । सन् १९४७, १९६५ र १९९९ का युद्ध त कश्मिर केन्दि्रत नै थिए । १९४८ को राष्ट्रसंघीय प्रस्तावअनुसार कश्मिरमा जनमतसंग्रह हुनुपर्ने तर्क पाकिस्तानको छ भने भारत ले त्यसलाई अस्वीकार गर्दै आएको छ । भारत ले कश्मिर मामिलामा तेस्रो पक्षको संलग्नता अस्वीकार गर्दै आएको छ । नियन्त्रण रेखामा भएको पछिल्लो घटनाको छानबिन राष्ट्रसंघीय निकायबाट गराउनपाकिस्तान ले गरेको प्रस्ताव पनि भारत ले अस्वीकार गरिदिएको छ । १९७२ मा भएको सिमला सम्झौताअनुसार कश्मिरसम्बन्धी मामिलालाई भारत रपाकिस्तान ले द्विपक्षीय रूपमा हल गर्नुपर्ने धारणा भारत ीय पक्षलेे राख्दै आएको छ ।
शत्रुतापूर्ण इतिहास भए पनि पछिल्ला केही वर्षमा दुवै पक्ष तनाव वा द्वन्द्वबाट होइन शान्ति र सहकार्यको दिशामा अघि बढ्नुपर्छ भन्ने निचोडमा पुगेको देखिन्छ । त्यस्तो निष्कर्षलाई नियन्त्रण रेखामा हालसालै भएका जस्ता घटनाले बेलाबेलामा बिथोल्न खोजे पनि दिल्ली इस्लामावादबीच अमनचैन र सहकार्यको सम्बन्धले मात्रै यी दुई मुलुकलाई र समग्र्र दक्षिण एसियाली क्षेत्रलाई नै स्थायित्वको दिशातर्फ लैजान सक्छ ।
प्रकाशित मिति: २०६९ पुस २९ ११:२२
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !