CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » पैसा नदिएको भन्दै हात काटिदिने पक्राउ

पैसा नदिएको भन्दै हात काटिदिने पक्राउ

काठमाडौं, २८ पुस 
बानेश्वर क्षेत्रमा हप्ताअसुली गर्ने एक समूहका नाइके पक्राउ परेका छन् । स्थानीय व्यवसायीलाई आतंकित बनाउने नीरज थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार पक्राउ गरेको हो । 
थापाले गत वर्ष स्थानीय होटल व्यवसायी तीर्थराज रानाको खुकुरीले हात काटिदिएका थिए । मासिक रूपमा आफूलाई रकम नबुझाएको भन्दै थापाले रानाको हात काटिदिएका थिए । १० हजार रुपैयाँ माग्न जाँदा रानाले नदिने अडान लिएपछि थापाले उनीमाथि खुकुरी प्रहार गरेका थिए । खुकरी प्रहारबाट व्यवसायी थापाको हातको छालामात्र छिन्न बाँकी रहेको थियो । सख्त घाइते भएका उनले
आफ्नो रेस्टुरेन्ट नै बेचेर हातको उपचार गर्नुपरेको थियो । 
घटनापछि उपत्यकाबाहिर बस्दै आएका उनलाई महाशाखाका डिएसपी हृदय थापाको टोलीले पक्राउ गरेको हो । स्रोतका अनुसार थापासँग वृत्तमा लामो समयदेखि काम गर्दै आएका केही जुनियर प्रहरीको समेत मिलेमतो पाइएको छ । 
थापाले बानेश्वर क्षेत्रका व्यवसायीलाई मासिक रूपमा पैसा उठाएर आतंकित बनाएका थिए । तर, पीडितले बानेश्वर वृत्तमा जाहेरी दिँदा पनि उनी पक्राउ नपरेपछि पीडितहरू अपराध महाशाखा पुगेका थिए ।

















नयाँ पत्रिका
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis