CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » नेपालका चर्चित,ग्लामरस तर अबिबाहित सुन्दरीहरु

नेपालका चर्चित,ग्लामरस तर अबिबाहित सुन्दरीहरु


हाम्रो नेपाल पनि फेशन र ग्लामर को क्षेत्रमा बिस्तारै आफ्नो सिंढी उक्लदै छ | देशमा बिध्यमान प्रतिकुल अबस्थाका बावजुद ग्लामरस सुन्दरीहरुको यो क्षेत्र मा आवत जावत घटेको छैन | तल पढ्नुस हालका नेपालका चर्चित,ग्लामरस तर अबिबाहित सुन्दरीहरुको नालीबेली !











नीता ढुंगाना


कम समयमा चलचित्र क्षेत्रमा स्थापित हुने नायिका हुन् नीता ढुंगाना। चलचित्र क्षेत्रमा प्रवेश गरेको केही समयमै उनले केही चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिन्। उनको चंचलतापूर्ण अभिनय र हाउभाउले गर्दा उनलाई  चाहनेहरूको संख्या दिनानूदिन बढ्दो छ। प्रेम र रोमान्सबाट टाढै बस्न मनपराउने नीता केही वर्ष करियर टिकाउन ध्यान दिएपछि मात्र विवाहका बारेमा सोच्ने बताउँछिन्।

निशा अधिकारी 

नायिका तथा मोडल निशा अधिकारी सुन्दर नायिकाहरूको सूचीमा अग्रपंक्तिमा छिन्। मिस इन्टरनेसनलको उपाधि पाएपछि मोडलिङ गर्न थालेकी अधिकारी धेरैपछि चलचित्रको पर्दामा देखापरिन्, लगत्तै चलचित्र विधाको अध्ययनका लागि  केही समय अमेरिका गइन्। नेपाल फर्किएपछि उनी चलचित्रमा व्यस्त छिन्। उनको प्रेमकासम्बन्धका बारेमा गाइँगुइँ सुनिए पनि उनले भने आफ्नो प्रेमी नभएको बताउँदै आएकी छिन्। विवाहका लागि भने मानसिक रुपमा तयार हुनु पर्ने र  त्यसका लागि बेला भै नसकेको उनको धारणा छ।

सुनिता दुलाल 

लोकगीत, तीज गीत हुँदै सुगम संगीतमा समेत कहलिएकी गायिका सुनिता दुलाल देश तथा विदेशका अधिकांश सांगीतिक कार्यक्रममा सहभागिताका लागि निम्तो पाइरहने गायिकामा पर्छिन्। त्यसरी निम्तो पाउनुमा उनको सौन्दर्यले पनि  विशेष भूमिका निर्वाह गरेको छ। सुनिता जति सुरिलो गीत गाउँछिन्, सुन्दरताको दृष्टिकोणमा उनी त्यो भन्दा एक कदम अघि छिन्। त्यही भएर पनि उनलाई बेला बखत प्रेमका प्रस्ताव आउँछन्, सुनिता भने बेला भएको छैन भनेर  ती  प्रस्तावहरू टारिरहन्छिन्। 

विनिता बराल

मोडल भएर सामान्य चर्चा कमाएकी विनिता बरालले एउटै चलचित्र 'चपली हाइट'बाट सोचेभन्दा बढी ख्याति कमाइन्। त्यसपछि धेरैले विनितालाई 'सेक्सी नायिका' पनि भनिन्। भर्खरै करियर सुरु भएकाले विवाहका लागि उनी हतारिएकी  छैनन्। अझ अर्को एउटा सफल चलचित्र दिएपछि मात्र विवाह गर्ने उनको सोच छ। 



जिया केसी

भुवन केसीले अपनाए उनीसँग विवाह गर्न तयार रहेको अभिव्यक्ति दिएर चर्चामा आएकी जिया केसी उत्तेजक चलचित्र तथा फोटोसुटका कारण विवादमा पनि परिरहन्छिन्। भुवन केसीकी नजिककी मित्र भनेर पनि चिनिन थालिएकी जियाले  १५ वटा चलचित्रमा अभिनय गरे पनि चलचित्र 'एटीएम'का विवादास्पद दृश्यले उनलाई चर्चाको चुचुरोमा पुर्‍याएको छ। 



नम्रता श्रेष्ठ

रोमान्टिक चलचित्रकी नायिका नम्रता श्रेष्ठ प्रदर्शोन्मुख चलचित्र 'छडके'मा फरक ढंगले देखिएकी छिन्। उनी पर्दामा जति सुन्दरी देखिन्छिन्, सामान्य जीवनमा पनि आकर्षक भएकाले उनीसँग संगत गर्न चाहनेहरू धेरै छन्। कुनै बेला प्रे मका प्रसंगहरूमा अलमलिएकी नम्रता अहिले कोसँग नजिक छिन् खुलस्त छैन, तर उनी अझै केही वर्ष विवाह गर्ने मुडमा नभएको स्पष्ट छ। 



दीपाश्री निरौला

अब त दिपाले विवाह गर्लिन् र ? भन्ने जिज्ञासा पनि सुनिन्छ कहिलेकाहीँ । 'तीतो सत्य'मा दिपकराज गिरीसँग जोडी भएर अभिनय गर्दागर्दै दर्शकले उनलाई दिपककै वास्तविक पत्नीका रुपमा देख्न थालिसके। यसविषयमा उनीहरूले धेरै  पटक स्पस्ट पार्न नखोजेका पनि होइनन्। वास्तविक जीवनमा विवाहित दिपककी जोडी अविवाहित दिपाश्रीले भने कस्तो दुलाहा पाउने हुन् वा 'लेडी राजेश हमाल' भएर जीवन गुजार्छिन्, उनी आफैं अनभिज्ञ छिन्। 



ऋचा शर्मा 

'फस्टलभ', 'मेरो लभस्टोरी', 'लुट', 'हाइवे', 'भिसा गर्ल' जस्ता चलचित्रकी नायिका ऋचा शर्मा केही समयअघिसम्म नायक विनय श्रेष्ठसंगको सम्बन्धका कारण चर्चामा थिइन्। खुलारूपमा आफूलाई विनयको प्रेमिका बताउने शर्माको अहिले  विनयसंगको सम्बन्धमा चिसोपन आएको गाइँगुइँ सुनिन्छ। दक्ष अभिनेत्री शर्माको यदि विनयसँग सम्बन्ध टुक्रिएकै हो भने अब उनले कसलाई आफ्नो जीवनसाथी बनाउँछिन ? भन्ने चासो सबैमा छ।



रिनाशा राई

चलचित्रकी कोरियोग्राफर रिनाशा राई फेसनेबल डान्सगुरुका रूपमा चर्चित छिन्। डान्स डाइरेक्टर भएर पनि आफूलाई 'सेलिब्रेटी स्ट्याटस्' दिन सकेकी राईलाई चलचित्रकी नायिकाहरू जत्तिकै सुन्दर मानिन्छ। यदाकदा उनको अफेयरका  बारेमा चर्चा चले पनि प्रमाणित नभएकाले उनी अझै पनि अविवाहित सुन्दरी कै रूपमा आफ्नो सौन्दर्यको जादू छरिरहेकी छिन्।



सुष्मा कार्की 

नायिका सुष्मा कार्की प्रेम र रोमान्सको प्रसंगमा अघि छिन्। सुदर्शन थापापछि उनको अफेयर संगीत समूह अनुप्रस्थका गायक नरेश शाहीसँग चलिरहेको छ। लभअफेयर र ब्रेकअपका प्रसंगहरूमा सदा अगाडि रहेकी सुष्मालाई 'लुट'को एउटै  आइटम गीतले चिनायो। सेक्सी छवि बनाएकी सुष्मा तत्काल विवाह गर्ने विचारमा नभए पनि प्रेम र ब्रेकअपका किस्साहरूबाट मिडियामा छाइरहने युवतीमा पर्छिन्। 



सहाना बज्राचार्य

मिस नेपाल-२०१० की फस्ट रनर्सअप सहाना बज्राचार्य सुन्दर त छँदैछिन्। उनको विचार पनि सुन्दर छ। छाउपडी प्रथा निर्मूल गर्ने अभियानमा लागेकी सहाना कान्तिपुर टेलिभिजनमा कार्यक्रम सञ्चालन पनि गर्छिन्। सहानाको सौन्दर्यको  प्रसंशा धेरैले गर्छन्। उनी जस्तो जीवनसंगीनी वा प्रेमिकाको चाहना गर्ने पुरुषहरू पनि प्रसस्त छन्। सहानाले भने आफ्नो मनको राजा कसलाई बनाएकी छिन् रहस्यकै गर्भमा छ।



केकी अधिकारी

टेलिभिजनको रियालिटी सो 'छमछमी'मा सहभागी भएपछि निर्देशक प्रसन्न पौडेलको नजरमा परेर म्युजिक भिडियोमा स्थापित भएकी केकी अधिकारी चलचित्रमा नायिकाका रुपमा पनि स्थापित भैसकेकी छिन्। बाबु बद्री अधिकारी चलचित्र  निर्देशक भएर पनि उनले कहिल्यै बाबुका चलचित्रमा काम गरिनन्, आफ्नो करियर आफैं बनाइन्। विवाहका बारेमा उनी निकै सचेत छिन्। केकी विवाहका लागि उमेर पुग्नु पर्ने र आफ्नो उमेर अझै नभएको बताउँछिन्।



इन्दिरा जोशी 

'चौबन्दी चोली अनि रातो घाँघरा', 'उध्रेको चोली' जस्ता गीतकी गायिका इन्दिरा गायनकलाले मात्र होइन, सुन्दरताका कारण पनि हजारौं प्रशंसकको मनमा बस्न सफल छिन्। सकिरा स्टाइलले पर्फमेन्स गर्ने गायिका जोशीको उनको गीत  सुन्नभन्दा पनि हेर्न दर्शक ओइरिन्छन्। अहिलेसम्म कसैसँग पनि अफेयरको चक्करमा नपरेकी इन्दिरा विवाह र प्रेमका बारेमा सोचिनसकेको बताउँछिन्। 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis