बास्तबमा भन्नु पर्दा करिश्माको शरीर नेपालमा भएपनि मन चाहिं अमेरिकामा नै छ। मन अमेरिकामा हुनुको कारण हो उनको मुटुको टुक्रा छोरी कविता त्यहाँ रहनु। सायद त्यही भएर होला करिश्मा अमेरिकाबाट नेपाल फर्किएको यो पछिल्लो एक महिनादेखि खुशी देखिएकी छैनन्। अर्को तर्फ उनको साथमा श्रीमान विनोद पनि नहुनुले उनलाई एक्लोपन फोवियाले सार्है सताएको देखिन्छ। माघ २२ गतेको बर्थ डेमा यो फोवियाले उनलाई निकै
सतायो। त्यसैले बर्थडे जस्तो शुभदिन पनि उनी सम्पर्कबिहीन भएर बसिन्। फेसबुक एकाउन्टले उनी ३८ बर्ष पुगेको बताए पनि उनले वास्तविक उमेर खुलाउन चाहिनन्। नायिका करिश्मा उल्टै प्रश्न गर्दै भन्छिन्– ''उमेरको पछि किन लागि रा'' आफ्नो बर्थ डे सेलिब्रेशन पार्टीमा रम्न खाशै मन नपराउने उनलाई यस अघिका बर्थ डेमा आफन्त एवं साथीभाईले सप्राईज दिन्थे तर यो पटक पोखरामा रहेकाले त्यो अबसर उनलाई जुट्न सकेन। उनी भन्छिन्– ''बर्थ डे सेलिब्रेशन पार्टीमा खासै चाह छैन। साथीभाईले यस अघि सेलिब्रेशन पार्टी दिंदा पनि म खुशी हुन्थिन।'' अबको समय सेलेक्टेड फिल्ममा मात्र साईन गर्ने भन्दै केही प्रोजेक्टहरू रिजेक्ट गर्दै आएकी उनी उत्कृष्ट प्रोजेक्टको अफरमा छिन्। उनले भनेकी छिन्– ''अमेरिकाबाट फर्किएपछि दुईरचार वटा अफर आए तर गर्न मन लागेन, त्यसैले राम्रो कुनै आएको खण्डमा अवश्य गर्नेछु।'' करिश्मा पति विनोद चाहिं हाल लण्डनमा छन्।
-- फिल्मीखबर