बैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई विभागमा हुने घुसखोरी नियन्त्रणका लागि रातदिन प्रयत्नशील छन्। तर विभागमा घुसखोरी नियन्त्रण हुनुको सट्टा झन् बढेको र सेवाग्राहीले थप सास्ती बेहोर्नुपरेको गुनासो पीडित ब्यक्ति र म्यानपावर व्यवसायीहरूको छ। महानिर्देशक भट्टराईले विभागमा पद सम्हाल्नु अघि हुने गरेको संस्थागत घुसखोरी त अहिले छैन, तर प्रत्येक शाखामा घुस नखुवाई काम हुँदैन, एक व्यवसायीले नाम नबताउने सर्तमा साँघुसँग भने–विगतमा ४ हजार रुपैयाँमा हुने कामलाई अहिले कडा छ भन्दै ४० हजार रुपैयाँ दिनुपरेको छ।
घुसखोरी भएको महानिर्देशकलाई थाहा छ, तर टे्रड युनियन र राजनीतिक शक्तिको दबाबका सामु उनी निरीह बनेका छन्। घुस खाने
शक्तिशाली कर्मचारीलाई उनले कारबाही गर्न नसकेकाले विभागमा घुसखोरी विगतमा भन्दा झन् बढेको छ। विभागमा लामो समयदेखि कार्यरत शाखा अधिकृत विष्णुहरि उपाध्याय, पारस भण्डारी लगायतले गरेको घुसखोरीमा महानिर्देशक निरीह बनेको आरोप छ। विगतमा संस्थागत घुसखोरी थियो। तर महानिर्देशक भट्टराईका कारण अहिले छैन, तर शाखाहरूमा घुसखोरी विगतमा भन्दा बढी छ।
कसरी हुन्छ घुसखोरी?
विदेशमा रहेका नेपाली राजदूतावासहरूको नक्कली भिसा बनाएर विभागको व्यक्तिगत स्वीकृति शाखाबाट दैनिक दर्जनौं श्रम स्वीकृति दिने काम व्यक्तिगत श्रम स्वीकृति शाखाबाट भइरहँदा पनि महानिर्देशक भट्टराईले पत्तो पाउन नसकेको विभागका एक अधिकारी बताउँछन्। ती अधिकारीका अनुसार विभागको व्यक्तिगत स्वीकृति शाखाबाट विदेशस्थित राजदूतावासले प्रमाणित गरेको भिसामा मात्र श्रम स्वीकृति दिने नीति महानिर्देशक भट्टराईले नै बनाएका हुन्। व्यवसायीहरूले व्यक्तिगत श्रम स्वीकृति लिंदै कामदार पठाउने क्रम बढेपछि महानिर्देशक भट्टराईले नै राजदूताबासको प्रमाणित भीसा भएकालाई मात्र श्रम स्वीकृति दिने ब्यवस्था गरेका थिए। व्यक्तिगत श्रम स्वीकृति लिएर गएका कामदारहरूले विदेशमा भनेअनुसारको काम र तलव नपाएको अवस्थामा म्यानपावर कम्पनीले जिम्मेवारी लिनु नपर्ने र क्षतिपूर्ति पनि दिन नपर्ने भएकाले यो क्रम बढेको थियो।
हजारौं नेपाली खाडी मुलुकमा अलपत्र परेपछि विभागले राजदूताबासबाट प्रमाणित भिसामा मात्र श्रम स्वीकृति दिने व्यवस्था लागू गरेको थियो। यो ब्यवस्थाबाट तिल्मिलाएका ठग प्रवृत्तिका म्यानपावर कम्पनीहरूले राजदूतावासकै भिसासमेत नक्कली तयार गर्दै व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन्। विभागमा राजदूताबासको नक्कली कागजात तयार गरी व्यक्तिगत श्रम स्वीकृति लिने गिरोह सक्रिय छ। सो गिरोहले प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म उक्त शाखाका कर्मचारीलाई दिएर दैनिक २० वटा भन्दा बढी श्रम स्वीकृति लिने गरेको छ। विभागको व्यक्तिगत श्रम स्वीकृति शाखाका शाखाबाट नै यो काममा समन्वय हुँदै आएको छ।
राजदूताबासको नक्कली भिसामा श्रम स्वीकृति लिनेहरूले एयरपोर्ट अध्यागमन कार्यालयमा समेत अलग्गै सेटिङ गरी कामदार उडाउँदै आएका छन्। अध्यागमनका कर्मचारीहरूलाई सेटिङ गरी दैनिक २० औं जना खाडी मलुकमा उड्ने गरेका छन्। तर विभागका महानिर्देशक भट्टराईले चाहेर पनि यसमा केही पनि गर्न सकेका छैनन्।
व्यक्तिगततर्फ कै रिइन्ट्री (बिदामा आएका कामदारको श्रम स्वीकृति) शाखामा समेत नयाँको श्रम स्वीकृति दिएर एक जनाबराबर १५–२० हजार रुपैयाँ असुल्ने काम जारी रहेको छ। नयाँ कामदारलाई पनि छुट्टीमा आएको कागजात बनाएर रिइन्ट्री शाखाबाट श्रम स्वीकृति दिइरहेको स्रोत बताउँछ। स्राेतका अनुसार, रिइन्ट्रीबाट घुस लिंदै अवैध रुपमा श्रम स्वीकृति दिनेमा नासु भीमबहादुर बस्नेत र पारस भण्डारी सक्रिय रहेको आरोप पीडितहरूको छ।
विभागको अन्तिम स्वीकृति शाखाबाट दुवईको श्रम स्वीकृति लिएर इराक उडाउने कार्य भइरहेकोप्रति पनि महानिर्देशक भट्टराईको ध्यान जान नसकेको बताइएको छ। २०६१ भदौमा इराकमा १२ नेपालीको बर्बरतापूर्वक हत्या भएको थियो। त्यो हत्याको विरोधमा ०६१ भदौ १६ गते काठमाडौंमा मच्चिएको विनाशलिलापछि सरकारले इराकमा कामदार पठाउन रोक लगाएको थियो। त्यतिबेला कुवेतको नक्कली डिमान्ड लेटरका आधारमा कामदार पठाउने स्वीकृति लिएर इराक पठाइन्थ्यो भने अहिले पुनः दुवईको कम्पनीको नाममा श्रम स्वीकृति लिने र इराक उडाउने काम भइरहेको विभाग स्राेत बताउँछ। स्राेतका अनुसार, अन्तिम स्वीकृति शाखामा पनि खुलेआम घुसखोरी हुने गरेको व्यवसायीको गुनासो छ। अन्तिम स्वीकृति शाखाबाट कागजात मिलाएर ल्याउने व्यवसायीलाई पनि यो मिलेन र त्यो मिलेन भन्दै प्रत्येक फाइलमा ५ सयदेखि १ हजार रुपैयाँ घुस लिने क्रम नरोकिएपछि व्यवसायीहरू आजित छन्। अन्तिम स्वीकृतिका शाखा अधिकृतत्रय भीम भट्टराई, ऋद्धि सिटौला, विष्णुहरि उपाध्यायले दैनिक मलेसिया, दुवई, बहराइन, साउदी अरबको कागजातको स्वीकृति दिंदा पद, तलव नमिलेका वा नक्कली कागजात पेश गर्नेहरूसंग भने साँठगाँठ गरेर स्वीकृति दिने गरिएको बताइन्छ।
पूर्वस्वीकृतिमा पनि उही रोग
विभागको पूर्वस्वीकृति शाखामा पनि घुसखोरी नरोकिएको व्यवसायीहरूको गुनासो छ। प्रक्रिया पुगेका पूर्वस्वीकृतिका फाइलमा पनि सामान्य त्रुटी देखाएर पैसा दिनैपर्ने बाध्यता छ। एक व्यवसायीले भने–सामान्यतया प्रक्रिया पुगेका फाइलमा समेत एउटा न एउटा त्रुटी देखाएर काम रोक्ने र घुस पाएपछि सदर हुने गरेका छन्। त्यस्ता नमिलेका कागजातको प्रतिगोटा ५ सयका दरले शाखा अधिकृतद्वय लव जोशी र बैकुन्ठ ढुंगाना, नासु पेशल पोखरेलको समूहभित्रबाट उठाइरहेको व्यवसायीहरू नै स्वीकार्छन्। एक व्यवसायीले भने–'घुस नदिए प्रक्रिया पुगेका फाइलमा पनि एउटा न एउटा खोट देखाउँछन्। समयमा काम नभए कामदारको कोटा गुम्न सक्ने भएकाले घुस दिएरै काम गराउँछौं। महानिर्देशक भट्टराईले विभागमा घुसखोरी नियन्त्रणका लागि गरेको प्रयासका बारेमा ती व्यवसायीको प्रतिक्रिया छ–'पहिला ४ हजार रुपैयाँले हुने काम अहिले ४० हजार रुपैयाँसम्म खर्च गर्न बाध्य पारिएको छ। अनि घुसखोरी कसरी हटेको छ भन्ने?'
घुस उठाउने अर्को शाखा अभिमुखीकरण पनि हो। अभिमुखीकरण शाखाका कर्मचारीहरूको मिलेमतोमा अभिमुखीकरण व्यवसायी महासंघकै संरक्षणमा तालिमै नलिएका कामदारलाई तालिमको प्रमाणपत्र बिक्री हुने गरेको छ। सूत्रका अनुसार, तालिममा सहभागी नै नभएकाहरूलाई भएको भन्दै अभिमुखीकरण तालिमको प्रमाणपत्र प्रतिगोटा ३ सय रुपैयाँका दरले बिक्री गर्ने काम खुलेआम भइरहेको स्रोतले बतायो। विभाग परिसर वरिपरि नै त्यस्ता प्रमाणपत्र बिक्री भइरहेका छन्। त्यस्ता झोलामा अभिमुखीकरण तालिमका प्रमाणपत्र बिक्री गर्नेहरूमथि विभागले केही कारबाही गर्ने त कता हो कता अभिमुखीकरण शाखाका नासु बासु भेटवालहरूले उनीहरूबाट फाइदा लिने गरेका छन्।
एयरपोर्टमा पनि सेटिङ
राजदूताबासबाट प्रमाणित नक्कली कागजात पेश गरेका र कागजात नमिलेका कामदारहरूलाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीहरूको मिलेमतोमा उडाउँदै आएका थिए। तर पछिल्लो समयमा अध्यागमनका कर्मचारीहरू एकपछि अर्को गरी कारबाहीमा परेका नयाँ महानिर्देशक बसन्त गौतमको छड्के नजर पर्न थालेपछि विमानस्थलको श्रमकक्षले नै अध्यागमनसँग समन्वय गरी कागजात नमिलेका कामदार उडाउने काम हुन थालेको छ। श्रमकक्षले नै व्यवसायीहरूबाट पैसा उठाएर अध्यागमनका कर्मचारीलाई मिलाएर कागजात नमिलेकाहरूलाई उडाउने काम भइरहेको स्रोतले बतायो। स्राेतका अनुसार, पहिला अध्यागमनका कर्मचारीहरूले सेटिङ गरेर उडाउँथे र निगाहले दिएको श्रम कक्षका कर्मचारीले भाग पाउँथे तर अहिले स्थिति ठीक उल्टो भएको छ, श्रम कक्षका कर्मचारीहरूले दिएको भाग अध्यागमनका कर्मचारीले खान्छन्। स्रात]का अनुसार, श्रम कक्ष र अध्यागमनको मिलेमतोमा प्रतिब्यक्ति ४०–५० हजार रुपैयाँसम्म लिएर नक्कली स्टीकरका आधारमा उडाइरहेको कुरा विमानस्थल सुरक्षागार्डका प्रमुख डीआइजी विज्ञानराज शर्माको कमाण्डले किन पत्ताे पाउन सकेको छैन भन्ने प्रश्न उठेको छ?
विभागमा हुने गरेको घुसखोरीबारे २०६९ माघ २७ गते महानिर्देशक पूर्णचन्द्र भट्टराईसँग प्रतिक्रिया लिन पटक पटक प्रयास गर्दा पनि उनीसंग सम्पर्क हुन सकेन।
साँघु - माघ २९