याकाटेरिनबर्ग शहरमा आकाशबाट आगोको डल्लो खस्दै आएर चेवारकुल बजार नजिकको ताल क्षेत्रमा बजारिदा ठुलो आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन्। घाईते हुनेहरु धेरै चेल्यामिनिस्क विद्यालयका छात्रछात्रा छन्। पिण्ड बजारिदाको कम्पनले विद्यालय क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ। पिण्ड खस्दा शुरुमा ठूलो आवाज आएर विस्फोट भएको र पछि साना खाले विस्फोट भएको बताईएको छ। सो समयमा शुरुमा रातपरे जस्तो अध्यारो भए पनि विस्फोट भएपछि निकै उज्यालो देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। पश्चिमी साईबेरियन क्षेत्रमा पनि निकै धेरै मात्रामा धुलो बर्षा भएको रुसी अधिकारीहरुको जनाएका छन्। घटनापछि सयौं संख्यामा सुरक्षाकर्मी र उद्धारकर्ताहरु परिचालन गरिएको छ। रुसी सेनाले चेवारकुल ताल क्षेत्रमा ६ मीटर फराकिलो अबशेष फेला परेको जनाएको छ।
रुसमा खगोलिय पिण्ड खस्दा ९०० बढी घाईते