CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » राजेश हमालको छड्के सलाम , कसलाई ???

राजेश हमालको छड्के सलाम , कसलाई ???


RAJESH HAMALनेपालगन्ज, फाल्गुन १ - भनिन्थ्यो, हिन्दी फिल्मको प्रभाव रहेका सीमावर्ती सहरमा नेपाली नायक-नायिकाको खास क्रेज छैन । सुप्रसिद्ध अभिनेता राजेश हमाल हेर्न र डाइलग सुन्न भने सोमबार नेपालगन्जमा दर्शक उर्लिए । प्रशंसकको हुटिङबाट प्रसन्न हमाल आफू पनि नाँचे, दर्शक पनि नचाए । मञ्चमा सँगै थिइन्- लोकगायिका कोमल वली । 'बाँझो खेतमा, छड्के सलाम
छ मायालाई पहिलो भेटमा...' गीतमा हमालले स्वर थपे र कम्मर मर्कार्उँदै नाचे, अनि सीमामा सद्भावको सन्देश दिए ।
सदाबहार नायक आफैं 'मजदुर र किसानका नायक' का रूपमा चिनिन रुचाउँछन् । हलमा पनि उनका दर्शक त्यही वर्गका धेरै हुन्छन् । त्यसैले प्रशंसकको भीडमा गाउँले दर्शक धेरै थिए । फिल्मका पात्रकै शैलीमा उनले आफूलाई उभ्याए । 'स्वाभिमान र आत्मसम्मानको शपथ लिएको छु । कलाको रंगीन दुनियाँमा कालापानी र सुस्ताको वकालत गरेको छु । श्याम, हरि, रामहरूका कथा भनेको छु,' आफ्नो फिल्मी जीवनको सारांश खिच्दै हमाल भावुक भए, 'स्वाभिमान र भावनाको यो लडाइँमा कलारूपी औजारले संरक्षण गरेको छु । म निरन्तर क्यामेरामा कैद हुँदै छु ।'
बौद्धिक मानिने अभिनेताले राष्ट्रियता र सद्भावको सन्देश पनि मनछुने ढंगले नै दिए । जात-धर्म र सम्प्रदायभन्दा माथि उठेर देशका लागि सोच्न आग्रह गर्दै हमालले भने, 'हिमाल, पहाड र तराई, जो जहाँ रहे पनि हामी नेपाली हौं ।' नेपालगन्जमा गरिएको यसपटकको तीनदिने कन्सर्ट मनोरञ्जनसँगै सद्भावको सन्देशसँग पनि जोडिएको थियो । राष्ट्रियताको मुद्दामा प्रायः बेखबरझैं लाग्ने कलाकारले प्रस्तुति पस्कनुअघि सीमा सद्भाव सन्देश मात्र दिएनन्, प्रतिबद्धता पनि जनाए । दर्शकको उत्साहपूर्ण उपस्थितिले सोमबारको कन्सर्ट अघिल्ला दिनभन्दा हेर्न लायक थियो । चरीदादा -गौतम सापकोटा) ले चरा स्वर निकाले । विनीता बरालले आइटम डान्स गरिन् । बीपी वाग्लेले प्रेमप्रकाश मल्लको चर्चित गीत 'माछापुच्छ्रे फेवा तालमा ...' को रिमिक्स सुनाए । शिव परियारले 'क्या दामी भो...,' 'दिल चोरेर फरार भो....,' मा दर्शक मोहित पारे । कन्हैया सिंहको 'नेपालगन्ज बजारैमा...' गीत चर्चित रह्यो । अघिल्लो दिन गाएकाले पनि उत्तिकै जमाए । युनाइटेड मल्टिआर्टका कलाकार र केपी शाहीको टोलीले मनोरञ्जक डान्स देखाए । क्रिएटिभ ह्यान्डस र अन्तरालले गरेको कन्सर्टको समापनमा भने सबै कलाकारले सामूहिक नृत्य गरे । 'कन्सर्ट सफल हुुँदा उत्साही छौं,' अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले भने ।



--जनक नेपाल / राजेन्द्र नाथ
प्रकाशित मिति: २०६९ फाल्गुन १ ०९:०९ 


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis