CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रहरी जागिर धरापमा

प्रहरी जागिर धरापमा

करिब ५० पदमा लागि झन्डै दुई सय इन्सपेक्टरहरू बढुवाका लागि शक्तिकेन्द्र धाइरहेका बेला केही प्रहरी अधिकारीको जागिर भने संकटमा परेको छ। केही एसपी तथा डिएसपीहरूको जागिर यतिबेला संकटमा परेको हो।
नक्कली भारतीय सर्टिफिकेटमा आधारमा जागिर खाई छानबिनमा रहेका दुई प्रहरी अधिकारीले त राजिनामा
नै दिइसकेका छन्। डिएसपी सुरेन्द्रबहादुर सिंह र गृहमन्त्री विजयकुमार गच्छेदारका पीएसओका रुपमा वर्षाै काम गरेका सई जयन्द्र संग्रौलाले मुद्दा चल्नुभन्दा पहिला नै राजिनामा दिइसकेका छन्। अन्य दर्जनौं जुनियर प्रहरी अधिकारीले पनि छानबिन सुरु भएपछि राजिनामा दिएको स्रोत बताउँछ। सोर्सफोर्स भएकाहरूले राजिनामा स्वीकृत गराउन सफल भएका छन् भने केहीको राजिनामा भने पेन्डिङमा छ। 
त्यस्तै दुई एसपी र एक डिएसपीको जागिर पनि संकटमा रहेको स्रोत बताउँछ। एसपी संजयराज शर्मा अपराधीलाई उन्मुक्ति दिएको अभियोगमा तथा दीपक थापा नक्कली शैक्षिक प्रमाणपत्रका पेश गरेको आरोपमा छानबिनमा छन्। त्यस्तै एसपी निरज शाहीलाई माइनस गरी गृहमन्त्री बिजयकुमार गच्छेदारसँगको मिलेमतोमा मोरङमा तस्करीको लाइन खुलाएका डिएसपी उमाशंकर चतुर्वेदी पनि नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा छानबिनमा छन्। 
हाल युक्ति महाविद्यालयमा रहेका एसपी शर्मा महोत्तरीको प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा हत्याका अभियुक्तलाई पक्राउ गरी रिहा गरिदिएका थिए। जुगेश्वर मण्डल हत्याको आरोपमा पक्राउ परेका दुई स्थानीयलाई रिहा  गरी उनले आर्थिक लाभ लिएको र पिडित परिवारलाई अन्यायमा पारेको आरोपमा पीडितकै परिवारले प्रहरी र अख्तियारमा उजुरी हाले पनि छानविन थालेको हो। एसएसपी मनोेहर रिमालको छानविन समितिले एसपी शर्मालाई दोषी ठहर गरिसकेको छ। उनीसँग सो घटनामा संलग्न डिएसपी र इन्सपेक्टर पनि कारबाहीमा पर्ने निश्चित छ, यदि अनुसन्धान प्रभावित नभएमा। 
त्यस्तै हाल चितवनको प्रहरी प्रमुखको रुपमा कार्यरत एसपी थापाको पनि नक्कली शैक्षिक प्रमाणपत्र रहेको स्रोतको दाबी छ। तर राजनीतिक दबाबका कारण उनको अनुसन्धान रोकिँदै आएको छ। त्यस्तै ५० भन्दा बढी अन्य प्रहरी अधिकारीमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै आएको छ। 
उता प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाले डिएसपी जनक भट्टराई तथा इन्सपेक्टरहरू गोपाल धमला र केपी शर्मालाई विभागीय कारबाही गरेको छ।
-दृष्टि 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis