CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सावधान! होशियार! विज्ञापनगरी ठग्ने गिरोह सक्रिय,प्रहरीको पुगेन आँखा

सावधान! होशियार! विज्ञापनगरी ठग्ने गिरोह सक्रिय,प्रहरीको पुगेन आँखा

विज्ञापन गरी ठग्ने गिरोह सक्रिय , नेपाल प्रहरीको पुगेन आँखा 
वर्षौंदेखि हँुदै आएको खुलेआम ठगीप्रति नेपाल प्रहरीले गम्भीरतापूर्वक खोजी गर्नुपर्ने देखिएको छ। विभिन्न दैनिक पत्रिकामा लघु अर्थात् वर्गीकृत विज्ञापन प्रकाशित गरी सर्वसाधारणलाई ठगी गर्ने धन्दा चल्दै आएको छ। तर, यसप्रति अझै नेपाल प्रहरीको ध्यान पुग्न सकेको देखिँदैन। 
पत्रपत्रिकामा अत्यन्तै कम मूल्यमा विभिन्न फर्जी कम्पनी, एनजीओ तथा आईएनजीओको नामका 'तु कर्मचारी आवश्यकता' भन्दै दैनिक पत्रिकामा वर्गीकृत विज्ञापन दिइएको
पाइन्छ। ती विज्ञापन कम्तीमा पनि एक हप्तादेखि एक महिनासम्म छापिने गरेका छन्। ती विज्ञापनमा आईएनजीओको नाममा आकर्षक तलबको प्रस्ताव गरिएको पाइन्छ। धेरैजसो विज्ञापनमा २२ हजारदेखि ३९ हजारसम्म तलब तोकिएको देखिन्छ। यति धेरै तलब दिएर दर्जनौँ कर्मचारीलाई काम लगाउन सक्ने कार्यालयले किन वर्गीकृत त्यो पनि साना अक्षरमा विज्ञापन दिन्छन्? यो आफैँमा खोजीको विषय बनेको छ। 
पत्रिकामा बोल्ड अक्षरमा एनजीओ कलङ्की चोक, सामाखुसी चोक, चाबहिल चोक, कोटेश्वर चोक भन्दै अगाडि एनजीओको नाम तथा सहरका विभिन्न चोकको नाम दिएर पढे–नपढेकालाई रोजगार, पारिश्रमिक ३९ हजार छ भनी सम्पर्कका लागि एनसेलको नम्बर दिएको देखिन्छ। यसरी दिएको विज्ञापनमा कम्पनी तथा कम्पनीको कुनै पनि व्यक्तिको नाम हुँदैन। धेरैजसो विज्ञापनमा नयाँ  कार्यालयका लागि कर्मचारी चाहियो मात्र भनेको पाइन्छ। 
घरमै बसेर मासिक ३० हजार कमाउन सकिने भन्दै विज्ञापनमा दिएको एनसेलको नम्बरमा सम्पर्क गर्दा नागरिकताको फोटोकपी, दुईप्रति फोटो र फर्म भर्दा लाग्ने न्यूनतम दुई सय रुपैयाँँ लिएर आउन मात्र भन्ने गरेका छन्। घटना र विचारले पत्रिकामा छापिएका दर्जनाँै विज्ञापनमा सम्पर्क गर्दा फर्म दर्ता गर्न लाग्ने न्यूनतम शुल्क दुई सयदेखि पाँच सयसम्म लाग्ने र सो रकम लिएर आउन भने। कम तलब तोकिएको छ भने फर्म शुल्क दुईदेखि तीन सय र ३० हजारभन्दा बढी तलब भएको विज्ञापनमा दरखास्त दिँदा फर्म शुल्क पाँच सय लिने गरेको बुझियो।  
गत आइतबार एनजीओ कलङ्की चोकमा कर्मचारी पढे–नपढेकालाई ३८ हजार आठ सय फोन... लोखिएको विज्ञापनमा सम्पर्क गर्दा विनोद खड्गी बताउने व्यक्तिले नागरिकताको फोटोकपी र तीन सय रुपैयाँ लिएर कलङ्की चोकमा आई सम्पर्क गर्न भन्दै फोन राखे। त्यस्तै सामखुसी अफिसलाई कर्मचारी, २० हजार, फोन नम्बर भन्दै छापिएको अर्को नम्बरमा सम्पर्क गर्दा दुईप्रति फोटो, नागरिकताको फोटोकपी र तीन सय रुपैयाँ लिएर सामाखुसी चोकमा आएर सम्पर्क गर्न भने। त्यस्तै ग्वार्कोमा तु. कर्मचारी भन्दै तलब २१ हजारदेखि ३५ हजारसम्म तोकिएको अर्को नम्बरमा फोन गर्दा एसएलसी पास गरेको प्रमाणपत्र र नागरिकताको फोटोकपी, दुईप्रति फोटोसहित फर्म भर्दा लाग्ने पाँच सय रुपैयाँ लिएर आउन भने। यसबारे थप जानकारी लिन खोज्दा आफ्नो अर्को फोन आएको र बाँकी कार्यालयमै आएर बुझ्न भन्दै फोन राखिएको थियो।  
प्राप्त जानकारीअनुसार उपत्यका पत्रिकामा विज्ञापन दिएर ठगी गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। विभिन्न चोकमा आकर्षक कार्यालय खोली अस्थायी बोर्ड झुन्ड्याएर केही युवतीसहितको भव्य कार्यालय खोली नक्कली रोजगारीको फर्म भर्न लगाएर त्यसबापत उठेको रकम लिई कार्यालयका सञ्चालकहरू रातारात फरार हुने गरेका छन्। राताराता फरार हुने र पुनः अर्काे स्थानमा नयाँ कार्यालय खोल्नेहरूले एक अस्थायी कार्यालबाट कम्तीमा पनि पाँच हजारभन्दा बढी फर्म भराउने गरेका छन्। ती कम्पनीले आफूहरूको शाखा कार्यालय राजधानीका विभिन्न स्थानमा रहेको र कर्मचारीको निरन्तर खाँचो रहेको भन्दै दैनिक पत्रिकामा विज्ञापन दिने गर्छन्। यसरी फर्म बेच्दा कम्तीमा पनि एक महिनामा १५ देखि २५ लाखसम्म उठाएर प्रयोग गरेको टलिफोन नम्बर बन्द गरी केही महिना गुमनाम बस्ने गरेको पाइएको छ। 
केहीले भने घरमै बसेर अगरबत्ती बनाउन सकिने र न्यूनतम मासिक २५ हजार कमाइ हुने भन्दै न्यूनतम शुल्कमा घरका सबै सदस्यबाट काम लिने गरेका छन्। किनकि एकजनाले एक महिनासम्म निरन्तर अगरबत्ती बनाए पनि छ–सात हजारभन्दा बढी कमाउन सक्दैन। तर, विज्ञापनमा न्यूनतम २५ हजार कमाउन सकिने लेखिएको पाइन्छ। यस्ता विज्ञापनको चक्करमा गृहिणीहरू पर्ने गरेका छन्। घरमै बसेर कम्तीमा पनि २५ देखि ३५ हजारसम्म कमाउन सकिने लोभमा धेरै गृहिणीले फर्मको नाममा दुईदेखि पाँच सय रुपैयाँ बुझाउने र पछि आफू ठगिएको महसुस गर्दै काम छाड्ने गर्छन्।  
तर, आफू ठगीएको जानकारी पाए पनि उजुरी भने कतै दिएको पाइन्न। चार–पाँच सय रुपैयाँ, त्यो पनि फर्म भर्दा लिएको शुल्कको विषयलाई लिएर किन उजुरीतिर लाग्ने भन्दै पीडितकरू मौन बस्ने गरेका छन्। ठगिएका व्यक्तिहरूले कतै पनि उजुरी नगरेपछि नक्कली विज्ञापन दिनेहरूको सङ्ख्या बढ्दै गएको हो।  
वर्गीकृत विज्ञापनबाट ठगीका सिकार बनेका सिन्धुपाल्चोक ठोकर्पा– ३ का २६ वर्षीय सुन्दरबहादुर तामाङले कान्तिपुर भन्ने पत्रिकामा छापिएको वर्गीकृत विज्ञापनमा देखिएको आकर्षक तलबको लोभमा परेर चार–पाँच हजार रुपैयाँ सकिएको बताए। उनले कामका लागि दिएको आवेदन शुल्कहरू मात्र जोड्दा यति रकम हुन जाने जानकारी गराउँदै थपे, 'मैले त्यसमा यातायात, खाजा, फोनलगायत अन्य खर्चहरू जोडेको छैन, त्यो पनि जोड्दा निकै पुग्छ।' विज्ञापनबाट ठगिने आफू मात्र नभएको जानकारी गराउँदै उनले थपे– यसबारे प्रहरी कार्यालयमा पनि उजुरी दिएको तर प्रमाण नपुगेको भन्दै प्रहरीले उजुरी नै नलिएको तथा सम्बन्धित पत्रिकाको कार्यालयमा पनि गलत विज्ञापनको सिकार भएँ भन्दै पाठक–पत्र लेखेर दिएको तर नछापेको जानकारी गराए।  
नेपाल प्रहरीका प्रवक्ता केशव अधिकारीले पत्रपत्रिकामा छापिएको विज्ञापनको सिकार भएँ भन्दै अहिलेसम्म कतै पनि उजुरी नपरेको जानकारी दिए। 'उजुरी परे कारबाही गरिन्छ,' उनले भने, 'तर, उजुरी नै नपरी कसरी कारबाहीको प्रक्रिया अघि बढाउने।' दैनिक पत्रिकामा छापिएको वर्गीकृत विज्ञापनका नाममा ठगी हुने गरेको छ भन्ने सुनेको जानकारी गराउँदै उनले भने, 'अब यसबारे अनुसन्धान अघि बढाइ गलत नियतले विज्ञापन छाप्ने व्यक्ति वा संस्थालाई कारबाही अघि बढाउने तयारी भएको छ।' 
काठमाडौंका प्रजिअ चूडामणी शर्माले पनि यसबारे कुनै गुनासो नआएको जानकारी दिए। उनले भने, 'यस्तो गुनासो आएको छ भने तत्काल कारबाही अघि बढाइन्छ।' साथीहरूले यसबारे भन्ने गरे पनि गहिरिएर अध्ययन हुन नसकेको पनि शर्माको भनाइ थियो। 
घटना र विचार फाल्गुन १
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis