CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ठगीको आरोप लागेका सुधिरले सबैलाई सन्तुष्ट पार्ने

ठगीको आरोप लागेका सुधिरले सबैलाई सन्तुष्ट पार्ने

काठमाडौं/ वित्तीय व्यवस्थापन गर्न नसक्दा ठगीको आरोपमा झण्डै एक महिना हिरासतमा बिताएका घरजग्गा व्यवसायी सुधिर बस्नेतले बैंकको ऋण तिर्न, सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गर्न, एयरलाइन्स सञ्चालन गर्न र आफूलाई पनि पुँजी निर्माण गर्ने नयाँ रणनीति सार्वजनिक गरेका छन्। बस्नेतले अग्नी एयरको सञ्चालन गर्ने जिम्मा अग्नी एयरकै क्याप्टेन विनोद पुरी तथा शिवम कम्पनीलाई दिएका छन्। अग्नीमा अब ७५ प्रतिशतको दायित्व विनोद पुरी तथा शिवम कम्पनीसँग
हुनेछ भने २५ प्रतिशत दायित्व बस्नेतसँग हुनेछ। क्याप्टेन पुरीले अग्नीको आम्दानीबाट सात वर्षमा तीन बैंकसँग लिएको ऋण तिर्ने योजना सार्वजनिक गरेका छन््। बस्नेतले मुनाफाबाट २५ प्रतिशत सेयरको लाभांस प्राप्त गर्नेछन्। अग्नी अहिले सञ्चालनका लागि मर्मत सम्भार भैरहेको छ, चैत पहिलो सातादेखि उडाउने तयारी भैरहेको व्यवस्थापनले जनदबाबलाई बतायो।
अग्नीमा ग्राण्ड, सनराइज र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सको ६८ करोड रुपैयाँ ऋण रहेको छ। तीन बैंकले अग्नीमा थप ऋण लगानी गर्नेछन्, उनीहरुले यसका लागि विनोद पुरीसँग 'कोल्याटर' लिएका छन्। अग्नीसँग हाल पाँच वटा बिमान रहेको छ। गतवर्ष कम्पनीले २८ करोड रुपैयाँ आम्दानी गरेको थियो। किस्ता र व्याज नतिरेपछि तीन बैंकले अग्नी लिलामी गर्न सात दिने सूचना जारी गरेका थिए। पुनरावेदन अदालतको आदेशबाट लिलामी प्रक्रिया रोकिएपछि बैंक र अग्नीका संचालक बस्नेत तेस्रो विकल्पमा गएका हुन्।
बस्नेतको सहकारी ओरियन्टल कोअपरेटिभका निक्षेपकर्तालाईलाई उनले घडेरी तथा फ्ल्याट दिने विकल्प ल्याएका छन्। तीन लाख रुपैयाँसम्म निक्षेप हुनेले यो योजनामा सहभागिता जनाउन सक्ने आइतवार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले जानकारी दिए। ओरियन्टलबाट बस्नेतले निक्षेपकर्तालाई झण्डै चार अर्ब रुपैयाँ फिर्ता दिन बाँकी छ। जग्गा वा फ्ल्याट लिन नचाहने निक्षेपकर्ताले आफ्नो निक्षेप तीन वर्षसम्म सहकारीमा नविकरण गराउनुपर्नेछ।
निर्माणाधिन अवस्थामा रहेको भेगास सिटी अब उपभोक्ता समितिले बनाउनेछ। झण्डै ४१ रोपनी जग्गामा फैलिएको भेगास सिटीमा ५४० वटा फ्ल्याट छन्। यसमध्ये २९० फ्ल्याट बुक भएका छन् र त्यसबाट ६५ करोड ५४ लाख रुपैयाँ बस्नेतले प्राप्त गरिसकेका छन्। उनले बुक गरेका उपभोक्ताबाट थप ६५ करोड ५४ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ। अब समितिले बुक गरेका उपभोक्तासँग र नयाँ उपभोक्तालाई फ्ल्याट विक्री गरेर रकम उठाउनेछ। यसरी उठाएको रकमको ३३ प्रतिशतको ६७ प्रतिशत रकम उपभोक्ता समिति र कम्पनीको संयुक्त बैंक खातामा जम्मा हुनेछ। यही रकमबाट निर्माणाधिन भेगास सिटिको बाँकी काम पुरा गरिनेछ। उठाएको ६७ प्रतिशत रकम बैंकको साँवा र व्याज तिर्न प्रयोग गरिनेछ भने ३३ प्रतिशतको ३३ प्रतिशत बस्नेतले लिनेछन्। भेगास सिटीमा ६८ करोड ऋण छ भने एक अर्ब २५ करोड रुपैयाँ निर्माण लागत छ।
बस्नेतले भेगास सिटीकै मोडलमा चक्रपथ हाइट परियोजना पनि अघि बढाउने भएका छन्। ५४० फ्ल्याट भएको भेगास सिटीका १११ वटा फ्ल्याट बुक छन्। बुक भएका फ्ल्याटबाट बस्नेतले १४ करोड ८६ लाख रुपैयाँ उपभोक्ताबाट उठाएका छन्, उपभोक्ताले बस्नेतलाई ४२ करोड ८५ लाख रुपैयाँ तिर्न बाँकी छ। तिर्न बाँकी रकम र नयाँ उपभोक्ताबाट उठ्ने रकमको २० प्रतिशतको ६३ प्रतिशत रकम चक्रपथ हाइट्स उपभोक्ता समिति र कम्पनीको संयुक्त बैंक खातामा जम्मा गरिनेछ। यो रकमबाट परियोजनाको बाँकी काम सम्पन्न गर्ने बस्नेतले जानकारी दिए। यो परियोजनाका लागि बस्नेतले बैंकबाट २२ करोड रुपैयाँ ऋण लिएका छन्। उपभोक्ताबाट उठ्ने ८० प्रतिशत रकम बस्नेतले बैंकको व्याज र ऋण तिर्न प्रयोग गर्ने सहमति भएको छ। यसरी दुवै परियोजना निर्माणमा उठाइने रकम उपभोक्ता समितिको प्रत्यक्ष निगरानीमा खर्च हुनेछ भने बस्नेतको कम्पनीले प्राविधिक सल्लाह मात्रै दिनेछ।
अबर्ौं सम्पत्तिका मालिक बस्नेतले तत्काल नगद प्रवाह गर्न नसक्दा उनको कम्पनी समस्यामा परेको हो। कम्पनी समस्यामा परे पनि बस्नेतले कुनै पनि उपभोक्तालाई आफूले पीडित नबनाउने बताएका छन्। उनले बैंकको दोधारे रणनीतिका कारण नै आज आफू समस्यामा परेको बताउँदै आफूलाई सहयोग गर्न सबै निक्षेपकर्ताहरुलाई आग्रह गरेका छन्।  -- जनदबाब , फागुन १६
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis