नेपाल प्रहरीले राजधानीमा लामो कपाल र
मुन्द्रा लगाएका युवाहरूलाई नियन्त्रणमा
लिने अभियान चलाएर प्रचारात्मक नियतले गलत कदम चालेको छ । गत सोमबार र मंगलबार यस्ता हजारभन्दा बढी
युवाहरूलाई समातेर कपाल काट्न र मुन्द्रा
फुकाल्न लगाई अभिभावकको जिम्मा लगाइएको थियो । प्रहरीले लामो कपाल पालेका र मुन्द्रा लगाएका जोकोही
युवालाई चोरी, गुन्डागर्दी, लुटपाटलगायतका
अपराधजन्य कर्ममा संलग्न भएको आशंका गर्दै उनीहरूलाई रूपान्तरण गर्ने भनेर
यस किसिमको अभियान चलाएको हो । आपराधिक मनोवृत्ति भएकाहरूले मात्र लामो कपाल पाल्छन् वा मुन्द्रा लगाउँछन् भन्ने प्रहरीको बुझाइ आधारभूत रूपमै गलत छ । कपाल वा कुनै पनि पहिरन अपराधको परिचायक हुनै सक्दैन । अचेलका गुन्डा नाइकेहरूसमेत सुकिलामुकिला भएर छोटो कपालमा हिंडिरहेका हुन्छन् । अझ प्रहरीले सलाम गर्ने मन्त्री/नेताहरूकै वरिपरि घुमेर राजनीतिक संरक्षण लिइरहेका भेटिन्छन् । उनीहरूमाथि कारबाही गर्न नसक्ने तर सडकमा हिंड्ने निर्दोषहरूलाई जथाभावी दुःख दिने प्रहरीको शैली ज्यादतीपूर्ण छ । त्यसरी समातिएका युवाहरूको ठेगाना, हुलिया, तस्बिर र औंठा छाप लिएर कपाल काट्न र मुन्द्रा फुकाल्न लगाएर अभिभावकको जिम्मामा छाड्ने लहडबाजीले आम नागरिकको स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको छ । प्रहरीले आफ्नो क्षेत्राधिकारबाहिर गएर गरिरहेको यस किसिमको कार्य तत्काल रोक्नुपर्छ । प्रहरीले कपाल काट्ने वा मुन्द्रा फुकाल्नेभन्दा समाजमा शान्ति सुरक्षा कायम राख्न गर्नुपर्ने अरू कामहरू थुप्रै छन् । राजनीतिक संक्रमणसँगै शक्तिकेन्द्रहरूको संरक्षणमा मौलाएको संगठित अपराधलाई निरुत्साहित पार्ने, यसबीचमा भएका रहस्यमय हत्याकाण्डका अभियुक्तहरूलाई समात्ने, बढ्दो महिला हिंसा नियन्त्रण गर्न भूमिका खेल्ने, रक्तचन्दनदेखि नक्कली मुद्रासम्मका तस्करी रोक्ने, चोरी-डकैती हुन नदिनेलगायत अनेक क्षेत्रमा प्रहरीको कारबाही प्रभावकारी हुन सकेको छैन । यसतर्फ अपेक्षित भूमिका खेल्न नसकिरहेको निकायले युवाहरूको कपाल काट्ने र मुन्द्रा फुकाल्ने हास्यास्पद अभियान चलाएर सर्वसाधारणको ध्यान अन्यत्रै मोड्न खोजेको त होइन भन्ने स्वाभाविक शंकासमेत उब्जन्छ । त्यसो होइन भने प्रहरी नेतृत्वले यस्ता विवादास्पद काममा आफ्नो संगठनलाई मुछिन दिनु हुन्न । नेपाल प्रहरीमा सतही किसिमका प्रचारात्मक कार्य गरेर चर्चामा आउन खोज्ने प्रवृत्ति बेलाबखत प्रकट भइरहन्छ । संस्थागत रूपमा भन्दा पनि खासगरी केही प्रहरी अधिकृतविशेषले व्यक्तिगत लाभहानि हेरेर वा मिडियामा सहजै छाइने उद्देश्यले यस्ता काम गर्ने गरेको पाइन्छ । अन्य सरकारी निकायझैं नेपाल प्रहरीमा पनि गहन अध्ययन, अनुसन्धान गरेर कार्यभारको प्राथमिकता छुट्याउने परम्परा नरहेकाले यस्तो समस्या दोहोरिने गरेको हो । छोटो समयका लागि कोही कतै खटिँदा नयाँ काम गरेको देखाउन सजिला प्रचारात्मक उपायहरू अपनाउने जुन प्रवृत्ति प्रहरीमा बढ्दो छ, त्यसलाई समयमै निरुत्साहित गर्नुपर्छ । व्यक्तिगत लहडबाजीका कारण समग्र संगठनको छविलाई कसैले दाउमा पार्नु हुन्न । समाजमा शान्तिसुरक्षा कायम राख्ने क्रममा प्रहरीले गर्न हुने/नहुने कामहरूको वर्गीकरण गर्दै त्यसको संस्थागत प्राथमिकता निर्धारण गर्न र तदनुरूप मातहतका अधिकारीहरू परिचालित हुने पारदर्शी प्रबन्ध मिलाउन जरुरी देखिएको छ । साभार - ई कान्तिपुर