युवतीको प्रेममा परेर अन्धा हुने धेरै युवक छन्। तर, अब युवतीहरुको आँखा
वैशालु उमेर चिप्लन लागेका प्रौढहरुमा धेरै पर्न थालेको छ। युवतीका लागि
प्रौढहरु बैशालु एटिएम बनेका छन्। पैसा चाहियो कि पासोमा पारेर शरीर सुख
लुट्ने र लुटाउनेहरुको गाथा लेख्नु त्यति सजिलो काम थिएन।
संगीत श्रेष्ठ र जयन सुब्बा
र धरानबाट गोपाल दाहालको सहयोगमा सजिना बरालले यो अफ्टेरो काम गरेकी छिन् :
राजा-महाराजा वा धनाढ्यले पाल्ने सोख अब सर्वसाधारण भनिने मानिसमा पनि पलाउन थालेका छन्। तर, पैसाको
आडबिना सोख त के आवश्यकतासमेत पूरा गर्न सकिने अवस्था छैन। मान्छेले आफ्नो स्वार्थ पूर्तिका निम्ति नैतिकता
भन्ने जिनिसलाई तिलाञ्जली दिन थालेका छन्। 'एड्भान्स्ड' हुने निहुँमा समाजले व्यभिचार अँगाल्न थालेको छ। टिनएज पनि पुगी नसकेका युवतीले पिण्ड खाने बेला भएका पुरुषलाई आँखा लगाउने र उमेर ढल्केका महिलाले
छोरासरहका युवकसँग हिमचिम बढाउने चलनले उक्त भनाइलाई पुष्टि गर्छन्। यस्ता महिला र पुरुषले समाजलाई
विकृतिको बाटोतिर डोर्याइरहेका छन्। पैसा झार्नेमात्र, प्रेम गर्ने होइन सत्र वर्षीया महिमा श्रेष्ठकी आमा तास खेलाउने व्यवसाय गर्छिन्। विगत पाँच वर्षदेखि यही पेसाले घरखर्च धान्दै आएकी आमाका थुप्रै नियमित ग्राहक छन्। तीमध्येकै एक हुन्, केशव बहादुर।
लगभग एक वर्षअघि खेलाडीलाई चियाखाजा दिन जाँदा केशवसँग आँखा जुधेको रहेछ महिमाको। त्यसपछि दैनिक
जसो तास खेल्न आउने केशव तासभन्दा बढी 'आँखा जुधाइ' खेल्न थालेछन् उनीसँग। उमेरले महिमाभन्दा २५ वर्ष
जेठो भएर के भो त? महिमाको प्रेमी भइखाएका छन् उनी। तर, महिमाका लागि केशव उनको प्रेमी नभएर सुनको
अन्डा पार्ने मुर्गाजस्तै हुन्।
आमाकै साथीलाई मुर्गा बनाउने महिमा अचम्मकी पात्र भने होइनन्। महँगी बढेकाले मान्छेलाई आफ्ना आधारभूत आवश्यकता पूरा गर्नसमेत अनेक तिकडम अँगाल्नु परिरहेको छ। पैसा कमाउने हैसियत बनाई नसकेका युवायुवतीलाई त झन् जुक्तिको ठेली नै रचना गर्नुपर्ने अवस्था छ। यसो कहिलेकाहीँ साथीभाइसँग घुमघाममा निस्कनैपर्यो। क्याफे र फिल्म हल धाउने उमेर पनि युवाकै हो। एसएमएससम्म त ठिकै थियो। तर, आजकल मोबाइलमै फेसबुक चल्ने भएकाले बिहान गरेको रिचार्जले बेलुकासम्म पनि धान्दैन। पार्लरको भाउ उत्तिकै बढेको छ। काठमाडौँभरि सपिङ सेन्टर खुलेका छन्। साथीहरूले फेरी-फेरी लुगा लगाउँदा आफूलाई पनि त रहर लागिहाल्छ नि। तर, आमाबाउलाई भने छोरी स्कुल- कलेज गइदिएमात्रै पुगिहाल्यो। कमाउने छिन् भने त झन् आफ्नै खर्चले गरिखान्छे भन्यो, ढुक्कै छ अभिभावकलाई। उता, छोरीको चालामाला भने 'दालमे कुछ काला है' भइरहेको सुइँको पाएका छैनन् अभिभावकले।
मुख्यतः शहरी क्षेत्रका थुप्रै युवतीले आफूभन्दा चौबरै उमेरका पुरुषलाई ब्वाईफ्रेन्ड बनाउन थालेका छन्। बाबुसरहको व्यक्तिलाई पट्याउनु उनीहरूको रहर वा बाध्यताभन्दा पनि आवश्यकता पूरा गर्ने सजिलो माध्यम बनेको छ। 'हाम्रै एजका केटासँग पैसै हुन्न,' २० वर्षीया सञ्जु भन्छिन्, 'बुढाहरूलाई त हल्का गफ दिनेबित्तिकै पैसा झरिहाल्छ।' उनले स्यंभूमा बस्ने एकजना अधबँैसेलाई आफ्नो प्रेममा लठ्याएकी छन्। फेसबुकबाट चिनजान भएका ती पुरुष उनीभन्दा अठार वर्ष जेठा हुन्। तीन महिनाअघि चक्रपथको हट ब्रेड्समा भेटेका उनीहरू अझै पनि हप्ताको एक दिन भेटघाटमा जुट्छन्।
'सुरुमा त यस्तो बुढासँग के बोल्नु जस्तो लागेको थियो,' उनी भन्छिन्, 'तर मेरो मोबाइलमा बेलाबेलामा ब्यालेन्स
हाल्दिरहन्थ्यो त्यसले। साथीहरूले पनि 'बोल्दे न, तेरो के जान्छ?' भन्न थाले। त्यसपछि कुराकानी, भेटघाट र घुमघाम
हुन थाल्यो।' गाँठवाला पुरुषलाई दानवीर बनाउन खप्पिस युवतीहरू प्रायः साथीभाइ, फेसबुक, मिस्ड कल आदिका माध्यमले केटासम्म पुग्छन्। सुरुसुरुमा घरपरिवार, पढाइ, ब्वाईफ्रेन्डजस्ता विषयमा कुराकानी हुन्छन्। पैसा झार्नेमात्रै उद्देश्य भएका केटीहरूले प्रायः साँचो बोल्दैनन्।
पुरुषहरूले पनि आफ्नी श्रीमती र छोराछोरीबारे कुरै कोट्याउँदैनन्। फोनमा गरिने गफगाफ बिस्तारै भेटघाटतिर सर्छ।
फ्य्रांक हुन थालेपछि पैसा माग्न केही अप्ठ्यारो हुँदैन। 'हदै भए हामीले माग्ने भनेको पाँच-छ हजार हो,' सञ्जु भन्छिन्,
'त्यति पैसा त तिनीहरूलाई केही जस्तो पनि लाग्दैन होला। त्यसैले त माग्नेबित्तिकै दिइहाल्छन्।' उनले पट्याएका पुरुष
म्यानपावरका एकाउन्टेन्ट हुन्।
महिमाले केशवसँग बढीमा १२ हजार चानचुन रूपैयाँ लिएकी छिन्। आमालाई थाङ्नामा सुताएर पैसा कमाउने उनलाई केशवको श्रीमती र छोराछोरी छन् भन्ने राम्रो ज्ञान छ। 'जेसुकै होस्, मैले त्यो बुढोसँग बिहे गर्ने होइन क्यारे,' उनले
भनिन्, 'मसँग अफेयर चलेकाले ममीलाई पनि धेरै हेल्प गर्छ त्यसले।' केशवलाई अंकल भनेर सम्बोधन गर्छिन् उनी।
आफूभन्दा निकै जेठो भएकाले सपिङ गर्न वा क्याफेमा जाँदा जसले देखे-भेटे पनि समस्या हुँदैन। तर, उनी नजिक हुन
खोजेभने चाहिँ महिमालाई साह्रै रिस उठ्छ रे। सञ्जुलाई पनि कहिलेकाहीँ समस्या पर्छ, पाको ब्वाईफ्रेन्डका कारण। 'मैले
त्यसलाई एकदम माया गर्छु भन्ठानेको छ,' उनी भन्छिन्, 'कलेज ड्रप गर्दिन्छु भनेर किचकिच गर्छ कहिलेकाहीँ।' बढी
नै पोजेसिभ हुन थाल्यो भने त्योसँग लिंक तोड्ने योजना छ सञ्जुको।
एक वर्षमै २० ओटी भियभयाउने पुरुष पैसाबिना डेगै चाल्न मुस्)ि)कल हुने अहिलेको जमानामा एकएक रूपैयाँको
हिसाब केलाउने अभिभावकको बानीले पनि छोरीहरूलाई विकल्प खोज्न बाध्य बनाएका छन्। यस्ता बाध्यताको फाइदा
उठाउने किराहरू यत्रतत्र छरिएका बेला पैसा कमाउने जुक्ति खोजिरहेका युवती भने तिनै किराको चाकडीमा लाग्ने गरेका
छन्। सजिलैसँग अर्थोपार्जन हुने भएकाले हजुरबुबाकै उमेरका पुरुषलाई पनि प्रेमी बनाउन पछि हट्दैनन् युवतीहरू। समाजको आँखा छल्न र आर्थिक संकट टार्न राजधानीबाहिरबाट आएका केटीहरूका लागि त झन् ज्यान बुढो मन
तरुनो भएका बुढाहरू एटिएमसरह नै भएका छन्। सर्वसाधारणका त कुरै छोडौँ, कतिपय हिरोइन, गायिका र मोडलले समेत पाका पुरुषसँग प्रेमको नाटक गरी गर्जो टार्ने धन्दा गरेका छन् भन्ने सर्वत्र चर्चा छ। एक जनामात्रै कहाँ हो र? तिनले त अझ तीनचार जना 'बाजे'हरूलाई ब्वाईफ्रेन्ड र बेस्ट फ्रेन्ड बनाएर उनीहरूकै भाषामा 'गाँठ' झार्ने गरेका छन्। स्रोतका अनुसार एक चर्चित नवगायिकालाई साठी वर्षे पुरुषले एल्बम निकाल्ने सम्पूर्ण खर्च जुटाइदिने गरेका छन्। ठमेलमा होटल व्यवसाय गर्ने ती पुरुषले गायिकाको सपिङदेखि घरखर्चसम्म धान्दिन्छन्। गायिकाभने उनीसँग पैसा लिएर आफ्नो असली प्रेमीलाई दिनेसम्म गर्छिन्। त्यस्तै, फिल्म र मोडलिङका क्षेत्रमा करिअर बनाउन कसरत गरिरहेका कतिपय युवतीका पनि आय-आर्जनका स्रोत तिनै 'चौरासी गर्ने' बेला भएका पुरुषहरू हुन्छन् भन्ने सुनिन्छ।
सामान्यतया पैसा दिउन्जेल सम्पर्कमा बस्ने केटीहरू आर्जन घट्नासाथ 'टाप' दिन्छन् रे। पाको उमेरका पुरुषले चाहिँ छोरीसरहका चेलीलाई पैसाको माला पहिर्याउनुको पछाडि एउटै कारण भेटिएको छ- यौनेच्छा। श्र्रीमती बितेकै साल
केटी भियभयाउने अभियानमा लागेका म्हैपीका एक पुरुषले वर्षदिनमा लगभग २० वटीसँग हिमचिम गरेर रमिता देखाएका थिए। उनले विवाहको नाटक गरेका सबै केटी टिनएजकै हाराहारीका थिए। भूपू आर्मी तथा कपडा व्यापारी उनका चार छोरी र दुई छोरा छन्। छिमेकीका अनुसार उनी थरीथरीका केटी भियभयाउँथे। हप्ता-दश दिनसम्म
एउटीसँग टाँसिएको देखिन्थ्यो भने अर्को दिन अर्कैसँग लठारिन्थे रे। बाउको मतिले लाजमर्दो भएपछि छोराछोरीको करबलमा उनलाई अस्पताल गिएको थियो। अन्ततः डाक्टरले उनी 'हाइपर सेक्सुआलिटी'का बिरामी रहेको बताएका थिए।
बढ्दो उमेरमा चढ्दो रोमान्स राणा र शाहहरूले मोजमस्ती गर्ने गरेका कथा सबैले सुनेका छन्। यी घरानाका कतिपय
महिलामा भने अझै पनि पुरानो सोख ताजै रहेको पाइएको छ। बयालिस वर्षीया अनामिका राणाको घरमा प्रायः दिनहुँ आउजाउ गर्छन्, एक युवक। व्यवसायको सिलसिलामा विदेश गइरहने उनका श्रीमान् छ-सात महिनादेखि उतै छन्। दुई
छोरालाई बोडर्स गराएकी छन् उनले। घरमा उनी एक्लै बस्)ि)छन्। त्यसैले पनि २९ वर्षीय आइटी अफिसरलाई अनामिकाको घर आउन कुनै बाधा छैन। सोल्टी होटलमा पार्टी खान जाँदा अनामिकालाई पहिलो नजरमा फिदा बनाएका
रहेछन् तिनले। सोही पार्टीमा चिनापरिचय गरी नम्बर साटासाट भएको रहेछ। फोनवार्तापछि भेटघाट पनि हुनथालेछ उनीहरूको। श्रीमान्, दुई छोरा र धनसम्पत्ति सबैथोकले सम्पन्न अनामिका ती अफिसरप्रति किन भुतुक्कै भइन् त? यसको जवाफ पनि त्यही नै हो- यौनेच्छा पूर्तिका निम्ति।
कोही नभएकाले ती युवकलाई घरमै डाकेर आफ्नो यौनतृष्णा मेटाउन कुनै अप्ठ्यारो छैन अनामिकालाई। विवाह गर्न सम्भव नभए तापनि उनीहरूको सम्बन्ध निकै 'सिरियस' छ। रोमान्सका लागि उनीहरू धुलिखेल र नगरकोट पनि पुग्ने
गरेका छन्। राजा-महाराजा र खानदानी पुरुषले धरै महिलालाई वासना तृप्तिको साधन बनाउने गरेको कुरा किताबमा पढ्न पाइन्छ। तर, अहिले भने जमाना उल्टिँदै गएको भान हुन्छ। महिलाले पुरुषमाथि गरेका यौनजन्य शोषणका खबरहरू निकै सुनिन थालेका छन् हिजोआज। हाम्रोजस्तो विकासोन्मुख समाजलाई त झन् त्यस्ता घटनाको
केन्द्रविन्दु नै मानिन्छ। यहाँ व्याप्त अन्धविश्वास र कुप्रथाले पनि त्यस्ता विकृतिलाई मौलाउन भरपूर सहयोग गरेका छन्। विशेषगरी श्रीमान्बाट टाढा रहेका महिलाले परपुरुषसँग सम्बन्ध गाँस्ने गरेको पाइन्छ। त्यसमा पनि आफूभन्दा कलिलो उमेरका युवक ताक्ने महिलाको संख्या ज्यादा छ।
सत्ताइस वर्षीय राजेश एमबिएका विद्यार्थी हुन। इन्टर्नका लागि उनी बैंक पुगेका थिए। त्यहाँ उनको भेट आफूभन्दा दश वर्ष जेठी रञ्जनासँग भयो। दुई बच्चाकी आमा रञ्जनाका श्रीमान् व्यवसाय गर्छन्। हेराहेर, चिनापरिचय र बोलचाल
हुँदै एकअर्कासँग निकट भएका थिए उनीहरू। विद्यार्थीलाई पैसाका खाँचो हुनु स्वाभाविक हो। त्यसैले राजेशको आर्थिक संकटलाई परिपूर्ति गर्ने जिम्मा रञ्जनाले लिइदिएकी छन्। बदलामा, राजेशले उनलाई यौनानन्द दिनुपर्छ। त्यसका
लागि राजेशको कोठा डेटिङ स्पट भएको छ। राजेशको आफ्नै उमेरकी गर्लफ्रेन्ड पनि छिन्, पोखरामा। काठमाडौँमा भने कोठा भाडा, पढाइ खर्च र नुनभुटुनका लागि रञ्जना सजिलो माध्यम भएकीले उनीसँगको सम्बन्ध 'बसी-बसी आँप
झार्नु' झैँ सजिलो भएको छ राजेशलाई। स्वार्थ पूर्तिका निम्ति आफ्नै इज्जतलाई दागबत्ती दिने महिमा, केशव, सञ्जु, अनामिका, राजेश वा रञ्जनाजस्ता पात्र बग्रेल्ती छन्, हाम्रो समाजमा। आवश्यकता र रहर पूरा गर्न यस्तो बाटो रोज्नेहरूले सिंगो समाजलाई असर पारिरहेका छन्। तर, यी पात्रलाई मात्रै औँला ठड्याउनुको औचित्य भने छैन। 'अभाव'
र 'उत्तेजना'ले मानिसलाई अन्धो बनाउँछ। समाजमा विद्यमान अन्धविश्वास र कुरीतिले पनि मानिसको नियतमा खिया लगाएका छन्। देशको राजनीतिक अस्)ि)थरताले रोजगारीका अवसरलाई 'एक्टिभेट' हुन दिएका छैनन्। यस्ता समस्याले पनि मानिसलाई पैसा कमाउने छोटो बाटो रोज्न बाध्य बनाएको छ।
(फिचरको संवेदनशीलताका कारण यहाँ उल्लेख भएका पात्रका नाम परिवर्तित छन्।) साभार - shukra