CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ढुकुटीले बनायो मान्छेको सुकुटी

ढुकुटीले बनायो मान्छेको सुकुटी


३ फागुन, काठमाण्डौं । मैतीदेवीकी एक अधबैंसे महिलाको मानसिक सन्तुलन बिगि्रएको एक बर्ष भएको छ । थापामगर थरकी उनलाई न खान मन लाग्छ न निन्द्रा । उनी सँधै टोलाएर बस्छिन् । छोराछोरीसँग समेत कुरा गर्न छाडेकी छन्
उनले । आमाको यस्तो अवस्था देखेपछि छोराले दुईपटक मानसिक रोगविज्ञकहाँ पुर्‍याइसके तर निको भएको छैन् ।
भीमसेनगोलाकी शेर्पा थरकी अर्की महिलाको अवस्था पनि थापामगरको भन्दा फरक छैन् । उनी परिवारकै सदस्यमाथि समेत शंकाले हेर्छिन् । सबै बर्बाद भएँ मात्र भनिरहन्छिन् । त्यस्तै साहूको ट्याक्सी चलाएर तीजनाको परिवार पाल्दै आएका काभ्रेका दोलखबहादुरको मानसिक सन्तुलन बिगि्रएको तीन महिना भएको छ । उनी दिनभर गुमेको पैसा खोज्न हिडिरहन्छन्, राति पनि सुत्न सक्दैनन् । यीनीहरुको मानसिक सन्तुलन खल्बलिनुको प्रमुख कारण हो ढुकुटी ।
रातारात करोडपति हुने लोभले गैरकानुनी ढुकुटी खेलेर भएभरको धनसम्पत्ति गुमाएपछि उनीहरुको मानसिक सन्तुलन बिग्रन थालेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis