CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सानाले देखाउँछन्, ठूलाले लुकाउँछन्

सानाले देखाउँछन्, ठूलाले लुकाउँछन्

  
आर्थिक गतिविधि बढी हुने अर्थ मन्त्रालयमातहतका निकायका तल्लास्तरका कर्मचारीले सम्पत्ति बुझाउने भए पनि उपल्लो स्तरका कर्मचारीले भने विवरण प्रस्तुत नगरेको पाइएको छ। खासगरी नेपाल धितोपत्र बोर्डका सहायक द्वितीय राजबहादुर जीसी,
राष्ट्रिय बिमा संस्थानका सहायक व्यवस्थापक श्रीमती शुलक्षणा पण्डितलगायत ६ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्। कर्मचारी सञ्चय कोषका वरिष्ठ शाखा अधिकृत रवीराज श्रेष्ठलगायत ३ जना तथा सोही कार्यालयका चार्टर्ड एकाउन्टेन्ट जितेन्द्र धिताल, सहायक इन्जिनियर नरेन्द्रबहादुर चन्दलगायत ३६ जना कर्मचारीहरूले सम्पत्ति विवरण बुझाएका छैनन्। नेपाल बैंक लिमिटेडका चिफ म्यानेजरद्वय विजय गौतम र सुदीपकुमार पौड्याल तथा सिनियर म्यानेजर सीताराम श्रेष्ठलगायत १ हजार २ सय ९६ जनाले सम्पत्ति विवरण नबुझाएको सतर्कता केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल राष्ट्र बैंकका सहायक निर्देशकहरू प्रदीप भट्टराई, विमुल मानन्धर, मनोहरप्रसाद भट्टराईले पनि सम्पत्ति विवरण बुझाउन नचाहेको देखिएको छ। उदयपुर सिमेन्ट उद्योगका ३ सय ९५ जना कर्मचारीले सम्पत्ति विवरण बुझाए पनि उद्योगका अध्यक्ष सुनिलकुमार झा, महाप्रबन्धक डा. सुरेन्द्रप्रसाद चौरसियासहित छ जना सदस्यले भने सम्पत्ति विवरण बुझाउन आनाकानी गरेका छन्। त्यस्तै, अन्य धेरै कर्मचारीले बुझाए पनि राजनीतिक नियुक्तिमा गएका औद्योगिक क्षेत्र व्यवस्थापनका अध्यक्ष देवेन्द्रकुमार यादवले भने आफूलाई कसैले पनि केही गर्न नसक्ने भन्दै विवरण बुझाउन अस्वीकार गर्दै अएका छन्। राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका १७ कर्मचारीले सम्पत्ति विवरण बुझाए पनि केन्द्रका अध्यक्ष लीलाराम शर्मा भने विवरण नबुझाउनेमा परेका छन्। घरेलु तथा साना उद्योग महासंघको प्रधान कार्यालयका ७० जनाले बुझाए पनि घरेलु तथा साना उद्योग विकास समितिका घनश्यामप्रसाद रजक र घरेलु तथा साना उद्योग महासंघका सुरेश प्रधानले सम्पत्ति विवरण बुझाएका छैनन्।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis