"पुनःस्थापना केन्द्र पठाउने गरी परिवारको जिम्मा लगाइयो"
२७ माघ, काठमाडौं । लागूऔषध दूर्व्यसनीको आरोपमा पक्राउ परेका गायक सुगम पोखरेललाई पुनःस्थापना केन्द्र पठाउने गरी प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
पोखरेललाई लागूऔषध नियन्त्रण इकाइ बानेश्वरले शुक्रबार सेतोपुल नजिकैबाट पक्राउ गरेको थियो । पक्राउ परेका ७ जनामध्ये एकजना विक्री वितरण गर्ने अर्का
एक जनासँग मात्रै खैरो हिरोइन भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्दा सुगमसँग लागूऔषध बरामद नभए पनि सानो-सानो डोज मगाएर लिने गरेको पाइएकाले पुनःस्थापना केन्द्र पठाउन सुझाइएको प्रहरीले जनाएको छ । ‘एक जनासँग मात्र लागूऔषध भेटियो, बाँकी प्रयोगकर्ता मात्र हुन् । उनीहरुसँग केही बरामद भएको छैन ।’ इकाइका डीएसपी केदार साउदले अनलाइनखबरसँग भन्नुभयो- ‘पुनःस्थापना केन्द्र पठाउने गरी परिवारको जिम्मा लगाएका छौं ।’ उहाँका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले द्वारिका होटल अगाडिबाट ६ जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकामध्ये एक कारोबाही रहेको र उनले गायक सुगमले पनि मगाएको भनेपछि सेतोपुल नजिकैबाट नियन्त्रणमा लिइएको साउदले जानकारी दिनुभयो ।