काठमाडौंका कक्टेल साँझहरु राजनीति र कूटनीतिका अनेकौं किस्साले रंगिन्छन्। देशमा केही भएन भन्ने आवाज घनिभूत हुन्छ। नेताहरु प्रायः सजिलो व्यंग्यका पात्र हुन्छन्। त्यस्ता साँझमा चल्ने कानेखुशी, भलाकुसारी, ठट्टा र घोचपेचले हाम्रा नीति निर्माता, पहुँचवाला र हैसियतधारी समुदायका समकालीन सरोकार प्रतिविम्बित गर्छन्। तिनमा कति तथ्य कति मिथ्य, कति तर्क र कति कल्पना हुन्छ छुट्याउने भन्दा पनि त्यसको रसास्वादन नै गैर सर्वहाराहरुको भोजनवाद हुने गर्छ।
पुष्पकमल दाहालले शीतल निवासको ढोकामा निस्केर देश अब सहमतितिर गयो भनेपछि
पत्रिकाका शीर्षकहरु सहमतितिरै गए केही दिन। फेरि केही दिनमै असहमतिको बादलले उपत्यकालाई ढाक्यो। एउटा साता एकसरो एकथरी राजनीतिक हावा चल्छ, अर्को साता बदलिन्छ। एउटा वर्ष नेपालको राष्ट्रियता भयानक जोखिममा पर्छ, अर्को वर्ष प्रधान अन्तरविरोध बाह्य हुँदैन, आन्तरिकै हुनपुग्छ। सरकारबाट हट्न बाध्य पारेको बुझेपछि 'रिमोट कन्ट्रोल' सँग सोझै वार्ता गर्ने उद्घोषण अन्ततः अन्दरदेशीय सीमा विवादमा पनि जनमत संग्रह प्रस्ताव गर्ने विन्दुमा रुपान्तरण हुन पुग्छ।पुष्पकमल दाहालले शीतल निवासको ढोकामा निस्केर देश अब सहमतितिर गयो भनेपछि
यसैबीच दुईटा कडा कम्युनिष्ट पार्टीका रक्ताम्मे झण्डाहरु फर्फरिँदै महाधिवेशनतिर होम्मिए। नरम भनिएका पार्टीहरुले काला झण्डा लिएर सडक जाम गर्न थाले। एकातिर महाधिवेशन, अर्कातिर आन्दोलनले ध्रुवीकृत भइरहेको देशको चिसो राजधानीका न्याना होटलहरुभित्र साँझ भने भर्भराउँदा हुन छाडेका छैनन्। उद्योगधन्दा, बन्द व्यापार, लगानी र पर्यटनको आशा धमिलिएको देखेका एक विज्ञले ग्लासतिर हात बढाउनुअघि भने- देश त सहमति खोज्दाखोज्दै चन्दामय भएर गयो।
....................
सुशील कोइराला पाँच लाख रुपिया लिएर बैंक गए। कर्मचारीले भनिन्- सर, एक लाखभन्दा बढी डिपोजिट गर्दा त परिचयपत्र देखाउनुपर्छ।
'म सुशील कोइराला हुँ'- उनले भने।
'सर, मैले हजुरको परिचयपत्र चाहिन्छ भनेकी,'
'मेरो परिचयपत्र के हुन्छ र?', उनले भने- 'चिन्नुभएन म सुशील कोइराला?'
'परिचयपत्र अनिवार्य छ सर'
'तपाईं मलाई विश्वास गर्नुहुन्न?'
'मैले बैंकको नियम सम्झाएकी हुँ सर,'
'प्रजातन्त्रका निम्ति त्यत्रो संघर्ष गरेको मानिस...तपाईं मलाई उल्याउन खोज्दै हुनुहुन्छ...?'
काउन्टरमा आवाज बढेपछि सबैजनाको ध्यान आकर्षित भयो। टाढा सिसे ढोकाको कोठाबाट म्यानेजर लम्किँदै आए। सोधे- 'के भयो हजुर?'
'तपाईं यहाँको म्यानेजर हो?' उनले भने, 'ल हेर्नुस्, तपाईंकी स्टाफले मलाई पत्याइनन्, म कहाँबाट परिचयपत्र ल्याऊँ?'
म्यानेजरले समस्या थाहा पाइहाले। सम्झाउन खोजे, 'सर, हाम्रो नियममा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ।'
'विकल्प छैन?'
'पहिला एकपल्ट मात्र यस्तो घटना भएको थियो,' उनले भने, 'रामदेव आएका थिए। उनीसँग पनि परिचयपत्र रहेनछ।'
'अनि कसरी मिलाउनुभयो त त्यतिबेला?'
'हामीले के भन्यौं भने,' उनले थपे, 'हजुर रामदेव नै हो भन्ने एउटा प्रमाणचाहिँ देखाउनुपर्छ। त्यो भयो भने हामी हजुरको पैसा डिपोजिट गरिदिन्छौं।'
'अनि?'
'रामदेवले छाती ठूलो बनाएर पेट स्वाट्ट घटाए, सारंगीजस्तै बनाए,' उनले भने, 'हामीले त्यो त रामदेवले मात्र गर्नसक्छन् भन्ने ठहर गर्यौंस। त्योचाहिँ प्रमाण हो सर, त्यसलाई प्रमाणका रूपमा लिएर हामीले उनको डिपोजिट स्वीकार्यौं । हजुरले पनि केही प्रमाण दिनुभयो भने हामी मान्छौं। हजुर सुशील कोइराला नै हो भन्ने केही विशेषता त होला नि?'
'मेरो केही विशेषता छैन,' उनले भने- 'देखाउनलायक मेरो केही छैन।'
'ए ल भयो, यही प्रमाण हो,' म्यानेजरले ती स्टाफतिर फर्केर भने, 'उहाँको डिपोजिट लिइदेऊ।'
.................
मेरा एक मित्रका बुबाले मंगलबारको कक्टेल साँझमा हाँस्दै मलाई आफ्ना साथीभाइमाझ चल्ने माथिको ठट्टा सुनाए। सोधे- 'बुझ्नुभयो त?' म पनि हाँसेपछि उनले फेरि अर्को किस्सा निकाले।
................
मोहन वैद्य एक दिन धेरै पीडा लिएर डाक्टरकहाँ पुगे। भनेछन्- म 'मोहन वैद्य हुँ, डाक्टरसाप।'
'हजुरको म के सेवा गरुँ?'
'मलाई धेरै दुखिरहेको छ, हेर्नुस्न यो हात,' उनले भने, 'मैले प्रचण्डलाई छोए पनि दुख्छ, बाबुरामलाई छोए पनि दुख्छ, नारायणकाजीलाई छोए पनि दुख्छ, यो औंलाले जब म सुशील कोइरालालाई छुन्छु दुख्छ, झलनाथ खनाल, माधवकुमार नेपाल, सूर्यबहादुर थापा, कमल थापालाई छुँदा पनि दुख्छ, धेरै दुख्छ किन होला?'
'यो औंलाले छुँदाखेरि?'
'हो, यो औंला डाक्टरसाप,' उनले देखाए।
डाक्टरले एक्सरे गर्नुपर्ने बताए। गर्न लगाए। रिपोर्ट मागे। हेरे। अनि भनेछन्- 'तपाईंको दुखाईको कारण पत्ता लाग्यो, वैद्यजी।'
'के रहेछ?'
'तपाईंको औंला फ्याक्चर भएको रहेछ,' डाक्टरले भने- 'त्यसकारण तपाईं जसलाई छुनुहुन्छ आफैंलाई दुख्छ।'
.......

'बुझ्नुभयो त?' मेरा मित्रका बुबाले फेरि हाँस्दै सोधे। हा...हा...हा... गरेपछि उनले आफ्ना साथीभाइमाझ चल्ने गरेको अर्को किस्सा सुनाउन थाले।
विरोधीहरु प्रचण्डलाई 'फटाहा' भन्छन्, होइन? अनि फेरि हरेक दिन उनले के भनेछन् भनेर चाख मान्दै पत्रिका पढ्छन्। 'हो कि होइन?' उनले फेरि हाँसो खोजे। हाँसेपछि फेरि भन्न थाले-
प्रचण्ड खाटमा सुत्छन्। बार्दलीबाहिर विपक्षीहरु हेरिबस्छन्। विपक्षीलाई झुक्याउन उनी हरेक राति सुत्ने बेला चुरोट सल्काएर ठुटो बाहिर फाल्छन् र आफू खाटमा पल्टन्छन्। विपक्षीहरु अब प्रचण्ड सुते भनेर ढुक्क हुन्छन्। अनि अर्को दिन त्यसैगरी चुरोट सल्काउँछन्। विपक्षीहरु अब प्रचण्ड सुत्ने भए भन्ने सोच्दै गर्छन्। उनीचाहिँ ठुटो खाटमा फालेर आफू बार्दलीतिर उफ्रन्छन्।
हा...हा...हा...।
काठमाडौंका रैथाने सम्भ्रान्त मित्रका बुबाको हातमा ह्विस्की हल्लिरहेको थियो। उनी एकपछि अर्को सुनाउन आनन्द मान्दै थिए। पत्रिकाहरु हेर्न मन नलाग्ने भए भन्ने गुनासो पनि गरे। पत्रिकामा समाचार उही आउँछ, दिन बिराई उस्तै शीर्षक हुन्छ। पेटबोलीमा छलछाम, क्रोध, आक्रोश हुन्छ। गालीगलौजभित्र तथ्य हराउँछ। विचार पृष्ठतिर हेर्यो, विश्लेषण हुँदैन, हाम्रो पार्टीको विचार यो हो भन्नेखाले प्रचार सामग्री बढी छापिन्छ।

त्यही बेला लण्डन बस्ने मेरा एक मित्र आइपुग्छन्। वर्षौंपछि भेटमा उनी नेपालको कूटनीतिप्रति कटाक्ष गर्न थाल्छन्। भन्छन्- 'कर्णेल लामा ब्रिटेनमा पक्राउ परेपछि प्रधानमन्त्री भट्टराईले कूटनीतिक माध्यमबाट समाधान खोज्ने भने। राजदूतलाई सक्रिय पारे। वकिल खोजे। मुद्दामा गयो केस। प्रधानमन्त्री भट्टराई आफैंले आफ्ना समकक्षी केमरुनलाई पत्र पनि लेखे। कूटनीतिक पहलद्वारा समाधान खोजिनेछ भनिरहेको बेला फ्याट्ट आफैंले ट्वीट् गर्दै भने- यो नेपालको आन्तरिक मामिला हो, विदेशीले हस्तक्षेप गर्ने होइन।
'बुझ्यौ त?' उनले हाँस्दै भने। बेलायतीहरु झन् कति हाँसे होलान्। त्यसै पनि ती कर्णेल आइएलआर लिएर बसेका। भनेको अमेरिकी ग्रीनकार्ड जस्तो। यता नेपाली सेनाको जिम्मेवार पद्मा रहेका, शान्ति सेनाको जिम्मेवार पदमा झन् खटिएर अफ्रिका पुगेका। बेलायती नागरिकता भएकी श्रीमतीलाई भेट्न गएका। त्यही देशमा नेपाली सेनाको अधिकृतका रूपमा पहिला दुई वर्षको तालिम लिइसकेका।'
मित्र भन्दै गए। दोस्रोपल्ट कर्णेललाई अदालतमा उपस्थित गराउँदा नेपाल सरकारका तर्फबाट बहस गर्ने ब्रिटिश वकिलले पैरवी गरे- श्रीमान, मेरा क्लाइन्टले सबैथोक पुरै नबुझ्न सक्छन्, उनलाई नेपाली अनुवादक राख्ने सुविधा दिलाइपाउँ।
'उनले दुई वर्ष हाम्रो देशमा उच्च तालिम लिएको भन्या होइन त?
'हो श्रीमान,'
श्रीमानले जवाफमा झटारो हान्दै भने- 'के उनले त्यतिबेला ब्रिटिश तालिम पनि नेपालीमा लिएका थिए त उसो भए?'
उता अदालतमा हा...हा...हा... भयो कि भएन मैले सोधिन तर यता हामी हाँस्न पुग्दा मर्माहत पनि भयौं।
त्यो सधैंजस्तो एउटा कक्टेल साँझ तर हाम्रो कठोर कटाक्ष। कक्टेल जारी छ।

- नारायण वाग्ले
- नागरिक